‘टुट्नु थियो टुट्यो मुटु’को नयाँ भर्सनप्रति सुदीप गिरीको आपत्ति, भने– कानुनी उपचार खोज्छु

दुई दशकअघिको हिट गीत ‘टुट्नु थियो टुट्यो मुटु’लाई पुनः रेकर्ड गरेर रिलिज गरिएपछि यसका मौलिक संगीतकार तथा गायक सुदीप गिरीले आपत्ति जनाएका छन् । उनले यो गीतको प्रतिलिपि अधिकार कसैलाई पनि बिक्री नगरेको प्रष्टीकरण दिएका छन् । २०६० सालमा उक्त गीत रिबेल क्रिएसन म्युजिक कम्पनीबाट सार्वजनिक गरिए पनि कपिराइट बिक्री

चर्चित गीत ‘बादलुको घुम्टोमाथि’ फिल्म निर्माण गर्दै यम बराल

झण्डै तीन दशकअघिको चर्चित गीत ‘बादलुको घुम्टोले’मा आधारित रहेर गायक यम बरालले फिल्म निर्माण गर्ने भएका छन् । उक्त गीतको स्थायीको शब्द टिपेर फिल्मको नामकरण गरिएको छ, तिमीलाई सम्झिंदा ।’ म्युजिकल लभस्टोरी बताइएको यो फिल्ममा बरालले गायकको भूमिकामा अभिनय समेत गर्नेछन् । शिवम् अधिकारीले फिल्मको पटकथा तथा संवाद लेखिरहेका छन्

फिल्म ‘अन्तिम संस्कार’का लागि विजय लामाले घटाए २० किलो तौल

पाइलट समेत रहेका अभिनेता विजय लामाले फिल्म ‘अन्तिम संस्कार’ हल रिलिज भइरहेका भन्दा बिल्कुलै भिन्न भएको दाबी गरेका छन् । उनले यो फिल्मलाई हालै मात्र दिवगंत भएका बुवाले दिएको गिफ्टको रुपमा लिएको समेत बताए । ‘यो फिल्म भावनात्मक हिसाबले पनि विशेष छ । मलाई बुवाले नै चलचित्र क्षेत्रमा ल्याउनुभएको हो

सिड्नीको समुन्द्री तटमा हट दीपिका

‘ऐश्वर्या’ डेब्यु गर्ल दीपिका प्रसाईं अभिनयसँगै सौन्दर्यले चर्चामा आउँछिन् । उनी यतिबेला अष्ट्रेलिया घुमघाममा व्यस्त छिन् । जहाँबाट उनले आकर्षक तस्वीर सार्वजनिक गरेकी छन् । सिड्नी र त्यहाँको हायम्स समुन्द्र तटमा रमाइरहेको देखिने तस्वीरमा दीपिका हट एण्ड स्मोकी देखिएकी छन् । हरियो रङको पहिरनमा उनले चिसिंदै गएको मौसमलाई चुनौती दिएको

शुभेच्छालाई ‘फिल्मी शैली’मा प्रेमीले राखे विवाह प्रस्ताव

अभिनेत्री तथा मिस नेपाल इन्टरनेसनल–२०१२ शुभेच्छा खड्काले आफ्नो प्रेम जीवन सार्वजनिक गरेकी छन् । आइतबार चितवनको बाराही जंगल लजमा आयोजित बर्थडे पार्टीमा शुभेच्छालाई प्रेमी आश्वासन जोशीले घुँडा टेकेरै विवाह प्रस्ताव राखे । इन्स्टाग्राममा यसबारे जानकारी दिंदै शुभेच्छाले आफूले सरप्राइज पाएको भन्दै औंठी पनि देखाएकी छन् । विवाह प्रस्ताव राखेपछि यी

राष्ट्रिय बालनाटक महोत्सवका लागि स्क्रिप्ट आवेदन खुला

शैली थिएटरले काठमाडौंमा राष्ट्रिय बालनाटक महोत्सव आयोजना गर्ने भएको छ । माघको अन्तिम साता वा फागुनको दोस्रो साता महोत्सवको १४ औं संस्करण गरिने शैली थिएटरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । शैली नाटकघर रातोपुल र रुसी सदन कमलपोखरीमा महोत्सव हुन लागेको हो । कोरोना महामारीको कारण अघिल्ला दुई वर्षमा भर्चुअल रुपमा

ओस्कार अवार्डमा सिफारिस भएको फिल्म ‘पञ्चायत’ युट्युबमा रिलिज

नेपालबाट ओस्कार अवार्डमा सिफारिस भएको फिल्म ‘पञ्चायत’ यसै साता इन्टरनेटमा रिलिज भएको छ । सरोज खनाल, रुपा राना, नीता ढुंगानाको प्रमुख अभिनय रहेको फिल्म सोमबार युट्युब नेपाल ट्रेण्डिङको तेस्रो स्थानमा छ । यो समाचार तयार पार्दासम्म फिल्मलाई युट्युबमा करिब ७ लाख ७५ हजार पटक हेरिएको छ ।यो फिल्मले अमेरिकाको ‘सान

आर्यनको फिल्म ‘डिसेम्बर फल्स’ले तान्न सकेन दर्शक, मल्टिप्लेक्समा शो कटौती

फिल्म प्रदर्शनअघि ‘डिसेम्बर फल्स’का निर्माता रामप्रसाद रिजालले दुईवटा दाबी गरेका थिए । पहिलो– फिल्मले ९ करोड रुपैयाँ कमाउँछ र दोस्रो– यो फिल्म फाइभस्टारको मःम हो । निर्माताको दाबी विपरीत यो फिल्मले बक्स अफिसमा कमजोर व्यापार गरेको छ । ल्होसार र अंग्रेजी नयाँवर्ष २०२३ को छेकोलाई समेत फिल्मले आफ्नो हितमा प्रयोग

रेखा भन्छिन्– बच्चाबच्ची र फिल्म सँगसँगै आउन सक्छन्

अभिनेत्री रेखा थापा राजनीतिसँगै फिल्ममा पनि सक्रिय हुने तयारीमा छिन् । आगामी फागुन र वैशाखमा उनका दुई फिल्म छायांकनको तयारीमा छन् । ‘ह्यारीकी प्यारी’को गीत सार्वजनिक कार्यक्रममा मिडियासँग कुरा गर्दै रेखाले ती दुई फिल्मपछि मात्र आफू आमा बन्ने बताइन् । आगामी असोजमा फिल्म रिलिज हुने उनको भनाइ छ । सन्तान

‘एभेन्जर्स’ अभिनेता जेरेमी रेनर आईसीयूमा

हिमआँधीको असरका कारण गम्भीर घाइते भएपछि हलिउड अभिनेता जेरेमी रेनरको शल्यक्रिया गरिएको छ । छातीको दुखाइ र हाडजोर्नीको चोटबाट ग्रस्त रेनरको सघन उपचार कक्ष (आईसीयू)मा उपचार भइरहेको हलिउड म्यागजिन भेराइटीले जनाएको छ । प्रवक्ताका अनुसार उनको अवस्था गम्भीर तर स्थिर छ । ‘जेरेमीको परिवार उनलाई हेरचाह गर्ने चिकित्सक र नर्सप्रति
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.