‘फाटेको जुत्ता खै’को निर्माताको रुपमा जोडिए भीम न्यौपाने

‘बाटोमुनिको फूल’ र ‘सुनकेशरी’ फिल्मका निर्माता समेत रहेका कलाकार भीम न्यौपाने ‘फाटेको जुत्ता खै’को निर्माताको रुपमा जोडिएका छन् । निर्माता अर्जुन कुमार र न्यौपानेबीच लिखित सम्झौतामा हस्ताक्षर भएको छ । फिल्मलाई निकेश खड्काले निर्देशन गर्नेछन् । न्यौपानेको प्रवेशसँगै फिल्मको साझेदार बढेका छन् । देव कार्की, ठाकुरप्रसाद ढुंगाना र धर्मराज अधिकारी

हिमालय लोकस्टारका अन्तिम ६ जना प्रतिस्पर्धी घोषणा

हिमालय लोकस्टारका अन्तिम ६ जना प्रतिस्पर्धी घोषणा भएका छन् । बुधबार प्रसारण भएको एपिसोडबाट फाइनलिस्ट घोषणा भएका हुन् । फिनालेमा प्रवेश गर्नेहरुमा बलराम विश्वकर्मा, पीएन साइँला, सन्तोष क्षेत्री, राजेन्द्र घर्तीमगर, विकास परियार र किरण बीसी छन् । निर्देशक सिमोस सुनुवारले दर्शकको मतको आधारमा फाइनलिस्ट तय भएको जानकारी दिए । मंगलबार

आजबाट मिस नेपाल–२०२३ को प्रतिस्पर्धा, ‘पपुलर च्वाइस’ विधामा मतदान सुरु

मिस नेपाल–२०२३ को प्रतिस्पर्धा आज (बिहीबार)देखि औपचारिक रुपमा सुरु भएको छ । ‘मिस पपुलर च्वाइस’ विधाको भोटिङ सुरु भएसँगै यस वर्षको मिस नेपालको प्रतिस्पर्धा प्रारम्भ भएको हो । द हिडन ट्रेजरका अनुसार दर्शकले २४ जना प्रतिस्पर्धीमध्ये आफूलाई मनपर्ने एकलाई मतदान गर्न सक्नेछन् । सर्वाधिक मत ल्याउने एक जनाले सिधै अन्तिम

निश्चल बस्नेतले घोषणा गरे फिल्म ‘दिमाग खराब’, तिहारमा प्रदर्शन हुने

निर्देशक निश्चल बस्नेतको आगामी फिल्म ‘दिमाग खराब’ तिहारको अवसरमा कात्तिक २४ गते प्रदर्शन हुने भएको छ । ‘नागरिक भर्सेस शक्ति’बीचको कथावस्तुमा बन्न लागेको फिल्ममा आफूले निर्देशकको जिम्मेवारी सम्हाल्न लागेको निश्चलले जानकारी दिएका छन् । जेठ पहिलो सातादेखि छायांकन सुरु हुने फिल्मको निर्माण रौनकविक्रम कँडेलले गर्ने भएका छन् । यो सोसल

‘बहाव’ हेर्न हलमा पुगे एमाले नेता भट्टराई र गैरे

प्रदर्शन भइरहेको फिल्म ‘बहाव’ हेर्न नेकपा एमालेका नेताहरु हलमा पुगेका छन् । एमाले सचिव योगेश भट्टराई, सांसद ठाकुर गैरेलगायत फिल्म हेर्न ललितपुर पुल्चोकस्थित लबिम मलमा पुगेका हुन् । उनीहरुसहित केही पत्रकारले पनि फिल्म हेरेका थिए । फिल्म हेरेपछि भट्टराईले यसमा युवाको प्रयत्न बलियो रहेको बताए । ‘फिल्म राम्रो छ ।

‘चुम्बन’ चर्चाबीच सुरक्षाले भनिन्– उहाँ फिल्ममेकर भएकाले सम्झाइरहनुपर्दैन

हलमा चलिरहेको फिल्म ‘बहाव’मा समावेश चुम्बनको दृश्य यतिबेला चर्चामा छ । चुम्बनको लामो दृश्यले अभिनेत्री सुरक्षा पन्तलाई पनि एकाएक चर्चामा ल्याएको छ । चुम्बनको दृश्यले नवविवाहित जोडीको दाम्पत्य जीवनमा कुनै नकारात्मक प्रभाव पार्ने त होइन भनेर पनि सामाजिक सञ्जालमा कतिपयले टिप्पणी गरेका छन् । तर यसबीच सुरक्षाले चुम्बन दृश्यबारे प्रष्टीकरण

‘माग्ने बुढा’को कटाक्ष : यो दुनियाँ आखिर माग्ने नै रहेछ

राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद ढाकाप्रसाद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको भनिएको अडियो सार्वजनिक भएपछि यसले सामाजिक सञ्जालमा तरंग पैदा गरेको छ । अडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक टीकाटिप्पणी भइरहेको छ ।यो चर्चाबीच माग्ने बुढा नामले चर्चित अभिनेता केदाप्रसाद घिमिरेले उक्त अडियोलाई लिएर भइरहेको चर्चाप्रति

प्रियंका चोपडा स्टारर ‘सिटाडेल’ अहिलेसम्मकै दोस्रो महंगो सिरिज

अमेजन स्टुडियोले प्रियंका चोपडा र रिचर्ड म्याडेन स्टारर ‘सिटाडेल’ बनाउन यतिबेला पैसाको खोलो बगाइरहेको छ । यो निकै महंगो जासूस–थ्रिलर शो रिलिज त भइसकेको छैन तर यसको चर्चा विश्वव्यापी छ । सिरिजको निर्माणमा ३०० मिलियन डलर (२५ सय करोड भारु) खर्च भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ‘द लर्ड अफ

मार्वलको सुपरहिरोइन फिल्म ‘द मार्वल्स’को ट्रेलर : ब्रह्माण्ड जोगाउन गर्ने संघर्षको कथा

हलिउड स्टार ब्री लार्सन मार्वल सिनेम्याटिक युनिभर्समा फर्किएकी छन् । मार्वलको नयाँ फिल्म ‘द मार्वल्स’मा लार्सनले एमसीयू स्टारहरु ‘वान्डा भिजन’की टेयोनाह पेरिस र ‘मिसेल मार्वल’की इमान भेलानीसँग सहकार्य गरेकी छन् । नेपाली समयानुसार मंगलबार राति सार्वजनिक भएको ट्रेलरमा यी तीनै हलिउड अभिनेत्री देखिएका छन् । स्यामुएल एल ज्याक्सनलाई पनि शीर्ष

सलमान खानलाई मिति तोकेरै आयो ज्यान मार्ने धम्की

मुम्बई पुलिसलाई फोन गरेर अभिनेता सलमान खानलाई मार्ने धम्की दिने व्यक्तिलाई हिरासतमा लिइएको छ । धम्की दिने १६ वर्षीय किशोर रहेको मुम्बई प्रहरीले जनाएको छ । उनलाई ठाणे नजिकैको सहरबाट हिरासतमा लिएर थप अनुसन्धान भइरहेको जनाइएको छ । मुम्बई प्रहरीका अनुसार सलमानलाई सोमबार फोनमार्फत यस्तो धम्की आएको हो । धम्की
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.