
बलिउडमा ‘कार्तिकेय २’को दबदबा, रामगोपाल बर्माले गरे आरआरआर र केजीएफसँग तुलना
यतिबेला बलिउडको पटकथा कसले लेखिरहेको छ कसैलाई थाहा छैन । यतिबेला मुम्बैया फिल्ममा हरेक चीज उल्टो भइरहेको छ । स्टारका फिल्म असफल भइरहेका छन् । नसोचेका फिल्मले राम्रो कमाइ गरिरहेका छन् । अगस्ट १३ मा रिलिज भएको तेलुगू फिल्म ‘कार्तिकेय २’ले पछिल्लो सप्ताहन्तमा अन्य फिल्मभन्दा राम्रो कमाइ गरेको छ ।