
मेरो स्वर जसको अनुहारमा राखे पनि सुहाउँछ : हरिवंश आचार्य
वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यको अभिनयको फ्यान नहुने शायदै होलान् । हरिवंशले तयार पारेका सिरियलदेखि चलचित्रसम्मलाई दर्शकले निकै मन पराएका छन् । तर, हरिवंशको परिचय कलाकारमा मात्र सीमित छैन । हरिवंशको स्वरमा दर्शकले विभिन्न समयमा गीत पनि सुन्न पाएका छन् । उनको स्वरलाई रुचाउने श्रोताको संख्या पनि धेरै छ ।