भूकम्पमा परी टर्कीका गोलकिपरको मृत्यु
टर्कीमा सोमबार गएको विनाशकारी भूकम्पमा परी टर्कीका गोलकिपरको मृत्यु भएको छ । गोलकिपर अहमेट इयुप तुर्कासलानाको भूकम्पका कारण मृत्यु भएको उनको क्लब येनी मालत्यास्पोरले पुष्टि गरेको छ । भूकम्पका कारण टर्की र सिरियामा झन्डै ८ हजार मानिसले ज्यान गुमाएका छन् । क्लबले आफ्नो ट्विटरमा भनेको छ, ‘हाम्रा गोलकिपर अहमेट इयुप


