राई विद्यार्थी संघ विभाजित, रामचन्द्र राईको नेतृत्वमा छुट्टै समिति घोषणा, यायोक्खा अध्यक्षले विभाजनको जिम्मा लिनुपर्छ - Crazysaptahik.com

राई विद्यार्थी संघ विभाजित, रामचन्द्र राईको नेतृत्वमा छुट्टै समिति घोषणा, यायोक्खा अध्यक्षले विभाजनको जिम्मा लिनुपर्छ


क्रेजी साप्ताहिक
पथरी । प्रदेश नं १ लाई किरात प्रदेश नामाकरण गराउने राजनीतिक संघर्षमा रहेका किरात राई विद्यार्थीहरुबीच विभाजन भएको छ । किरात राई यायोक्खा अन्तर्गत रहेको किरात राई विद्यार्थी संघ विभाजित भएको हो ।

खोटाङमा गत वैशाखमा सम्पन्न संघको ९औं राष्ट्रिय सम्मेलनबाट जितेन राईको अध्यक्षतामा नयाँ कार्यसमिति घोषणा गरिएको थियो । तर हिजो बुधबार झापाको दमकमा भेला भएका विद्यार्थीहरुले रामचन्द्र राईको अध्यक्षतमा ५७ सदस्यीय अर्को समिति घोषणा गरेका छन् । विद्यार्थीहरु संघको ९औं राष्ट्रिय सम्मेलनदेखि नै विभाजित भएका थिए । हाल एउटै उद्देश्य र नामसहितको दुई अलग–अलग संगठन बनेको छ । यसको प्रमुख कारण यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राई नै भएको नवगठित विद्यार्थी संघका अध्यक्ष रामचन्द्र राईले बताए ।

अध्यक्ष दिवस राईले ९औं राष्ट्रिय सम्मेलनमा संघका संस्थापक, पूर्व अध्यक्ष, जिल्ला प्रतिनिधिहरुलाई समेत निषेध गरी आफू सम्बद्ध पार्टी (नेकपा)को विचार बोक्ने विद्यार्थीहरुलाई मात्रै समेटेर नयाँ कार्यसमिति घोषणा गरेको नवगठित विद्यार्थी अध्यक्ष रामचन्द्र राईले आरोप लगाए । ‘उहाँले आफू अनुकुलका मान्छे ल्याउने गरी लबिङ गर्नुभो, हाम्रा कुराहरुमा चासो दिनुभएन,’ अध्यक्ष रामचन्द्र राईले भने, ‘विद्यार्थीको सम्मेलनमा देखिएको विवाद मिल्ने अपेक्षासहित हामीले पटकपटक उहाँको ध्यानाकर्षण गरायौ, समस्याको समाधान खोज्न ४ महिनासम्म पर्खियौ । तर यसबीचमा केही कुराकानी भएन, कुनै पहल गरिएन ।’

यायोक्खाको इलामको कार्यक्रममा अध्यक्ष दिवस राईलाई कालो झण्डा देखाइएको थियो । उक्त कार्य असन्तुष्ट राई विद्यार्थीहरुले नै गरेका थिए । ९औं राष्ट्रिय सम्मेलनमा गैरकिरात समुदायका व्यक्तिहरुलाई बन्दसत्रमा प्रतिनिधि बनाइएको, जिल्लाको आधिकारिक प्रतिनिधिभन्दा अन्यलाई समितिमा राखिएको, संगठन नै नभएको सोलुखुम्बु जिल्लाबाट मात्र ४० जना भन्दा बढी प्रतिनिधि बनाइएको लगायत आरोप नवगठित विद्यार्थी संघको दाबी छ । रामचन्द्र राईले १३ जिल्लाका साथीहरुलाई मिलाएर नयाँ समिति बनाइएको बताए । उनले विद्यार्थीहरुमा उत्पन्न समस्याको जिम्मा अध्यक्ष दिवस राईले लिनुपर्ने बताए । तरआफूहरु एक भएर जानुपर्ने पक्षमा रहेको उनले प्रष्ट पारे । ‘हामी त समस्या समाधानकै पक्षमा छौ यही कारण नै हामीले ५ महिना पर्खियौ,’ रामचन्द्र राईले भने, ‘अर्को समिति घोषणा गर्ने भए त त्यहीबेला गरिहाल्थ्यौ ।’ उनले अब संगठनको तर्फबाट भटभट काम गरिने बताए ।

