फेरि सरयो ए डिभिजन लिग, फागुन १९ गतेबाट हुने
शहीद स्मारक ए डिभिजन लिग फागुन १९ गतेबाट हुने भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबबीच भएको बैठकले लिग फागुन १९ गतेबाट गर्ने सहमति भएको हो । लिग डबल राउन्ड रोबिन फर्म्याटमा खेलाइनेछ । बैठकमा सबै ए डिभिजन क्लबका प्रतिनिधिहरूको उपस्थिति रहेको


