पारस र ज्ञानेन्द्रको जर्सी सगरमाथामा पुयाइयो

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लको जर्सी विश्वको सर्वोच्च शिखर सगरमाथामा पुयाइएको छ । आरोही फुरा छिरिङ शेर्पा र निग्मा टासी शेर्पाले सगरमाथामा दुई पूर्व कप्तानको जर्सी फहराएका हुन् । नेपाली क्रिकेटमा लामो समय खेलेका सफल कप्तान पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिसकेका छन् । यता

इटाली र अर्जेन्टिना भिड्दै

युरोकप विजेता इटाली र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीच आज बुधबार राति प्रतिस्पर्धा हुँदैछ । दुई महादेशको विजेता इटाली र अर्जेन्टिनाबीचको खेल वेम्बली स्टेडियममा नेपाली समय अनुसार राति १२ः३० बजे सुरु हुनेछ । ‘फाइनलसिमा’ प्रतियोगिताअन्तर्गत तेस्रो संस्करणको फाइनलमा दुई टोलीले प्रतिस्पर्धा गर्न लागेका हुन् । विश्वकपअघि भिड्न लागेको अर्जेन्टिना तेस्रो संस्करणको

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगमा आईसीएफसी बन्यो विजेता

२८ औँ वार्षिकोत्सवको अवसर पारेर महालक्ष्मी विकास बैंक लिमिटेडले आयोजना गरेको महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको उपाधि आईसीएफसी फाइनान्स लिमिटेडले जित्न सफल भएको छ । यहि जेठ १३ देखि १५ गतेसम्म इमाडोलस्थित बलपार्क इन्डोर क्रिकेटमा सम्पन्न उक्त प्रतियोगितामा प्राइम बैंकले द्वितीय र कामना सेवा विकास बैंकले तृतीय स्थान हासिल गर्न सफल

जोकोभिचलाई हराउँदै नाडाल सेमिफाइनलमा

साविकका विजेता नोभाक जोकोभिचलाई ६–२ ,४–६,६–२,७–६(७–४) को सेटमा पराजित गर्दै राफेल नाडाल १५ औँ पटक फ्रेन्च ओपनको सेमिफाइनल प्रवेश गरेका छन् । फ्रेन्च ओपनको पछिल्लो नौ भेटमा नाडालले दुई पटक मात्र जोकोभिचलाई नतिजा सुम्पिएका छन् । कीर्तिमानी २१औँ पटकका ग्रान्ड स्लाम विजेता नाडालले सेमिफाइनलमा शुक्रबार तेस्रो वरियताका एलेक्जेन्डर जेभिरेभको सामना

पेरेसिच टोटनहममा अनुबन्ध

इङ्लिस क्लब टोटनहमले इभान पेरिसिचलाई इन्टर मिलानबाट ‘फ्रि ट्रान्सफर’ मा अनुबन्ध गरेको छ । ३३ वर्षीय क्रोयसियन विंगर पेरिसिचसँग टोटनहमले दुई वर्षको सम्झौता गरेको हो । यो सँगै पेरिसिचले पुनः एकपटक एन्टोनियो कोन्टेको प्रशिक्षणमा रहेर खेल्ने भएका छन् । यसअघि सन् २०२०–२१ को सिजन कोन्टेले इन्टरको प्रशिक्षण सम्हाल्दा यी दुईबीच

श्रीलंकासँग दोहामा अभ्यास खेल खेल्ने नेपालको तयारी

एएफसी एसियन कप २०२३ छनोटअघि कतारको दोहामा प्रशिक्षणरत नेपाली राष्ट्रिय फुटबल टोलीले तेस्रो अभ्यास खेल खेल्ने भएको छ । कतारमा प्रशिक्षणरत नेपाली टोलीले टिमोर लिस्टेसँग एक अभ्यास खेल खेलिसकेको छ । २–० ले पछि परेको नेपाल दोस्रो हाफमा खेलमा फर्कँदै २–२ को बराबरी गर्न सफल भएको थियो । यस्तै, ओमानविरुद्ध

बंगलादेशिविरुद्ध श्रीलंकाको १–० ले जिते

घरेलु टोली बंगलादेशलाई पाँचौ दिन १० विकेटले हराउँदै भ्रमणकारी टोली श्रीलंकाले दुई टेष्टको श्रृखंला १–० ले जितेको छ । शुक्रबार ढाकास्थित शेर बंगला राष्ट्रिय रंगशालामा १० विकेटको जितसँगै श्रीलंकाले श्रृखंला आफ्नो कब्जामा पारेका हो । पहिलो टेष्ट भने बराबरीमा सकिएको थियो । दोस्रो टेस्टको पाँचौं तथा अन्तिम दिन बंगलादेशको दोस्रो

फाइनल पुग्न बैंगलोर र राजस्थान भिड्दै

इन्डियन प्रिमियर लिग (आइपीएल) टी–ट्वान्टी क्रिकेटको दोस्रो क्वालिफायरमा आज (शुक्रबार) राजस्थान रोयल्स र रोयल्स च्यालेन्जर्स बैंगलोरले प्रतिस्पर्धा गर्दैछन् । गुजरातमा हुने राजस्थान र बैंगलोर बीचको खेल नेपाली समयअनुसार साँझ ७ः ४५ मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै फाइनल पुग्ने दुई टोलीको योजना छ । बैंगलोरले हालसम्म आईपीएलको उपाधि

म्यारोडोनाको सम्झनामा विमान सार्वजनिक

अर्जेन्टिनाका सर्वकालिन महान खेलाडी डिएगो म्याराडोनाको स्मृतिमा एक विमान अनावरण गरिएको छ । यसै वर्ष कतारमा हुने विश्वकपअघि अर्जेन्टिनाको एक कम्पनीले म्याराडोनाको सम्झनामा हवाइजहाज सार्वजनिक गरेको हो । ट्यांगो डी१०एस १२ सिटे जहाजलाई अर्जेन्टाइन फिनटेक कम्पनीले पूर्व विश्वकप विजेता म्याराडोनाको स्मृतिमा विमान संग्रहालय बनाएको हो । सन् १९८६ मा अर्जेन्टिनालाई

पीएसजीले जापान भ्रमण गर्ने

फ्रेन्च लिग च्याम्पियन पेरिस सेन्ड जर्मेन (पीएसजी)ले एसियाली मुलुक जापान भ्रमण गर्ने भएको छ । बिहीबार क्लबले समरमा जापान भ्रमण गर्ने बताएको हो । पीएसजीले आफ्नो पहिलो टिम नै जापान भ्रमण गर्ने बताएको छ । उसले २०२२–२३ सिजन अघि आफ्ना फ्यानसँग भेट गर्न भ्रमण हुने जानकारी गराएको छ । पीएसजीले