११ बुँदे दमक घोषणापत्र

नवगठित समितिको तर्फबाट ‘११ बुँदे दमक घोषणापत्र’ समेत जारी भएको छ । जसमा प्रदेश नं १ लाई किरात नामाकरण गराउनका लागि पहिचान पक्षधर राई विद्यार्थीहरुबीच धु्रवीकरण गरिनुपर्ने, प्रदेशबासीलाई गोलबद्ध गर्नुपर्ने, किरात राई विद्यार्थी संघलाई कुनै राजनीतिक दलको भातृसंगठनजस्तो बनाउन नहुने, मातृभाषा शिक्षालाई व्यवहारिक कार्यान्वयन गर्नुपर्ने लगायत उल्लेख छन् ।

प्रारम्भः
किरात राई विद्यार्थीहरुको साझा एवम, स्वतन्त्र एवम गौरवशाली संगठन किरात राई विद्यार्थी संघको मिति २०५६ भदौ १७ गते विधिवत रुपमा स्थापना भएर आज २१ औं स्थापना दिवस मनाइरहेको यो गरिमामय र ऐतिहासिक समयमा छौं । संघका संस्थापक अध्यक्ष नवीन राई हालसम्म राज्य पक्षले बेखबर बेपता पारेकोले सिघ्र सार्वजनिकरणको लागि सरकारसँग जोडदार माग गर्दछौ । साथै किरात राई विद्यार्थी संघ स्थापना गरेर यो अवस्थासम्म ल्याइपु¥याउन अवसर प्रदान गर्नु हुने सम्पूर्ण संस्थापक ज्यूहरु प्रति सम्मान व्यक्त गर्दछौं । किरात राई विद्यार्थी संघ स्थापना कालदेखिनै किरात राईहरुको भाषा, संस्कार, संस्कृतीलाई संरक्षण, सम्वर्धन र प्रवर्धनका लागि निरन्तर लागिरहेको छ । किरात राई विद्यार्थी संघले पहिलो राष्ट्रिय सम्मेलन काठमाण्डौ २०५७ साल, दोस्रो राष्ट्रिय सम्मेलन इलाम २०५९, तेस्रो राष्ट्रिय सम्मेलन धरान २०६२, चौथो राष्ट्रिय सम्मेलन काठमाण्डौ २०६४, पाँचौ राष्ट्रिय सम्मेलन झापा २०६६, छैठौ राष्ट्रिय सम्मेलन काठमाण्डौ २०६८, सातौ राष्ट्रिय सम्मेलन सोलुखुम्बु २०७१, आठौ राष्ट्रिय सम्मेलन इलाम २०७३ मा सम्पन्न भइसकेको छ ।

