लियाम नीसन स्टारर चर्चित हलिउड फिल्म ‘आइस रोड २’ नेपालमा छायांकन हुने
लियाम नीसन स्टारर हलिउड फिल्म ‘आइस रोड २ : रोड टु द स्काई’को छायांकन नेपालमा हुने भएको छ । प्रतिष्ठित हलिउड म्यागजिन डेडलाइनमा उल्लेख भएअनुसार नेपालका पहाडी क्षेत्रमा फिल्म छायांकन हुनेछ । आईएमडीबीले पनि नेपालको कथावस्तुसहितको ‘सिनोप्सिस’ उल्लेख गरेको छ ।फिल्ममा लियामले माइक नामक चरित्र निर्वाह गर्नेछन् । माइक पात्र

