
सुशान्तसँग काम गरेका सन्दीपले गरे आत्महत्या, फेसबुकमा राखे सुसाइड नोट
बलिउड। अभिनेता सन्दीप नाहारको मुम्बईमा निधन भएको छ । समाचार एजेन्सी एएएनआईका अनुसार उनले मुम्बईस्थित गोरेगाउँमा आफ्नो घरमा कथितरुपमा झुन्डिएर आत्महत्या गरेका हुन् । प्रहरीले यस विषयमा छानबिन गरिरहेको छ । क्रिकेटर महेन्द्रसिंह धोनीको जीवनीमा आधारित चलचित्र ‘एमएस धोनी द अन्टोल्ड स्टोरी’ मा सन्दीपले सुशान्तसिंह राजपूतको साथीको भूमिका निभाएका थिए