पथरी शनिश्चरे ८ द्वारा वर्षभरिका योजनाहरु सार्वजानिक
ईस्वर दुलाल पथरी । मोरङको पथरी शनिश्चरे–८ वडाले वर्षभरिका योजनाका बारेमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी वडाले गत आर्थिक वर्षका योजना र चालु आर्थिक वर्षका योजना तथा कार्यक्रमका बारेमा जानकारी दिएको हो । गत वर्ष नगरको सिलिङ बजेट १ करोड थियो ।


