बोराभित्र पोको पारेर फालिएको अवस्थामा ५ महिने शिशुको शव फेला

क्रेजी साप्ताहिक चितवन । बोरामा पोको पारेर फालेको अवस्थामा शिशुको शव फेला परेको छ । सोमबार चितवनको भरतपुर महानगरपालिका वडा १५ शिवराम चोक नजिक एक नवजात शिशुको शव भेटिएको हो । चितवनका डीएसपी एकनारायण कोइरालाका अनुसार बोरामा पोको पारेर फालिएको अवस्थामा करिब ५ महिनाको शिशुको शव फेला परेको छ ।

एउटै माछा १८ करोडमा बिक्री

क्रेजी साप्ताहिक एजेन्सि । जापानमा एउटै माछा १८ लाख अमेरिकी डलर (करिब १८ करोड नेपाली रुपैयाँ) मा बिक्री भएको छ । नयाँ बर्षका अवसरमा खोलिएको टुना माछा लिलामीमा २७६ किलोग्राम तौलको एउटा विशाल माछाका लागि कियोसी किमुराले यो रकम खर्चेका हुन् । तोयोसु माछा बजारमा आइतबार भएको सो लिलाम बढाबढमा

सवारी दुर्घटनामा एक जनाको मृत्यु

क्रेजी साप्ताहिक चितवन । गएराति चितवनमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृतकको पहिचान खुलेको छैन । रत्ननगर नगरपालिका–४ देबैलीस्थित सडकखण्डमा रोकिराखेको ना ५ ख ६४४५ नम्बरको मिनीट्रकमा सौराहादेखि टाँडीतर्फ आउँदै गरेको ना ३८ प ८३२८ नम्बरको मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनले

एकैदिन १७ फरार अभियुक्त पक्राउ

क्रेजी साप्ताहिक विभिन्न मुद्दामा फरार रहेका १७ अभियुक्तलाइ जिल्ला प्रहरी कार्यालय सप्तरीर्ले पक्राउ गरेको छ । विभिन्न स्थानबाट सोमबार ती अभियुक्तलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।अदालतबाट कैद तथा जरिवाना तोकिई हालसम्म फरार रहेका अभियुक्तलार्ई लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको उनले जानकारी दिए । पक्राउ पर्नेमा

घुस रकमसहित नापी सर्वेक्षक पक्राउ

क्रेजी साप्ताहिक वीरगञ्ज । नापी कार्यालयका सर्वेक्षक रामनरेश पासवानलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७५ हजार रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडा कार्यालयका प्रहरी नायब उपरीक्षक केशव भट्टराई नेतृत्वको टोलीले नापी कार्यालयअन्तर्गत २ नं. नापी टोलीको कार्यालय वीरगञ्जबाट पासवानलाई सोमबार पक्राउ गरेको हो ।

अवैध रूपमा नेपाल प्रवेश गर्ने १ तिब्बती र ४ भुटानी पक्राउ

क्रेजी साप्ताहिक वीरगञ्ज । शसस्त्र प्रहरीले अवैध रूपमा नेपाल प्रवेश गर्न लागेका एक तिब्बती र ४ भुटानी नागरिकलाई नियन्त्रणमा लिएको छ । बा ५ ख २३८८ नम्बरको नेपाल–भारतमैत्री बसमा सवार १ तिब्बती र ४ भुटानीलाई प्रहरीले भारतको बोधगयाबाट काठमाडौं जान लागेको अवस्थामा नियन्त्रणमा लिएको हो । ४० यात्रुमध्ये एक तिब्बती

परराष्ट्रमन्त्रीद्वारा अष्ट्रेलियाको आगजनीप्रति दुःख व्यक्त

क्रेजी साप्ताहिक काठमाडौं । अष्ट्रेलियामा भीषण आगलागीका कारण पुगेको नोक्सानीप्रति परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गहिरो दुःख प्रकट गरेका छन् । आगलागीले मानवीय, जीवजन्तु तथा वनस्पतिमा पुगेको क्षतिमा दुःख व्यक्त गर्दै अष्ट्रेलियाका विदेश मन्त्री मरिस पायनेलाई सोमबार समवेदना सन्देश पठाएका हुन् । आगजनीले निम्त्याएको संकटबाट पार पाउन अष्ट्रेलिया सरकारले निर्धक्क काम गर्छ

माघे सक्रान्तिमा सार्वजनिक बिदा

क्रेजी साप्ताहिक । माघे सक्रान्तिको अवसरमा प्रदेश नं. ५ को सरकारले सार्वजनिक बिदा दिने भएको छ । सो पर्वको अवसरमा आगामी माघ १ र २ गते बिदा दिने भएको हो । प्रदेश ५ सरकारले गत वर्ष पनि माघी पर्वको अवसरमा २ दिन बिदा दिएको थियो । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकका

घुससहित सामुदायिक वनका अध्यक्ष र कोषाध्यक्ष पक्राउ

क्रेजी साप्ताहिक काठमाडौं । १ लाख ६० हजार रुपैयाँ घुससहित कैलालीको सिद्धनाथ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कुवेर थापा र कोषाध्यक्ष मोहनबहादुर सिंह पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–१२ मा रहेको सामुदायिक वन क्षेत्रबाट माटो झिक्न प्रयोग भएका डोजर र ट्याक्टर छाड्ने क्रममा सेवाग्राहीसँग सो रकम लिँदै गरेको अवस्थामा दुबै

दाजुभाईको झगडा हुदा एक जनाको मृत्यु

क्रेजी साप्ताहिक इलाम । इलाममा दाजुभाईको झगडा हुँदा एक जनाको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय पशुपतीनगरले जनाएअनुसार सुर्योदय नगरपालिका–१२ आठघरेमा दाजु भाई बिच झगडा तथा कुटपिट हुँदा ४६ बर्षीय हर्क बहादुर रसाईलीको मृत्यु भएको हो । मादक पदार्थ सेवन गरेर आईतवार राती स्थानीय ४६ बर्षीय हर्क बहादुर रसाईली