
‘पानीफोटो’ असफलताको सन्देश : अब गम्भीर होइन, विशेष फिल्म
‘कबड्डी ४’पछि घरेलु बक्स अफिसमा देखिएको संकट तत्कालै थामिने संकेत छैन । अहिले प्रदर्शन भइरहेका दुई फिल्म ‘पानीफोटो’ र ‘म’ले औसत रेटिङ प्राप्त गरे पनि दुवैको व्यावसायिक प्रस्तुति निराशजनक छ । वितरक र निर्माता दुवै कमाइ सार्वजनिक गर्न तयार छैनन् । रिलिजअघि ‘हाइप’ बटुलेको फिल्म पानीफोटोले अपेक्षित ओपनिङ गर्न नसकेपछि