‘डर्टी पिक्चर २’ निर्माण गर्दै एकता कपुर, नायिका बन्न कृति सेननदेखि तपसी पन्नुको रुचि

दशकअघिको चर्चित बलिउड फिल्म ‘डर्टी पिक्चर’को दोस्रो श्रृंखला निर्माण हुने भएको छ । विद्या बालनको मुख्य भूमिका रहेको फिल्म महिला र महिला केन्द्रित कथावस्तुमा बनेको हो । चर्चाको शिखरमा पुगेकी फिल्म नायिकाको पतनको कथा यसले पेश गर्छ । बलिउडमा महिला प्रधान फिल्म दर्शकले हेर्दैनन् भन्ने धारणा रहेको बेला एकता कपुरले

५० वर्ष पुरानो विश्व चर्चित मार्लन ब्रान्डो प्रकरणमा ओस्कारले माग्यो माफी

सन् १९७३ को एकेडेमी अवार्ड (ओस्कार) समारोहमा बोल्न सचिन लिटलफिदरसँग जम्मा ६० सेकेन्ड समय थियो । आफ्नो संक्षिप्त मन्तव्यमा उनले मार्लन ब्रान्डोका तर्फबाट उत्कृष्ट अभिनेताको लागि ओस्कार अस्वीकार गरिन् । उनको मन्तव्यलगत्तै चर्को हुटिङ र जयजयकार भयो । उनले राष्ट्रिय टेलिभिजनमा आदिवासी अधिकारको पक्षमा बोलिन् । यो सबथोक भएको झण्डै

कार दुर्घटनामा गम्भीर घाइते हलिउड अभिनेत्री हेचेको उपचारको क्रममा निधन

कार दुर्घटनामा परी गम्भीर घाइते भएकी हलिउड अभिनेत्री एनी हेचेको उपचारको क्रममा निधन भएको छ । क्यालिफोर्नियाको एक अस्पतालले उनलाई कानुनी रुपमा मृत घोषणा गरेको हो । तर अंगदानको निधो नभएसम्म भने उनको शवलाई भेन्टिलेटरमै राखिने जनाइएको छ । आगामी मंगलबारसम्म भेन्टिलेटरबाट निकालेर एनीको अंगलाई दान दिने तयारीमा परिवार छ

सलमान रुस्दीमाथिको आक्रमणले बलिउड स्तब्ध : कंगना, स्वारा र जावेदले गरे निन्दा

भारतीय मूलका बेलायती लेखक सलमान रुस्दीमाथि शुक्रबार अमेरिकाकको न्युयोर्कमा आक्रमण भयो । आक्रमणपछि उनको स्थिति गम्भीर रहेको र भेन्टिलेटरमा राखिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।सलमानका एक एजेन्टले बताएअनुसार गम्भीर चोटका कारण लेखक रुस्दीले एउटा आँखा गुमाउन सक्छन् । उनको हातमा पनि चोट आएको र कलेजोमा पनि क्षति पुगेको जनाइएको छ

हलिउड अभिनेत्री एनी हेचेको परिवारले भन्यो– अब उनी बाँच्ने आशा छैन

गत साता अमेरिकाको लस एन्जलसमा भएको एक कार दुर्घटनामा परी गम्भीर घाइते भएकी हलिउड अभिनेत्री एनी हेचे बाँच्ने सम्भावना लगभग नरहेको उनको परिवारले जनाएको छ । उनको परिवार र साथीहरुका एक प्रतिनिधिले सीएनएनलाई बताएअनुसार उनको बाँच्ने आशा गरिएको छैन । ‘दुर्भाग्यवश, दुर्घटनाको कारण उनको मस्तिष्कमा गम्भीर चोट लागेको छ र

आकांक्षा शर्मासँग डेटिङमा छन् टाइगर श्राफ ?

बलिउड अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानी ६ वर्षदेखि डेट गरिरहेका थिए । तर यी दुईबीचको रोमान्स टुंगिएको छ । बलिउड सञ्चारमाध्यम अनुसार टाइगरको नाम यतिबेला आकांक्षा शर्मासँग जोडिएको छ । टाइगर र आकांक्षाले यसअघि पनि केही म्युजिक भिडियोमा काम गरिसकेका छन् । आकांक्षाले मोडलको रुपमा एक्टिङ करिअरको सुरुवात

‘लाल सिंह चड्ढा’को कमजोर ओपनिङको सन्देश: अब ठूलो पर्दालाई योग्य फिल्म बनाऊ

चार वर्षको पुनरागमनपछि आमिर खानले पक्कै पनि आफ्नो फिल्म ‘लाल सिंह चड्ढा’बाट नाटकीय सम्भावनाको अपेक्षा राखेका थिए । अपेक्षाविपरित अद्वेत चन्दन निर्देशित फिल्मले भारतीय बक्स अफिसमा ११.५० करोड भारुको ओपनिङ गरेको छ । लगानी उठाउन मुस्किल हुने किसिमले राष्ट्रिय मल्टिप्लेक्सले यसलाई न्यून शो दिएका थिए । ‘लाल सिंह चड्ढा’को ओपनिङ

एम्बर हर्डलाई एडल्ट फिल्मबाट अफर

  हलिउड अभिनेत्री एम्बर हर्ड पति जोनी डिपसँग अदालती मामलामा पराजित भएपछि चर्चामा आइरहेकी छन् । पति जोनीलाई १४ मिलियन डलर मुआब्जाका रुपमा बुझाउन अदालतले आदेश दिएपछि अहिले एम्बर आर्थिक संकटमा छिन् । यिनै अभिनेत्रीलाई अहिले एडल्ट फिल्मबाट अभिनयको अफर आएको छ । एक महिला प्रधान इन्टरटेनमेन्टको कम्पनी जेन मोडल्सले

पूर्व प्रेमी विवियन रिचर्ड्सलाई घृणा गर्छिन् निना गुप्ता ? भन्छिन्, ‘म पागल छु र ?’

निना गुप्ता बलिउडकी दमदार अभिनेत्रीको रुपमा परिचित छिन् । उनी आफ्नो नीजि जीवनका कारण असाध्यै चर्चामा रहेकी छिन् । निना आफ्नो नीजि जीवनबारे निकै खुलेर कुरा गर्छिन् । निना गुप्ता कुनै समय क्रिकेटर विवियन रिचर्डस्को प्रेममा रहेको कुरा धेरैलाई थाहा छ । यी दुईका एक छोरी पनि छन् । यस्तै

हलिउड अभिनेत्रीहरु धमाधम युक्रेन पुग्दै, रुसी आक्रमणविरुद्ध सन्देश

हलिउड अभिनेत्री जेसिका चेस्टन द्वन्द्वग्रस्त युक्रेन पुगेर राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गरेकी छिन् । आइतबार उनीहरुबीच राजधानी किभको राष्ट्रपति भवनमा भेटवार्ता भएको हो । राष्ट्रपति जेलेन्स्कीले आफू र अभिनेत्री चेस्टनबीच कार्यालयमा भेट भएको तस्वीर टेलिग्राममार्फत सार्वजनिक गरेका छन् । ‘अमेरिकी अभिनेत्री जेसिका चेस्टेन युक्रेनमा छिन् । हाम्रो लागि यस्ता लोकप्रिय