
‘दि सेक्रेट्स अफ राधा’को छायांकन सुरु, श्रृष्टी र मेनुका जोडिए
सुवर्ण थापाको निर्देशनमा चलचित्र ‘दि सेक्रेट्स अफ राधा’को छायांकन सुरु गरिएको छ । यो चलचित्रको छायांकन बिहिबारबाट पालुङमा सुरु गरिएको छ । करिब दुई साता पालुङमा नै चलचित्रको छायांकन हुने निर्देशक थापाले बताए । यसपछि चलचित्रको छायांकन काठमाण्डौमा गरिनेछ । निर्देशक थापा र नायक सौगात मल्लको निर्माणमा यो चलचित्र बनिरहेको