
‘चिसो एस्ट्रे’ चैत ४ देखि प्रदर्शन हुने
चलचित्र ‘चिसो एस्ट्रे’को प्रदर्शन मिति तय गरिएको छ । गाउँबाट आएको एक युवकले शहरिया बन्नका लागि गरेको यात्राको कथा समेटिएको यो चलचित्र चैत ४ गते रिलिज हुनेछ । निर्देशक दिनेश पाल्पालीका अनुसार आधुनिक बन्न खोज्दा आफैंलाई गुमाउन पुग्ने युवाको कथा चलचित्रमा समावेश छ । चलचित्रले मुख्य चार चरित्रमार्फत मानिसको अन्तरयात्राको