भूमिप्रसाद पाठक
शिक्षा समय सुहाउँदो भएन भने समाजका हरेक क्षेत्र कमजोर हुन पुग्दछ । यसका लागि सर्वप्रथम राज्यको समयानुकूल पाठयक्रम स्तरीय पाठ्यपुस्तक र सक्षम शिक्षक व्यवस्थापन गर्नैपर्ने हुन्छ । शिक्षालाई यथास्थितिलाई हाउगुजीबाट मुक्त गराउन शिक्षानीतिमा समयसापेक्ष परिवर्तन गर्दै लगिन्छ ।
विद्यार्थीका निम्ति ज्ञानको स्रोत र सिकाइको मोडेल शिक्षक नै हुन् । तिनले सिकाएका बिषयवस्तुलाई मूल्याङकन पद्धतिमार्फत मापन गरिन्छ । पाठ्यपुस्तकमा उल्लिखित कन्टेन्टलाई सुगारटान गराएर ३ घन्टे परीक्षा परिपाटिले मूल्याँकन गर्ने पद्धतिलाई परिवर्तन नगरी यथास्थितिको शिक्षाले विद्यार्थीको मानसिक नैतिक र बौद्धिक विकास गराउने हो । तर, विद्मान शिक्षा व्यवस्था सन्तोषजनक देखिदैन ।
वि.स. १९९० देखि २०७२ सम्म एसएलसी परीक्षाको नामले सञ्चालित हँुदै आएको प्रवेशिका परीक्षालाई फलामे ढोकाका रुपमा पनि चित्रण गरिन्थ्यो । यस परीक्षामा विद्यार्थी अभिभावक विद्यालय, सबै सरोकारवालाले व्यापक चासो हुने गथ्र्यो । यस परीक्षालाई ठुलो हाउगुजी ठान्ने पवृति बढी भएकाले सबै पक्षको ध्यान यसैमा केन्द्रित देखिन्थ्यो ।
एसएलसीमा संस्थागत विद्यालयभन्दा सरकारी विद्यालयका विद्यार्थी नै धेरै अनुतिर्ण हुने गरेका थिए । यसले गर्दा सरकारको पनि कमजोरी देखिने भयो । विद्यार्थी अनुत्तीर्ण हुने विद्यालयको पठनपाठन प्रभावकारी बनाउन सरकारको प्रयास सफल हुन सकेन । आमजनमानसमा सरकारको बेवास्ताले गर्दा सामुदायिक विद्यालयको स्तर गिदै गएको गुनासो बढ्न थाल्यो । अनि एसएलसी परीक्षामा सुधार हुनुपर्ने बहस र छलफल विगत बर्षदेखि नै चल्दै आयो २०७३ मा शिक्षा ऐन संयोजन गरी एसएलसीको साविक रुपमा परिवर्तन गरियो । शिक्षा ऐनको आठौ संशोधन अनुसार विद्यालय तहमा तीनवटा बाह्रय परीक्षाको व्यवस्था छ ।
जसमा पहिलो आधारभूत तह कक्षाको अन्त्यमा जिल्लास्तरीय परीक्षा दोस्रो माध्यमिक तहको कक्षा १० को अन्त्यमा लिइने परीक्षाको व्यवस्थापन र प्रमाणीकरण प्रदेशले गर्ने ऐनमा व्यपस्था गरेको छ । तेस्रो विद्यालय शिक्षा कक्षा १२ को अन्त्यमा लिइने परीक्षा केन्द्रले अर्थात् राष्ट्रिय परीक्षा बोर्डले लिने व्यवस्था छ । दुबै परीक्षामा विद्यार्थीको नतिजामा लेटर ग्रेडिङ पद्धति प्रयोग गरिन्छ । यस बमोजिम नतिजा प्रकाशन पनि हुँदै आएको छ तर, यो अक्षरांकन पद्धतिपश्चात् धेरे अभिभावक र