२०७६ साल बैशाख २६, २७ र २८ गते खोटाङमा सम्पन्न ९औं राष्ट्रिय सम्मेलनले सारा किरात राई विद्यार्थीहरुको भावनालाई मुखरीत गर्न नसकी एकाङकी, जवर्जस्त ढंगले सम्पन्न भएको सर्व्विदितै छ । लोकतान्त्रिक प्रक्रिया अवलम्बन गर्ने नाममा फरक विचार राख्ने समुहलाई पूर्णत निषेध गर्ने काम उक्त अधिवेशनबाट भयो । अनावश्यक ढंगले सहमतीको नाममा संगठनका विभिन्न बैठकहरुलाई अनावश्यक लम्ब्याउने, छलफलको प्रक्रियालाई अव्यवस्थित ढंगले निश्कर्षमा पु¥याउन खोज्ने काम भयो । उक्त कार्य किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष दिवस राईको नेतृत्वमा हुनु दुःखद रह्यो । सम्मेलनमा अहिलेसम्म भइरहेको सहमतिको प्रक्रियालाई अघि नबढाई लोकतान्त्रिक प्रक्रियाको नाममा सोझै निर्वाचनको प्रकृयालाई थालनी गरियो । सम्मेलनमा उपस्थित भएका प्रतिनिधिहरुलाई मताधिकारबाट बञ्चित गर्दै आयोजक समितिबीच मात्र निर्वाचन प्रकृयामा सहभागी गराउने काम गरियो । तसर्थ हामीले यो प्रकृया गलत हो, सहमतिको प्रकृया नै अवलम्बन गर्नुपर्छ भन्दा समेत सो को बेवास्ता गर्दै बलमिच्याईपूर्वक निर्वाचनका नाममा कुनै एक दलको मात्र बर्चश्व हुने गरी संगठन निर्माण गरियो । यसरी बलमिच्याईपूर्वक जुनसुकै मूल्यमा निर्वाचन गर्ने नै भएपछि हामी मत व्यक्त नगर्ने सिद्धान्त ९च्ष्नजत तय लय खयतभ० लाई अवलम्बन गर्दै हामीले निर्वाचन प्रकृयामा असहमति जनायौं । तथापी बन्द सत्रका अध्यक्ष मण्डल निर्मम ढंगले, नाङ्गो हस्तक्षेप गर्दै एकतर्फी रुपले कथित नयाँ कार्यसमिति घोषणा गरियो । हाम्रो प्रश्न छ, के किरात राई विद्यार्थी संघ सबै राई विद्यार्थीहरुको साझा संगठन होइन त ? वा कुनै एक दलमा मात्र आस्था राख्ने विद्यार्थीहरुको मात्र हो ? यही प्रश्न हामीलाई तमाम किरात राई विद्यार्थीहरुले गरिरहेका छन् ।

हामीलाई के विश्वास थियो भने यस संगठनका पूर्व अध्यक्ष समेत रहनु भएका तथा किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष एवं नवौं राष्ट्रिय सम्मेलनको उद्घाटन तथा बन्द सत्र समेतका प्रमुख अतिथि दिवस राई ज्यूले हामी जसरी पनि मिलाउँछौं भन्ने आश्वासन दिइरहनु भयो । सोही आशा र भरोसामा रहँदा उहाँले हाम्रो आशा र भरोसालाई लात मार्दै सहमतिको प्रकृयालाई अवरुद्ध गर्दै आफ्नो निकटको संगठन निर्माण गर्नुभयो । यसो हुँदा समेत हामीले धैर्यतापूर्वक प्रतिक्षा गर्यौं कि पक्कै पनि किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष ज्यूले भन्नु भएजस्तै समस्यालाई समाधान गर्न पहल गर्नुहोला । तर उहाँले त यसलाई समस्याका रुपमा लिनु भन्दा पनि आफ्नो अभिष्ट पूरा भयो भन्ने मानसिकता बोक्दै हाम्रो मागलाई बेवास्ता गर्नुभयो, अहिले पनि गरिरहनु भएकै छ ।हामीले यसबारे व्यापक समीक्षा गर्यौं । हाम्रो अभिभावक संगठन किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष दिवस राई लगायतका नेताहरु समक्ष राख्यौं । तर हाम्रो कुरालाई बेवास्ता गरियो । तर ती सबै वेवास्ताहरु भन्दा पनि समग्र न्यायप्रेमी किरात राई विद्यार्थीहरुको भाग्य र भविष्यलाई हामीले प्रधान विषयका रुपमा लियौं । र नै किरात राई विद्यार्थी संघलाई बचाउने अभियान अन्तर्गत हामीले किरात राई विद्यार्थी संघलाई पूर्णता दिन आजको भेला मार्फत् किरात राई विद्यार्थी संघको केन्द्रीय समिति घोषणा गर्ने निर्णय गरेका छौं ।

