रणवीर कपुरको ‘शमशेरा’को फस्टलुक सार्वजनिक, फिल्म साउन ६ मा आउने

रणवीर कपुर स्टारर फिल्म ‘शमशेरा’ आगामी जुलाई २२ अर्थात् साउन ६ गते रिलिज हुने भएको छ । यशराज फिल्मको ब्यानरमा निर्माण भएको फिल्म नेपालमा पनि सोही मितिमा प्रदर्शन हुनेछ । सोमबार फिल्मको फस्टलुक पोस्टर समेत सार्वजनिक भएको छ । ‘सञ्जु’ रिलिजको चार वर्षपछि रणवीर स्टारर फिल्म आउन लागेको हो ।

तापसीको स्पोर्ट्स ड्रामा ‘शाबाश मिठू’को ट्रेलर रिलिज

बलिउड अभिनेत्री तापसी पन्नु स्टारर प्रतीक्षित स्पोर्ट्स ड्रामा फिल्म ‘शाबाश मिठू’को ट्रेलर रिलिज भएको छ । फिल्ममा तापसी पूर्व महिला क्रिकेटर मिताली राजको भूमिकामा छिन्, जसमा मितालीको संघर्षदेखि सफलतासम्मको कथा समेटिएको छ । २ मिनेट ४४ सेकेन्ड लामो ट्रेलरमा भारतीय महिला क्रिकेट टिमको नेतृत्व गरिसकेकी मितालीको बालपनदेखि क्रिकेट मैदानसम्मको कथा

‘दोस्ताना २’ मा अक्षयकुमार कि कार्तिक आर्यन ?

धर्मा प्रोडक्सनको फिल्म ‘दोस्ताना २’ को काम सुरु भएको छ । फिल्मको मुख्य भूमिकामा कहिले अभिनेता कार्तिक आर्यन र कहिले अक्षयकुमारको चर्चा हुने गर्दछ । फिल्मको बिषयमा पछिल्लो समय बाहिर आएको समाचार पत्याउने हो भने फिल्ममा अक्षयकुमार देखिनेछन् । अक्षयको पछिल्लो फिल्म ‘सम्राट पृथ्वीराज’ बक्स अफिसमा फ्लप साबित भएको छ

बिस्नोइ ग्रुपले करण जोहरलाई पनि धम्की दिने योजना बनाएको खुलासा

बलिउड फिल्म निर्माता करण जोहर हिजोआज केही अनपेक्षित कुराले समस्यामा छन् । आफ्नो जन्मदिनमा हालै आयोजित भव्य जमघटबाट कोरोना फैलाएको भनेर उनी आलोचित छन् । यसैबीच, करणलाई ग्याङस्टर लरेन्स बिस्नोइ ग्रुपले धम्की दिने योजना बनाएको खुलासा भएको छ । बलिउड हंगामाका अनुसार उक्त ग्याङले करणलाई धम्कीको सूचीमा राखेको हो ।

अमिषा पटेललगायत तीन बलिउड सुन्दरीको प्रस्तुतिले तात्यो झापा

तीन बलिउड कलाकारले नेपालमा आफ्ना ‘हट’ प्रस्तुति दिएका छन् । बलिउड अभिनेत्री अमिषा पटेल, ‘बाहुबली’ फेम्ड स्कारलेट विल्सन र गायिका मेघना नैडूले झापाको माहोल तताएका हुन् । यसैसाता झापाको मेचीनगरस्थित जोशी मलमा रहेको क्यासिनो भेगासमा यी तीन जनाले प्रस्तुति दिएका हुन् । १० देखि १४ जुनसम्म चलेको उक्त जमघटमा १२

सालारमा दुई प्रभास

अभिनेता प्रभास हालका दिनमा फिल्म ‘केजीएफ २’ का निर्देशक प्रशान्त निलका साथ नयाँ फिल्म ‘सालार’को सुटिङमा व्यस्त छन् । फ्यानहरू यो फिल्मको व्यग्र प्रतिक्षामा छन् । हालैमात्र फिल्मको सेटबाट अभिनेताको तस्बिर भाइरल भएको थियो, जुन तस्वीर हेरेपछि दर्शकमा थप उत्सुकता बढेको छ । हालैमात्र फिल्ममा प्रभास दोहोरो भूमिकामा देखिने कुराको

विवाहपछि फिल्मबाट हराएका बलिउड अभिनेत्री, कोहीले २२–२३ वर्षमै छोडे

आजको समयमा, विवाह पछि अभिनेत्रीहरूले आफ्नो व्यक्तिगत जीवन सँगै व्यावसायिक जीवनलाई पनि व्यवस्थित गर्छन् । तर केही अभिनेत्रीहरु यस्ता छन् जो आफ्नो व्यक्तिगत जीवनका लागि आफ्नो व्यावसायिक जीवनबाट टाढा हुन्छन् । आज त्यस्ता अभिनेत्रीबारे कुरा गरौँ । बानो सायरा बानो आफ्नो समयकी उत्कृष्ट अभिनेत्री थिइन् । उनले आफ्नो फिल्मी करियरमा

आमिरको ‘लाल सिंह चड्डा’ र अक्षय स्टारर ‘रक्षाबन्धन’को भिडन्त निश्चित

बलिउड अभिनेता अक्षयकुमारले आफ्नो आगामी फिल्म ‘रक्षाबन्धन’को रिलिज मिति घोषणा गरेका छन् । यो फिल्म अब आमिर खान स्टारर ‘लाल सिंह चड्डा’सँग भिड्ने भएको छ । आगामी ११ अगस्ट २०२२ (साउन २६) गते यी दुवै फिल्म एकसाथ प्रदर्शनमा आउने भएका छन् । आनन्द एल राय निर्देशित फिल्म रक्षाबन्धनमा अक्षय र

रणवीर–आलियाको ‘ब्रह्मास्त्र’को ट्रेलर रिलिज

सन् २०२२ को प्रतीक्षित बलिउड फिल्म ब्रह्मास्त्रको औपचारिक ट्रेलर रिलिज भएको छ । आयन मुखर्जी निर्देशित फिल्ममा रणवीर कपुर र आलिया भट्टको मुख्य भूमिका छ । फिल्म आगामी सेप्टेम्बर ९ अर्थात् भदौ २४ गतेदेखि प्रदर्शन हुँदैछ । पहिलो भाग बताइएको फिल्म ब्रह्मास्त्रको ट्रेलरमा सत्य असत्य, आशा र निराशाबीचको लडाइँ देखाइएको

बीटीएस ब्यान्डको घोषणाले विश्व संगीतमा तरंग, छिन्नभिन्न वा ब्रेक ?

विश्वचर्चित दक्षिण कोरियाली ब्वाइ–ब्यान्ड बीटीएसले मंगलबार राति गरेको सरप्राइज घोषणापछि तरंग सिर्जना भएको छ । नयाँ एल्बम ‘प्रुफ’ रिलिज गरेको भोलिपल्टै बीटीएस सांगीतिक समूहका सदस्यले अब पहिचानको लागि अलग–अलग प्रोजेक्ट गर्ने खुलासा गरे । बीटीएसको यस्तो अनपेक्षित घोषणापछि विश्व पप संगीत जगतमा आइकन मानिएको दक्षिण कोरियाली ब्यान्ड छिन्नभिन्न हुने भन्दै