राजकुमार र पत्रलेखा बाँधिए वैवाहिक जीवनमा

बलिउड अभिनेता राजकुमार राव वैवाहिक जीवनमा बाँधिएका छन् । उनले सोमबार प्रेमिका पत्रलेखासँग चण्डीगढमा विवाह गरेका हुन् ।विवाह समारोहपछि सोमबार नै उनीहरुले चण्डीगढमा रिसेप्सन पार्टी समेत दिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । वैवाहिक जीवनमा बाँधिएको अवसरमा राजकुमार र पत्रलेखालाई भारतका राजनीति दलका नेतादेखि बलिउड फिल्मकर्मी तथा कलाकारहरुले बधाई दिइरहेका छन्

पेरिसले प्रेमी कार्टरसँग गरिन् बिहे

हलिउड नायिका तथा गायिका पेरिस हिल्टन वैवाहिक जीवनमा बाँधिएकी छन् । उनले आफ्ना प्रेमी कार्टर रेमसँग बिहे गरेकी हुन् । यी दुवैले नोभेम्बर ११ मा बिहे गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । सामाजिक सञ्जालमा यी दुईको विवाहको तस्वीर चर्चामा छ । वैवाहिक समारोहमा पेरिस सेतो गाउनमा प्रस्तुत भएकी थिइन्

कंगनाको चुनौती : म गलत भए पद्मश्री फिर्ता गर्छु

बलिउड नायिका कंगना रनावतले केही दिनअघि एक कार्यक्रममा भारत सन् १९४७ मा नभएर सन् २०१४ पछि मात्र स्वतन्त्र भएको बताइन् । कंगनाको यो अभिव्यक्ति सार्वजनिक भएसँगै उनको चर्को आलोचना भइरहेको छ । भारतको बिहारमा त उनीविरुद्ध नारा जुलुस नै भएको छ । तर, कंगनाले भने आफ्नो भनाइको बचाउ गरेकी छन्

करणको ‘गोविन्दा नाम मेरा’मा विक्की, भूमि र कियारा

बलिउडका सफल निर्माता तथा निर्देशक मानिने करण जोहरले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । धर्मा प्रोडक्सनले निर्माण गर्न लागेको नयाँ चलचित्रको नाम ‘गोविन्दा नाम मेरा’ राखिएको छ । चलचित्रको फस्टलुक सार्वजनिक गर्दै करणले चलचित्र सन् २०२२ को जुन १० बाट रिलिज हुने जनाएका छन् । यो चलचित्रको शीर्ष भूमिकामा

कंगनाको विवादास्पद अभिव्यक्ति : भारत २०१४ पछि मात्र स्वतन्त्र भएको हो

बलिउड नायिका कंगना रनावत पछिल्लो केही समयदेखि आफ्नो विवादास्पद अभिव्यक्तिका कारण चर्चामा छिन् । उनी भारतीय जनता पार्टी (बीजेपी) निकट मानिन्छिन् । यसैले उनका अभिव्यक्ति बीजेपीको समर्थनमा बढी देखिन्छ । बिहीबार कंगनाले दिएको एक अभिव्यक्तिले फेरि उनको चर्को आलोचना भएको छ । टाइम्सले आयोजना गरेको कार्यक्रममा भारत सन् २०१४ पछि

दुबईमा जान्हवीको मस्ती

बलिउड अभिनेत्री जान्हवी कपुर केही दिनयता आफ्नी बहिनी खुशी कपुरका साथ दुबईमा छुट्टी मनाइरहेकी छन् । दुबई घुमघामका तस्वीरहरु उनले लगातार सामाजिक सञ्जालमा शेयर गरिरहेकी छन् । तस्वीरमा उनी निक्कै ‘हट’ देखिएकी छन् ।   जान्हबीले दुबईमा एटीभी बाइकमा चढेर डेजर्ट सफारी गरेको तस्वीर अहिले भाइरल भइरहेको छ । तस्वीरमा

एक सय करोड क्लबमा प्रवेश ‘सूर्यवंशी’

बलिउड चलचित्र ‘सूर्यवंशी’ एक सय करोड क्लबमा प्रवेश गरेको छ । मंगलबार यो चलचित्र भारतीय बक्स अफिसमा एक सय करोड क्लबमा प्रवेश गरेको हो । कोरोनापछि सय करोड क्लबमा प्रवेश गर्ने यो पहिलो चलचित्र बनेको छ । यो चलचित्रले शुक्रबार २६.२९ करोडको व्यापार गरेको थियो । यस्तै, शनिबार २३.८५ करोडको

राजकुमार र पत्रलेखाले नोभेम्बर १३ मा विवाह गर्दै

बलिउड प्रेमजोडी राजकुमार राव र पत्रलेखा यही नोभेम्बर १३ मा वैवाहिक जीवनमा बाँधिदैछन् । उनीहरुले चण्डीगढमा विवाह गर्न लागेको जनाइएको छ । ईटाइम्सको रिपोर्ट अनुसार राजकुमार र पत्रलेखाले परम्परागत रीतिरिवाज अनुसार विवाह गर्दैछन् । यसअघि उनीहरुको विवाह जयपुरमा हुने खबर सार्वजनिक भएपनि अहिले चण्डीगढमा विवाह गर्ने तय भएको भारतीय सञ्चारमाध्यमले

कोरोनापछि फेरि बक्स अफिसमा उत्साह

दुई वर्षसम्म कोरोना महामारीका कारण समस्यामा रहेको मनोरञ्जन दुनियाँ चलमलाउन थालेको छ । विश्व बजारमा हलिउड र बलिउड चलचित्रले फेरि एकपटक उत्साह थपेका छन् । हलिउड चलचित्रले विश्व बजारबाट करोडौंको व्यापार गर्दैगर्दा बलिउड चलचित्रको व्यापार पनि कम छैन । गत सातादेखि रिलिज भएको हलिउड चलचित्र ‘इटर्नल्स’ले विश्व बजारबाट १२ सय

विक्की–कट्रिनाको विवाहका लागि सलमानले रोके ‘टाइगर ३’को सुटिङ

पछिल्लो समय ‘स्टार कपल’ विक्की कौशल र कटरिना कैफको विवाहको चर्चाले बलिउड तातेको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार विक्की र कटरिनाले धुमाधामसँग विवाहको तयारी गरिरहेका छन् । डिसेम्बरमा विवाह गर्न लागेको यो जोडीले राजस्थानको एक प्यालेस बुक गरेको जनाइएको छ । विवाहको तयारीमा व्यस्त विक्की र कटरिनाले अहिले कामबाट ब्रेक