निष्कर्षः

किरात राई विद्यार्थी संघको ९ औं राष्ट्रिय सम्मेलनमा जुन रुपले संस्थापक, पूर्व अध्यक्ष, जिल्ला प्रतिनिधिहरुलाई निषेध गरि एकलौटि रुपमा आफ्नो विचार, समुहको विद्यार्थीहरुलाई समेटी अपूर्ण समिति निर्माण गरियो । यसले आम किरात राई विद्यार्थीहरुको भावना, मर्म र आस्था माथि ठुलो घात पुगेको छ । बहुसंख्यक जिल्लाहरु केन्द्रिय समिति नरहनु, पर्यवेक्षकलाई प्रतिनिधिको रुपमा बन्दसत्रमा प्रवेश गराई केन्द्रिय समितिमा राख्ने, गैरकिरात राई समुदायलाई बन्द सत्रमा प्रतिनिधि बनाई राख्ने, जिल्लाको आधिकारिक प्रतिनिधि भन्दा अन्यलाई समितिमा राख्ने, मनोनयन दर्ता नगर्नेलाई पनि समितिमा राख्ने, संगठन नै नभएको सोलुखुम्बु जिल्लाबाट ४० जना भन्दा बढी प्रतिनिधीहरुलाई बन्द सत्रमा सहभागी गराइनु, किरात राई विद्यार्थी संघले विगतमा अपनाउँदै गरेको पद्धति भन्दा फरक र आफु अनुकुल बन्दसत्र संचालन गरी निर्माण गरिएको समितिले आम किरात राई समुदायको भावनामाथि ठेस पु¥याएको छ । यतिका गलत प्रक्रिया र पद्धति अपनाई बनेको समितिले आगामी दिनमा किरात राई विद्यार्थीहरुको पक्षमा र किरात राई यायोक्खाले अवलम्बन गरेको मुद्दाप्रति कुनै काम गन सक्र्ने छाँटकाँट देखिन्दैन । किरात राई विद्यार्थी संघमा भएको गलत काम र गलत सोचलाई चिर्न र आम किरात राई विद्यार्थीहरुको पक्षमा काम गर्न सक्ने असल, साझा र स्वतन्त्र संगठन निर्माण गर्न वर्तमान आवश्यक्ता रहेको छ । किरात राई विद्यार्थी संघको गरिमालाई उच्च राख्न, सबै जिल्लाहरुलाई समेट्न, सबै विचारहरुलाई समावेश गराउन, किरात राई यायोक्खाको मुद्दालाई सशक्त बनाउन र समग्रमा किरात राई विद्यार्थी संघलाई साझा, स्वतन्त्र र लोकप्रिय संगठन बनाउनका लागि समग्र किरात राई विद्यार्थीहरुको भेला गरी, संगठनलाई थप उचाई दिनका लागि दमक घोषणा पत्र जारी गर्दै, किरात राई विद्यार्थीको लोकप्रिय नेता रामचन्द्र राईको नेतृत्वमा किरात राई विद्यार्थी संघलाई गठन गरेको घोषणा गर्दछौं ।
किरात राई विद्यार्थी संघ केन्द्रिय समितिको नामवलीः
१. अध्यक्ष ः रामचन्द्र राई
२. उपाध्यक्ष ः सुसन रुङमाहाङ राई
३. उपाध्यक्ष ः सपना राई
४. महासचिव ः अञ्जिलहाङ किराती
५. सचिव ः अशोक राई
६. सचिव ः याम बाङदेल
७. कोषाध्यक्ष ः रमला राई
८. सहकोषाध्यक्ष ः रोशन राई
९. संगठन विभाग प्रमुख ः झिल खिम्बुले राई
१०. प्रशिक्षण विभाग प्रमुख ः अन्वेश थुलुङ
११. शैक्षिक विभाग प्रमुख ः सुशिला निनाम राई
१२. प्रचार प्रसार विभाग प्रमुख ः केशर थुलुङ
१३. महिला विभाग प्रमुख ः सिल्पा राई
१४. स्वयवसेवक विभाग प्रमुख ः ओपेन्द्र राई
१५. अतिरिक्त विभाग प्रमुख ः चन्द्र किराती
१६. भाषा धर्म तथा संस्कृती प्रमुख ः कृष्ण राई
१७. विदेश विभाग प्रमुख ः सुनिल हताछो
१८. अनुशासन विभाग प्रमुख ः पणन राई
१९. साँस्कृतिक विभाग प्रमुख ः जितेन साम्पाङ
२०. सदस्य ः प्रतिक्षा राई
२१. सदस्य ः सुर्य स्माइल राई
२२. सदस्य ः ऋषि राई
२३. सदस्य ः पुष्पा राई
२४. सदस्य ः अन्नत राई
२५. सदस्य ः विन्दु मुकारुङ
२६. सदस्य ः सजिना राई
२७. सदस्य ः करुणा राई
२८. सदस्य ः रोशन राई खोटाङ
२९. सदस्य ः इशाहाक राई
३०. सदस्य ः अरुण राई
३१. सदस्य ः बिना राई
३२. सदस्य ः शोभा राई
३३. सदस्य ः वबिन राई
३४. सदस्य ः अजय राई
३५. सदस्य ः निशान किराती
३६. सदस्य ः सुसन राई
३७. सदस्य ः भुमिका राई
३८. परिषद सदस्य ः शोभा राई (इलाम)
३९. परिषद सदस्य ः रजनि राई (उपत्यका)
४०. परिषद सदस्य ः सन्तोष राई (उपत्यका)
४१. परिषद सदस्य ः विमोस राई (उपत्यका)
४२. परिषद सदस्य ः सुभाष राई (सुनसरी)
४३. परिषद सदस्यः युवराज राई (सुनसरी)
४४. परिषद सदस्य ः अस्मिता राई (सुनसरी)
४५. परिषद सदस्य ः सुदिका राई (उदयपुर)
४६. परिषद सदस्य ः देवीका राई (उदयपुर)
४७. परिषद सदस्य ः पुनम राई (ओखलढुंगा)
४८. परिषद सदस्य ः जयन्ती राई (खोटाङ)
४९. परिषद सदस्य ः राजन राई (पाचथर)
५०. परिषद सदस्य ः रिना राई (ताप्लेजुङ)
५१. परिषद सदस्य ः आसा राई (ताप्लेजुङ)
५२. परिषद सदस्य ः इशा राई (मोरङ)
५३. परिषद सदस्य ः विनिता राई (झापा)
५४. परिषद सदस्य ः सपन थुलुङ राई (सोलुखुम्बु)
५५. परिषद सदस्य ः पुजना राई (भोजपुर)
५६. परिषद सदस्य ः निशान राई (संखुवासभा)
५७. परिषद सदस्य ः कृष्णा राई (धनकुटा)

