कलाकार जोन अब्राहम दम्पतीलाई कोरोना संक्रमण
कलाकार जोन अब्राहम कोरोना संक्रमित भएका छन् । जोनका साथै उनकी पत्नी प्रियामा पनि संक्रमण देखिएको छ । जसको जानकारी जोनले आफ्नो इन्स्टाग्राम मार्फत सार्वजनिक गरेका छन् । ‘तीन दिन पहिले म एक ब्यक्तिको सम्पर्कमा आएको थिए’ उनले इन्स्टाग्राममा लेखेका छन् ‘पछि मात्र थाहा भयो उनी कोरोना संक्रमित रहेछन् ।’