विद्यार्थीमा नपढे पनि उत्तीर्ण भइहालिन्छ भन्ने भावना बढ्दै आएको देखिन्छ । हुनत : गुण र मान्यताका आधारले विगत र वर्तमानमा फरक छैन भन्ने बुझाउँछ । सबभन्दा खट्किनेचाहिँ के हो भने नपढे पनि पास भइहालिन्छ भन्ने मानसिकताले गर्दा कक्षाकोठामा सिकाइका लागि विद्यार्थी उत्साही हुँदैनन् । शिक्षकले पनि विद्यार्थी सबै पास भइहाल्छन् भन्ने सोचले बढी मिहिनेत गदैनन् । विद्यालयमा केटाकेटी मिहिनेतकासाथ पढेर नयाँ—नयाँ सीप र ज्ञान सिक्नेछन् । तर, पढ्न, सिक्न नचाहँदा वर्तमान शिक्षाको स्थितिभन्दा पनि कमजोर हुने देखिन्छ । ग्रेडिङ पद्धतिले प्रायः सबै विद्यार्थी उत्तीर्ण हुने हुदाँ विद्यालयले पनि कम मिहिनेत गर्ने विद्यार्थीमा पनि परीक्षामा पास भइहालिन्छ भन्ने मानसिकता रहने हँदा झन शिक्षाको स्तर खस्कने स्पष्ट देखिन्छ । हाम्रो शिक्षामा भएको परिवर्तनसँग कक्षाकोठाको सिकाइ सीप र शिक्षाको जीवनमा उपलब्धि चढ्ने हिसाबले कमजोर देखिन्छ । हरेक जिम्मेवार तहबाट दायित्ववोध गर्नुभन्दा त्यसबाट पन्छिने प्रवृति बढी पाइन्छ ।
उदाहरणको लागि विद्यालय तहको परीक्षा प्रणाली अथवा साविकको एसएलसी परीक्षाको नतिजा असफल देखिन थालेपछि विगत दुई बर्षअघिदेखि एसईई र माध्यमिक शिक्षा परीक्षा लिने कार्य आरम्भ गरियो । यस परीक्षा प्रणाली अनुसार ग्रेडिङ सिस्टम लागू गरिएको छ । जसअनुसार कुनैपनि विद्यार्थी असफल हुदैनन् भन्ने धारणा बन्दै आएको छ । यसले गर्दा शैक्षिक स्तर झनै खस्कने देखिन्छ । ग्रेडिङ प्रणालीले सबैलाई परीक्षको हाउगुजीबाट मुक्क्त गरेको छ । अन्त्यमा , नयाँ—नयाँ शैक्षिक नीति र कार्यक्रमलाई हचुवाका भरमा लागू गर्न खोज्दा हाम्रो शिक्षाको गुणस्तर खस्किँदै गएको छ । नीति लागू गर्नुपर्ने प्राप्त सुझावलाई वास्ता गरिन्न ।
विदेशी दातृसंस्थावाट आएका दबावका भरमा नीति बनाउन खोजिन्छ । यसले गर्दा हाम्रो शैक्षिक क्षेत्र केवल प्रयोगका लागि प्रयोग हुँदै आएको छ । ग्रेडिङ प्रणाली लागू हुनुपूर्व नै यो प्रद्धति हाम्रो सन्दर्भमा कतिको व्यवाहारिक हुन्छ वा हुँदैन भन्ने सम्बन्धमा गहिरो अध्ययन हुनुपथ्र्यो । भविष्यका निम्ति उचित परिणाम आउने हेतुले शिक्षा कार्यक्रम ल्याउनुपर्छ । मुलुकका निम्ति शिक्षाको भिजन दूरगामी हुनुपर्छ ।
–पथरीशनिश्चरे–१, एकता चौक (मोरङ)
छोटो चलचित्र हाम्रो जी.एफ. हेर्नुहोस भिडियो …
Hamro GF: A Short Movie (2018 | 2075) |