पिएम कपः लगातार दोस्रो जितको दाउमा पुलिस

प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार दुई खेलहरु हुँदैछन् ।कीर्तिपुर स्थित टियु क्रिकेट मैदानमा हुने खेलमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । दुबै टोलीको प्रतियोगितामा पहिलो खेल हो । यस्तै, मुलपानी क्रिकेट मैदानमा विभागीय टोली नेपाल पुलिस क्लब र प्रदेश एकबीच प्रतिस्पर्धा हुनेछ । पुलिस प्रतियोगितामा लगातार

आर्सनल पुनः शीर्ष स्थानमा

नटिङघम फरेस्टमाथि सहज जितसँगै आर्सनल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा फर्किएको छ । आइतबार राति आर्सनलको जितमा रेइस नेल्सनले दुई गोल गरे । यस बाहेक गाब्रियल मार्टिनेली, थोमस पार्टी र मार्टिन ओडेगार्डले एक–एक गोल थपे । पहिलो हाफमा दुई गोल गरेको आर्सनलले दोस्रो हाफमा थप तीन गोल गरेको थियो ।

क्रुसले पहिलो रातो कार्ड पाउँदा रोकियो रियल

टोनी क्रुस करियरमा पहिलोपटक रातो कार्ड खाँदै मैदान छाड्न बाध्य हुँदा रियल मड्रिड जिरोनासँग बराबरी खेल्न बाध्य बनेको छ । आइतबार राति भएको खेलमा रियल १–१ गोलको बराबरीमा रोकिएको हो । बराबरीका बाबजुद रियल स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । खेलको ७० औँ मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै

रासफोर्डको १ सयौँ गोलमा युनाइटेड विजयी

  मार्कस रासफोर्डको निर्णायक गोलको मद्दतले म्यानचेस्टर युनाइटेडले वेस्ट ह्यामलाई पराजित गरेको छ । क्लबका लागि रासफोर्डको यो १ सयौँ गोल थियो । उनले ३ सय १८ खेलमा यो उपलब्धि हासिल गरेका हुन् । २४ वर्षीय खेलाडीले खेलको ३८ औँ मिनेटमा क्रिस्टियन एरिक्सनको पासमा गोल गर्दै युनाइटेडलाई जीत दिलाए ।

पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेटको उपाधि किर्तिपुर सात बाघलाई

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे नगरपालिकाको मुख्य सहयोगमा भएको पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि किर्तिपुर सात बाघले आफ्नो पोल्टामा पारेको छ । आइतबार रोयल किङ माथि ३ विकेटको जित निकाल्दै दोस्रो पटक उपाधि माथि कब्जा जमाएको हो । टस जितेर व्याटिङ गरेको रोयलले सात बाघलाई १०७ रनको लक्ष्य दिएको

पथरी भयो सप्तकोशी गोल्डकप च्याम्पियन

पथरी । यहाँ सम्पन्न नवौं सप्तकोशी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि पथरी फुटबल क्लब, मोरङले जितेको छ । गत शनिबार श्री बसन्त ऋतु माविको खेलमैदानमा भएको फाइनल भिडन्तमा सताक्षीधाम फुटबल क्लब, झापालाई १–३ ले हराउँदै पथरी च्याम्पियन बनेको हो । पथरीका लागि बिजय भुजेलले दुई गोल गरे भने उमेश कार्कीले

श्रीलङ्का टी–२० विश्वकपको सुपर १२ मा प्रवेश

गत महिना एसिया कपको उपाधि जितेको श्रीलङ्काली क्रिकेट टोलीले बिहीबार नेदरल्यान्डलाई १६ रनले पराजित गर्दै टी–२० विश्वकपको सुपर १२ मा स्थान सुरक्षित गरेको छ । नामिबियासँगको पहिलो खेलमा हार खेपेको श्रीलंकाले बाँकी दुई खेलमा जित दर्ता गर्दै सुपर १२ मा प्रवेश गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले

बेलबारी बुद्ध एअर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप कात्तिक १५ देखि

सन्तोष राई मोरङ । ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ मुख्य स्लोगान राखेर ५ औं बेलबारी बुद्ध एअर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप २०७९ हुनेभएको छ । डाँगीहाट युथ क्लबले बुधबार लक्ष्मी माविमा पत्रकार सम्मेलनको आयोजना गरी कात्तिक १५ गतेदेखि २३ गतेसम्म गोल्डकप सञ्चालन हुने जानकारी गराएको हो । आयोजकले वितरण गरेको

पथरीशनिश्चरे प्रिमियर लिगको प्लेअफ समिकरण पूरा

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा जारी पथरीशनिश्चरे प्रिमियर लिगको प्लेअफ समिकरण पूरा भएको छ । लिग लिडर हुँदै रोयल किङ र लिग दोस्रो हुदै किर्तिपुर सातबाघले क्लालिफायर खेल्ने छन् भने क्लासिक एलाभेन हसन्दह र हिसाब किताब ट्राइडेन्सले इलिमेटर खेल्ने छन् । लिग चरणको अन्तिम खेलमा बिरेन्द्रनगर स्टिल टाइगर र

पथरीशनिश्चरे प्रिमियर क्रिकेट लिग : आइतबारे अस्त्र बाहिरियो

क्रेजी संवाददाता पथरी । लिगको अन्तिम खेलमा विजयी भए पनि आइतबारे अस्त्र पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेटको लिगबाट बाहिरिएको छ । आइतबारेले क्लासिक एलाभेन माथि ३३ रनले विजयी हँुदै आइतबारेले सान्तवना जित दर्ता गरेको छ । हसहन्दको हारले प्ले अफ पनि रोचक बनेको छ । आइतबारेले २० ओभरमा ६ विकेट गुमाएर
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.