टोकियो ओलम्पिकमा दर्शक नहुने

विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा दर्शक नराखिने भएको छ । यही जुलाई २३ देखि जापानमा शुरु हुने टोकियो ओलम्पिक दर्शक विना नै हुने भएको हो । कोरोना महामारीलाई ध्यानमा राख्दै ओलम्पिकमा दर्शकलाई प्रवेश नदिइने निर्णय गरिएको हो । बिहीबार जापान सरकार, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, अन्तर्राष्ट्रिय पाराओलम्पिक कमिटी, टोकियो २०२० आयोजक समिति

कोपा अमेरिका फाइनल : दुई सुपरस्टार मेसी र नेमारको भिडन्त

बार्सिलोनाका पूर्व सहकर्मी लिओनल मेसी र नेमार आइतबार हुने कोपा अमेरिकाको फाइनलमा एकापसमा भिड्दैछन् । दुवै खेलाडी पहिलो पटक उपाधि जित्ने लक्ष्यमा छन् । ब्राजिलका पेले र अर्जेन्टिनाका डिएगो म्याराडोना जस्तै मेसी र नेमारले पनि अहिलेसम्म कोपा जित्न सकेका छैनन् । रियो दि जेनेरेयोस्थित आइकोनक माराकान स्टेडियममा फाइनल हुँदा यो

‘सक्किगोनी’मा सन्जीता र कविराजको प्रवेश

निषेधाज्ञा खुकुलो भएसँगै लोकप्रिय हास्य टेलिसिरियल ‘सक्किगोनि’को प्रशारण नियमित हुन थालेको छ । निषेधाज्ञापछि नयाँ कथामा टेलिसिरियलको नयाँ भाग प्रशारण सुरु गरिएको छ । नयाँ भागमा केही कलाकार थपिएका छन् । बिहीबार प्रशारित भएको भागमा दुई नयाँ कलाकारहरु देखिएका छन् । उनीहरु हुन्, सन्जीता पाण्डे र कविराज भाम । यी

एभरेष्ट प्रिमियर लिगलाई आइसीसीको मान्यता

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले आगामी असोजमा हुने चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेटलाई मान्यता दिएको छ । आयोजक इपीएल प्रालिले विहीबार विज्ञप्ति जारी गर्दै इपीएललाई आइसीसीले मान्यता दिएको जनाएको छ । इपीएलको चौथो संस्करण असोज ९ देखि २३ गतेसम्म काठमाडौंमा सञ्चालन हुँदैछ । गतवर्ष चैत १ गतेदेखि १५ गतेसम्म

डेनिस गोलकिपरलाई लेजर लाइट देखाएको विषयमा छानबिन शुरु

युरो २०२० अन्तर्गत इंग्ल्याण्ड र डेनमार्कबीचको खेलमा भएको घटनाको विषयमा युरोपियन फुटबलको सर्वोच्च निकाय (यूईएफए)ले इंग्ल्यान्डमाथि कारबाहीको प्रक्रिया अघि बढाएको छ । वेम्बलीमा भएको खेल अतिरिक्त समयमा २–१ ले जित्दै इंग्ल्याण्ड फाइनल पुगेको थियो । तर समर्थकहरुले खेलभावना विपरीत कार्य गरेपछि युइएफएले छानविन प्रकिया अगाडि बढाएको हो । सेमिफाइनलमा इंग्लिस

सर्जियो रामोस पीएसजीमा अनुबन्धित

  स्पेनिस डिफेन्डर सर्जियो रामोस फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा अनुबन्ध भएका छन् । पीएसजीले बिहीबार रामोससँग दुई वर्षको सम्झौता गरेको हो । स्पेनिस क्लब रियल मड्रिड छाडेपछि रामोसको नाम पीएसजीसँग जोडिँदै आएको थियो । ३५ वर्षीय रामोस रियलमा १६ वर्ष बिताएपछि जुन अन्त्यमा सम्झौताविहीन बनेका थिए । रामोस

१७ वर्षपछि युरोकप फाइनलमा नयाँ टिम

  युरोकप २०२० को उपाधिका लागि इटली र इंग्ल्याण्ड भिड्ने भएका छन् । बुधबार राति भएको दोस्रो सेमिफाइनलमा डेनमार्कलाई अतिरिक्त समयमा २–१ ले पारजित गर्दै इंग्ल्याण्डले फाइनलमा इटलीसँग भेट पक्का गरेको हो । वेम्वलीमा भएको खेलमा इंग्ल्याण्डलले एक गोलले पछि परेर पनि नतिजा उल्टाएको हो । त्यसअघि इटलीले स्पेनलाई पेनाल्टीसुटआउटमा

निर्मात्री तथा नायिका जेनी कुँवरले गरिन् आत्महत्या

नायिका तथा निर्मात्री जेनी कुँवरले आत्महत्या गरेकी छिन् । प्रहरी वृत्त, बानेश्वरका डीसएपी मिमबहादुर लामाका अनुसार, उनले आफू बस्दै आएको काठमाडौंको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेकी हुन् । प्रहरीले आत्महत्याको कारण डिप्रेशन हुनसक्ने जनाएको छ । उनी विगत एक वर्षदेखि डिप्रेशनमा थिइन् । जेनी विगत केही समययता पशुपति

दुर्गाको ‘कुरा काटन’मा ८ जना गायिकाको स्वर, १६ जना मोडलको अभिनय

दुर्गा पौडेल विगत दुई दशकदेखि नेपाली म्युजिक भिडियोमा छायाँकारका रुपमा सक्रिय छन् । उनै पौडेलले यसवर्ष आफ्नै लगानीमा तीज गीत बजारमा ल्याउँदैछन् । यो भिडियोमा उनले लोकदोहोरी क्षेत्रमा नाम कमाएका पुराना तथा नयाँ गायक–गायिका, मोडलहरुलाई समावेश गरेका छन् । गीत पौडेल आफैले लेखेका हुन् । गीत लेखेपछि गायक खुमन अधिकारीसँग

अजयसँग ‘रुद्र’मा काम गर्दै इशा

बलिउडबाट नायिका इशा देओल हराइसकेको अवस्था छ । वैवाहिक जीवनमा बाँधिएपछि इशा बलिउडबाट टाढिएकी हुन् । उनै, इशा केही बर्षको अन्तरालपछि एक वेव सिरिजको माध्यमबाट अभिनयमा कमब्याक गर्दैछिन् । इशाले अभिनय गर्न लागेको वेव सिरिजको नाम ‘रुद्र’ हो । यो वेव सिरिजमा उनी नायक अजय देवगणको जोडीको रुपमा देखिदैछिन् ।
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.