नागपञ्चमीको महिमा - Crazysaptahik.com

नागपञ्चमीको महिमा

कृष्णप्रसाद अधिकारी

अगस्त्यश्च पुलस्त्यश्च वैशम्पायन एवच ।
शुमन्तु जै मुनिश्चैव पञ्चैते वज्रवारका ।।
मुने कल्याण मित्रस्य जै मुनेश्चापि कीर्तनाम् ।
विद्युत्नी भयं नास्ति लिखितम् गृहमण्डले ।।
श्रावण महिनाको शुक्लपक्ष पञ्चमीको दिनलाई नाग पञ्चमी भनिन्छ । यसदिन विहान
सवेरैदेखि नागको चित्र बनाइ उक्त चित्रलाई विधिपूर्वक पूजा गरी घर दैलोमा टाँस्ने गरिन्छ । यसो गरेमा कुनै पनि भय हुँदैन भन्ने जनविश्वास रहिआएको छ । नागको पूजा गर्नका लागि पहिले दिप कलश गणेश स्थापना गरेर एउटा गोवरको नाग वनाइ नागका मानचित्रमा दही, दुवो, कुश, सिन्दूर, चन्दन, अक्षता, फूल लिएर नागको चित्रमा पूजा गरिन्छ । सवैभन्दा पहिले दीपलाई पूर्व दिशामा राखी बालेर हातमा चन्दन अक्षता फूल लिइ– ‘यो दीप नारायण इहा गच्छ इह तिष्ठ यावत पूजां करोमी,
तावतं सुसिथरो भव मम नाग माता पूजां करोमि’ भनी तयार पारेको मानचित्रलाई विधिपूर्वक पुजा गरिन्छ । एवं प्रकारले कलश र गणेशको पूजा गरी सिधिदात्री गणेश तावतं सुस्चिरो भवः सुप्रसन्नो । वरदो भव भनी गणेशलाई आसनं. पध्यम वस्र यज्ञपवीतम चन्दनम सिंदुर अविर आदित्वे पूजा गरी सकेर घरको ढोकामा टाँस्नु पर्दछ ।
नागहरु शक्तिका प्रतिक मानिन्छन् त्यसैले घरको जगत यार गर्दा नागको मूर्ती स्थापना गर्नुपर्दछ । उक्त समयमा नागले शिर कहाँ र कसरी रहेको छ भनी विचार पु¥याउनु पर्ने हुन्छ ।
भदौ असौज कातिकमा नागको शिर पूर्व हुन्छ । मंसिर पुस माघमा दक्षिणा फागुन चैत वैशाखमा पश्चिम र जेठ असार साउन उत्तर । यसरी विचार गरी नागराजाको प्रार्थना गरिन्छ । ‘अस्विकस्य मुनेर्मातर्जगदानन्द कारिणी, एथोही मनसे देवी नागभातर्नमोस्तुते’
अनन्तो वासुकी पद्मो महा पदमश्च तक्षक ः
कुलिट कर्कट नागा अस्टौनाम प्रकृतिताम् ।
यत्रही शची भगवान यत्रास्ते
हरिरीश्वर ।
भङ्गो भवति वज्रस्य तत्र सुलस्य कथा
नागहरु शक्तिका प्रतिक मानिने भएकाले र वर्षाका कारण जलस्रोतका धनी भएको हुँदा विशेष गरेर नेपाली कृषकहरुले अभिरुचि राखेको पाइन्छ ।

– पथरीशनिश्चरे–३, पिपलचोक

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.