दमक घोषणापत्र २०७६
१. पहिचानसहितको किरात स्वायत्त राज्य निर्माणका लागि पहिचान पक्षधर किरात राई विद्यार्थीहरुको ध्रुवीकरणलाई तीव्रता दिऔं ।
२. “१ नं प्रदेश किरात प्रदेश” निर्माण गर्न सबै १ नं. प्रदेशवासीलाई गोलबद्ध गरौं ।
३. किरात राई विद्यार्थी संघलाई कुनै पनि राजनीतिक संगठनको भातृसंगठन बनाउने षडयन्त्रको अन्त्य गर्दै जबर्जस्त संगठनलाई कुनै पनि पार्टीको दास बनाउने झुण्डहरुको भण्डाफोर गरौं ।
४. मातृभाषाको शिक्षालाई व्यवहारिक कार्यान्वयन गर्न विद्यालयस्तरमा शिक्षक दरबन्दी कायम गर्न दवाब सृजना गरौं ।
५. धर्म निरपेक्ष राज्यमा भईरहेको अति हिन्दूवादी गतिविधिको भण्डाफोर गर्दै धर्म निरपेक्ष राज्यलाई व्यवहारिक कार्यान्वन गर ।
६. लोकसेवा आयोगले आव्हान गरेको असमावेशी दरबन्दीलाई खारेज गर्दै समावेशी आधारमा लोकसेवा आयोगको परीक्षा कायम गर ।
७. चरम रुपमा भएको मूल्यवृद्धिलाई तत्काल समायोजन गर ।
८. सबैखाले शैक्षिक संस्थाहरुमा समावेशी सिद्धान्तका आधारमा भर्ना कोटा निर्धारण तथा छात्रवृत्तिको व्यवस्था गर ।
९. राज्य आतंकको रुपमा रहेको भ्रष्टाचार, कमिशनतन्त्रलाई तत्काल नियन्त्रण गर्दै भ्रष्टाचारी र कमिसनखोरहरुलाई कारवाही गर ।
१०. किरात राईहरुको साँस्कृतिक गढीगौडालाई राज्यले संरक्षण गर ।
११. काश्मिरमा भईरहेको मानव नरसंहारलाई तत्काल बन्द गर्न पहल गर ।

मिति २०७६÷०५÷१८
दमक, झापा

सम्बन्धित खवर