भारतले रोक्यो पाकिस्तानी फिल्म ‘मौला जट्ट’को रिलिज

सन् २०२२ मा धेरै कमाइ गर्ने पाकिस्तानी फिल्म ‘द लिजेन्ड अफ मौला जट्ट’लाई भारतमा प्रतिबन्ध लगाइएको छ । पाकिस्तानमा अहिलेसम्मकै धेरै कमाइ गरेको एक्सनप्रधान यो फिल्म ३० डिसेम्बरमा दिल्ली र पञ्जाबका हलमा रिलिज हुने बताइएको थियो । भारतीय सेन्सर बोर्डले यो फिल्मको प्रदर्शन रोक्नुको कारण केही खुलाएको छैन । समाचार

हलिउडको ‘फास्ट एक्स’देखि बलिउडको ‘पठान’सम्म, यी हुन् २०२३ का प्रतीक्षित फिल्म

सन् २०२३ सुरु भएको छ र नयाँवर्ष कोरोना महामारीअघिकै स्थितिमा फर्किने सक्ने आशा राखिएको छ । यदि सब ठीकठाक रहे भने विश्व फिल्मका लागि नयाँवर्ष फलदायी हुने पक्का छ । हलिउड र भारतीय सञ्चारमाध्यमले यस वर्षका बहुप्रतीक्षित फिल्मको सूची सार्वजनिक गरेका छन्, जसले फिल्म उद्योगलाई महामारीअघिकै स्थितिमा ल्याइपुयाउन सक्छ ।

साउथको सहारा लिंदै आमिर, ‘केजीएफ’ निर्देशकको फिल्म खेल्ने तयारी

बलिउड अभिनेता आमिर खानले केही महिनाअघि अभिनयबाट विश्राम लिएको र परिवारसँग समय बिताउने बताएका थिए । साथै फिल्म निर्माणमा मात्र ध्यान दिने उनको प्रतिबद्धता थियो । तर ‘केजीएफ’ निर्देशक प्रशान्त नील यस्तो लागि मुडमा छैनन् जस्तो देखिन्छ । उनले आमिर खान र जुनियर एनटीआरसँग फिल्म बनाउने योजना बनाएको खबर आएको

पथरीमा र्‍यापर लाउरेको बबाल क्रेज

क्रेजी संवाददाता पथरी । र्‍यापर  आशिष राना मगर ‘लाउरे’ले सोमबार बेलुका पथरीशनिश्चरे मिनी महोत्सव २०७९ मा आफ्नो बबाल प्रस्तुति दिए । रातो के.एन. कारमा आफ्ना सहयोगी सहित महोत्सव सवार गरेका लाउरेको ‘क्रेज’ पथरीमा थेगिनसक्नु थियो । महोत्सवमा टिकट काटेर पनि भित्र छिर्न दर्शकहरुलाई हम्मेहम्मे परेको थियो । युवा माझ लोकप्रिय

आज पथरी मिनी महोत्सवमा र्‍यापर लाउरे आउने

क्रेजी संवाददाता पथरी । र्‍यापर आशिष राना मगर ‘लाउरे’ले आज बेलुका पथरीशनिश्चरे मिनी महोत्सव २०७९ मा प्रस्तुति दिनेभएका छन् । युवा माझ लोकप्रिय लाउरे हिपहप कलाकार, गीत लेखक तथा अभिनेता हुन् । उनका गीतहरु ‘चुप लाज’, ‘मेरो सोल्टा’, ‘केश नं. ४२०’, ‘बिरामी...’ लगायत सुपरहिट छन् । उनले पथरीको मिनी महोत्सवमा

सुनाखरी युवा क्लव द्वारा न्यानो ब्ल्याङ्केट तथा खेलकुद सामाग्री बितरण

क्रेजी सम्वाददाता पथरी– सामाजिक कार्यमा अगाडि रहेको सुनाखरी युवा क्लवले चिसो बढेसँग न्यानो ब्ल्याङ्केट तथा खेलकुद सामाग्री बितरण गरेको छ । पथरीशनिश्चरे १ मा स्थापित क्लबले वडा नम्बर १ भरिका विपन्न २० परिवारलाई न्यानो ब्ल्याङ्केट बितरण गरेको छ । क्लवले सुनाखरी फुट्वल क्लबका जुनिय टिमलाई पनि १२ थान जर्सि, जुत्ता

फिल्म ‘जय हो’ पोखरा र मुस्ताङमा छायांकन हुने

निर्देशक शोभित बस्नेतले निर्माण गर्न लागेको फिल्म ‘जय हो’ पर्यटकीय नगरी पोखरा र मुस्ताङमा छायांकन गरिने भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले फिल्म त्यहाँ छायांकन गर्न लागिएको हो । निर्माता शोभित सहित निर्देशक टेक पौरखी राई र अभिनेता सलोन बस्नेत पोखरा र मुस्ताङको भ्रमण गर्दै लोकेशन ‘लक’ गरेका हुन्

आर्यनको स्पष्टीकरण–‘बिराज र निखिलसँग मेरो दुस्मनी छैन ’

अभिनेता आर्यन सिग्देलले अभिनेता बिराज भट्ट र निखिल उप्रेतीसँग आफ्नो कुनै दुस्मनी नरहेको बताएका छन् । एक अन्तर्वार्तामा बिराज जतिको एक्सन किङ नेपालमा अन्य कोही नभएको बताएका आर्यनले उक्त अन्तर्वार्ता निखिलसँग जोडेर ट्रोल बन्न थालेपनि सामाजिक सञ्जाल मार्फत स्पष्टीकरण दिएका हुन् । ‘मैले निखिलभन्दा बिराज भट्ट निकै ठुलो स्टार हो

रेडकार्पेटका १० तस्वीर, जसले परम्परागत फेसनको मान्यता भत्काए

सन् २०२२ मा विश्वमा अनगिन्ती रेडकार्पेटका घटना भए । सेलिब्रिटीले टक्सिडो र गाउनजस्ता पहिरन लगाएर आफूलाई प्रस्तुत गरे । तर साहसिक रेडकार्पेट लुक्स कुन थियो जसले विश्वलाई प्रभावित तुल्यायो ? उनीहरु यो कुरालाई लिएर हर्षित छन् जसले रेडकार्पेटका परम्परागत मान्यता यस्तो हुनुपर्छ भन्ने सीमालाई भत्काउने प्रयास गरे । वर्षको सुरुवात

फिल्म छायांकन स्टुडियोबारे अध्ययन गर्न दोलखाको लाकुरीडाँडा पुगे भुवन केसी

सरकारले दोलखाको भीमेश्वर नगरपालिका–८ स्थित लाकुरीडाँडामा प्रस्ताव गरेको अन्तर्राष्ट्रिय चलचित्र नगरीको निर्माण चाँडै सुरु गरिने भएको छ । उक्त ठाउँको अध्ययन अवलोकनका लागि शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव उत्तरकुमार खत्री, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, सदस्य राज कटुवालसहितको टोली त्यहाँ पुगेको थियो । टोलीले निर्माण स्थलको अवलोकन
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.