सुपवले धुमधामका साथ मनायो अभिभावक दिवस
क्रेजी संवाददाता पथरी। मोरङको पथरी शनिश्चरे–४ मा रहेको सुपव इङ्लिस बोर्डिङ स्कुलले अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ । बिहीबार स्कुल प्रांगणमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पथरी शनिश्चरे–४ का वडाध्यक्ष लोककिरण न्यौपाने थिए। सो अवसरमा विभिन्न सांस्कृतिक प्रस्तुति तथा पुरस्कार वितरण गरिँदै दिवस मनाइएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै


