२७ दिनपछि जेलबाट छुटेर घर पुगे आर्यन

बलिउड नायक साहरुख खानका छोरा आर्यन खान २७ दिनपछि आफ्नो घर ‘मन्नत’ फर्किएका छन् । आर्यनलाई एनसीबीले अक्टुबर २ तारिखमा पक्राउ गरेको थियो । मुम्बई क्रुज पार्टीमा सहभागी हुन जाँदै गर्दा आर्यनलाई एनसीबीका कर्मचारीले पक्राउ गरेका थिए । आर्यन ११ बजे आर्थर रोड जेलबाट बाहिर निस्किएका थिए । आर्यनलाई लिन

रजनीकान्त अस्पताल भर्ना

अभिनेता रजनीकान्त अस्पताल भर्ना भएका छन् । उनी नियमित चेकअपका लागि चेन्नइको कावेरी अस्पताल भर्ना भएका हुन् । अभिनेता बिहिबार ४ः ३० मा अस्पताल पुगेका थिए । ७० वर्षीय अभिनेता यस अगाडि २०२० मा हैदरावादको एपोलो अस्पताल भर्ना भएका थिए । थकान र रक्तचापमा उतारचढाव अनुभव गरेका कारण अस्पताल भर्ना

साउथ स्टार पुनीत राजकुमारको ४६ बर्षको उमेरमा निधन

सैडलबुड इन्डस्ट्रीका चर्चित स्टार पुनीत राजकुमारको निधन भएको छ । आज बिहान उनको स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई बेग्लुरुको विक्रम अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा भर्ना भएका पुनीतको निधन भएको भारतीय मिडियाले पुष्टी गरेका छन् । अस्पतालमा भर्ना भएसँगै पुनीतको स्वास्थ्य लाभको कामना गर्दै फ्यानहरु अस्पताल परिसरमा पुगेका थिए

२६ दिनपछि साहरुखको अनुहारमा फर्किएको खुशी

बलिउड नायक साहरुख खान र उनको परिवारका लागि अक्टुबर महिना सुखद बन्न सकेन । उसो त, साहरुख बेला–बेलामा विवादमा नपरेका होइनन् । तर, उनले आफ्नो बिषयमा हुने गरेका विवादलाई कुनै न कुनै तरिकाले मिलाउने गरेका थिए । तर, यसपटक भने उनका लागि केही कठिन बन्न पुग्यो । साहरुखका छोरा आर्यन

आर्यन खानलाई जमानतमा रिहा गर्न अदालतको आदेश

बलिउड नायक साहरुख खानका छोरा आर्यन खानलाई जमानतमा रिहा गर्न मुम्बइको उच्च न्यायलयले आदेश दिएको छ । मुम्बईको उच्च न्यायलयले आज बेलुकी ५ बजे यो फैसला सुनाएको हो । तर, उनलाई आज एक दिन भने हिरासतमा नै बिताउनुपर्नेछ । आर्यनको जमानतको विरोध गर्दै एएसजी अनिल सिंहले एनसीबीको तर्फबाट वकालत गरेका

आर्यनसँग सेल्फी लिने किरण गोसावी पक्राउ

बलिउड स्टार शाहरुख खानका छोरा आर्यन खानमाथि चलिरहेको लागु औषध मामिलामा नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीपी) का स्वतन्त्र साक्षी किरण गोसावीलाई पुणे सिटी पुलिसले पक्राउ गरेको छ । किरण गोसावी निजी (स्वघोषित) जासुस हुन् र आर्यन खान मामिलामा एनसीबीले उनलाई स्वतन्त्र साक्षी बनाएको थियो । गोसावीलाई पुणे प्रहरीले सन् २०१८ को

के अर्सलानको प्रेममा छिन् ऋतिककी पूर्व पत्नी सुजैन ?

बलिउड नायक ऋतिक रोशनकी पूर्व पत्नी सुजैन खानको प्रेम चर्चा बी टाउन बजारमा खुबै चलिरहेको छ । सुजैनले मंगलबार आफ्नो ४३ औं जन्मदिन मनाइन् । उनको जन्मदिनमा अर्सलान गोनी पनि सहभागी थिए । अर्सलान र सुजैनको प्रेम चर्चा बलिउडमा केही दिनदेखि चलिरहेको छ । जब, सुजैन र अर्सलानले एकसाथ केक

फिल्मको एउटा दृश्यका लागि १ सय हात्तीको अडिशन

ऋतिक रोशन र ऐश्वर्या राय बच्च अभिनित फिल्म ‘जोधा अकबर’ ब्लकबस्टर साबित भएको थियो । तर, यस फिल्मका लागि गरिएको मेहनत पनि कम्ती थिएन । फिल्ममा ठूलै लगानी गरिएको थियो । यस फिल्मसँग जोडिएको एउटा किस्साले कसरी पैसाको खोलो फिल्ममा बगाइएको थियो भन्ने पुष्टि गर्छ । फिल्मका सह निर्माताका तथा

आर्यनलाई ड्रग्स मुद्दामा पक्राउ गरेका समीरको साहरुखसँग पुरानो दुश्मनी

बलिउड नायक साहरुख खानका छोरा आर्यन खान मुम्बई क्रुज पार्टीमा ड्रग्स सेवन गरेको आरोपमा अक्टुबर २ तारिख पक्राउ परे । उनी अझै पनि आर्थर रोड जेलमा छन् । आर्यनको जमानतका लागि आज मुम्बइको उच्च न्यायलयले फैसला सुनाउने अपेक्षा गरिएको छ । साहरुखका छोरा आर्यनलाई ड्रग्सको मुद्दामा पक्राउ गरेका नार्कोटिक्स कन्ट्रोल

डिसेम्बरमा विक्की र कट्रिनाको बिहे ?

बलिउडमा कलाकारको प्रेम र बिहेको चर्चा दिनहुँ चल्छ । केही कलाकार आफ्नो प्रेमको खबरलाई सार्वजनिक गर्छन् भने धेरै कलाकार यसलाई लुकाउने कोशिश गर्छन् । बलिउडमा विगत केही महिनादेखि नायक विक्की कौशल र नायिका कट्रिना कैफको प्रेमको चर्चा चलिरहेको छ । यी दुई कलाकार सार्वजनिक रुपमा एकसाथ पनि देखिएका छन् ।