
‘प्रेमगीत ३’को गीत ‘मायाको गाउँ’मा रोमान्टिक क्रिस्टिना र प्रदीप
फिल्म ‘प्रेमगीत ३’को नयाँ गीत ‘मायाको गाउँ’ बिहीबार रिलिज भएको छ । सरोज पोखरेलले संगीत गरेको गीतमा प्रदीप खड्का र क्रिस्टिना गुरुङ फिचर्ड छन् । प्रताप दासको स्वर रहेको गीतमा विष्णु भण्डारीको शब्द रचना छ । हिमालपारिको जिल्ला मुस्ताङमा जाडोयाममा खिचिएको फिल्मको यो गीतमा हिमपातको आकर्षक दृश्य देख्न सकिन्छ ।