ओ.पी.डी. का लागि दुई दिने क्षमता अभिवृद्धि तालिम सुरु
क्रेजी संवादाता, पथरीशनिश्चरे नगरपालिकाको सभाहलमा ओ।पी।डी। का लागि दुई दिने क्षमता अभिवृद्धि तालिम आजबाट सुरु भएको छ । नगरपालिकाको आर्थिक वर्ष २०७९र०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम अन्तर्गतको क्षमता अभिवृद्धि तालिम सुरु भएको हो । तालिममा नगरका १९ जना अपाङ्गता भएकाहरुको उपस्थिति रहेको छ ।


