सुपबको वार्षिकोत्सव तथा अभिभावक दिवस

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे–४ किर्तिपूरमा स्थापित सुपब् बोर्डिङ स्कुलले २ दिनसम्म आफ्नो २१ औं वार्षिक उत्सव तथा अभिभावक दिवस धुमधामका साथ मनाएको छ । कार्यक्रमको पहिलो दिन अभिभाकहरूमा प्रशिक्षण कार्यक्रम, म्युजिकल चियर, क्याच द बोतल लगायतको खेलहरूको आयोजना गरेको थियो । प्रशिक्षण कार्यक्रममा आफ्नो नानी बाबुहरूलाई कसरी

प्याराडाईजको २० औं वार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रम

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे वडा नं. ९ मा अवस्थित प्याराडाईज इङ्लिस बोर्डिङ स्कुलले आफ्नो २० औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । आज विद्यालयको हातामा भएको सो कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र लिम्बुको अध्यक्षतामा सम्पन्न भएको थियो । यस्तै प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिकाका

रेडस्टारको अभिभावक दिवस तथा वार्षिकोत्सव भव्य रुपमा सम्पन्न

क्रेजी संवाददाता पथरी शनिश्चरे । मोरङको पथरीशनिश्चरे–२ शान्ति चौकमा स्थापित रेडस्टार आवासीय माध्यामिक विद्यालयले आफ्नो २८ औं अभिभावक दिवस तथा वार्षिकोत्सव २०८० भव्य रुपमा सम्पन्न गरेको छ । सो अवसरमा विद्यालयले कक्षा पिजीदेखि कक्षा ४ सम्मको आइतबार र कक्षा–५ देखि माथि कक्षा १२ र बीबीएस सम्मका विभिन्न तह र विधाहरूमा

एभरेष्टले मनायो सभ्य र भव्य वार्षिकोत्सब

क्रेजी संवाददाता मोरङ । पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतित्थ्यतामा एभरेष्ट अंग्रेजी आवासीय माध्यमिक विद्यालयले वार्षिकोत्सव मनाएको छ । पथरी शनिश्चरे वडा नं. १ मा स्थापित एभरेष्टले आफ्नो ३८ औं अभिभावक दिवस तथा वार्षिकोत्सव आज सभ्य र भव्य रुपले मनाएको हो । सुरुवातमा साना विद्यार्थीहरूले रेड

५ औं राष्ट्रपति रनिङ सिल्ड : भलिवलको उपाधि एभरेष्टलाई

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा भएको ५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता शनिवार सम्पन्न भएको छ । विभिन्न खेलकुदका कार्यक्रम मध्ये भलिवल तर्फको उपाधि एभरेष्ट मावि पथरीले आफ्नो पोलटामा पारेको छ । पुरुष र महिला दुवै भलिवल खेलमा एभरेष्टले उपाधि चुम्न सफल भएको हो । पुरुषतर्फको खेलमा एभरेष्टले

पथरीशनिश्चरेमा विज्ञान शिक्षक समाज नेपालको अधिवेशन सम्पन्न

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकामा विज्ञान शिक्षक समाज नेपालको प्रथम अधिवेशन सम्पन्न भएको छ । आइतबार भागीरथ माध्यमिक विद्यालयको सभा हलमा आयोजित अधिवेशनले शैलेन्द्र बस्नेतलाई अध्यक्षको जिम्मेवारी दिदैँ १५ सदस्य कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा खेमनाथ दाहाल, सचिव विवेक सुवेदी, सह–सचिव संगिता राई, कोषाध्यक्ष नैनकला चौधरी,

बालसेवालाई बस खरिदको लागि सेर्माद्वारा आर्थिक सहयोग प्रदान

क्रेजी संवाददाता शिवसताक्षी । हङकङमा लामो समयदेखि कार्यरत बुद्धराज सेर्मा (चपेता)ले स्थानीय बालसेवा आधारभूत विद्यालयलाई स्कुल बस खरिदको लागि ५१ हजार १ सय ५१ रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको छ । मङगलबार झापा शिवसताक्षी वडा नं. ७ मा स्थापित विद्यालयमा एक कार्यक्रमको बीच सेर्माको श्रीमती आशाहाङमा लावती सेर्माले विद्यालय व्यवस्थापन

पञ्चायतका विद्यार्थीहरुले न्यायिक समितिसँग गर्यो अन्तरक्रिया

क्रेजी संवाददाता पथरीशनिश्चरे । पञ्चायत मावि पथरीका कानुन विषय समूहमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूले मोरङका लेटाङ र कानेपोखरी पालिकाका न्यायिक समितिमाझ समसामयिक न्यायसम्पादनका विषयमा अन्तरक्रिया गरेका छन् । आज उक्त माविका कक्षा १२ को कानुन विषयमा अध्ययनरत विद्यार्थीहरूले कानेपोखरी गाउँपालिका उपाध्यक्ष एवम् न्यायिक समिति संयोजक भोलाप्रसाद अधिकारी

पथरी बहुमुखी क्याम्पसले गर्यो विद्यार्थीलाई स्वागत

क्रेजी संवाददाता पथरी। पथरी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले विद्यार्थीहरुलाई स्वागत गरेको छ । सोमबार क्याम्पसको सभाहलमा आयोजित स्वागत तथा सांस्कृतीका कार्यक्रममा प्रथम वर्षमा भर्ना भएका नयाँ विद्यार्थीहरु स्वागत गरेको हो । सो कार्यक्रममा विद्यार्थीहरुले आफ्नो दमदार प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथी पथरीशनिश्चरे १ का वडाध्यक्ष

पथरी बहुमुखी क्याम्पसमा ७५ लाखको प्रशासनिक भवनको निर्माण

ईस्वर दुलाल पथरी । नेपालकै उत्कृष्ट नतिजा ल्याउन सफल पथरी बहुमुखी क्याम्पसमा प्रशासनिक भवन निर्माण भई रहेको छ । पथरीशनिश्चरे १ मा स्थापित क्याम्पसले युजीसी अनुदान द्वारा ७५ लाखको प्रशासनिक भवन निर्माण गरेको हो । भवनको गत कार्तिक २० गते सिल्यान्यास गरिएको थियो । भवन ६ कोठाको निर्माण हुने छ
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.