विभिन्न वडामा सार्वजानिक सुनुवाई कार्यक्रम
क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरेका विभिन्न वडामा कृषि तथा पशुपालनका पकेट कार्यक्रमको शुक्रबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकिकरण अन्तर्गतको साना व्यवसायी कृषि उत्पादन (पकेट) कार्यक्रममार्फत वडा नम्बर २ मा मौरी र ३ मा मकै पकेट कार्यक्रमको प्रथम सार्वजनिक सुनुवाई कार्यक्रम भएको छ ।


