बालगृहका बालबालिकालाई खाना खुवाएर जन्मदिन, भन्छन् ‘धन हैन मन चाहिन्छ’
क्रेजी साप्ताहिक । पथरीशनिश्चरे वडा नं १० का एक युवाले आफ्नो जन्मदिनका अवसरमा बालगृहका बालबालिकालाई खाना खुवाएका छन् । जिरिखिम्ती निवासी हरी निरौलाले बुधबार आफ्नो जन्मदिनको अवसरमा अनाथ बालबालिकालाई खाना खुवाएका हुन् । उर्लाबारी ७ को नमुना बालगृहमा पुगेर त्यहाँका ४६ बालबालिकालाई खाना खुवाएर उनले आफ्नो जन्मदिन मनाएका हुन् ।


