एस.इ.इ. मा पथरीशनिश्चरेकै उत्कृष्ट बने प्याराडाइजका निश्चल
– सन्तोष राई २०७९ सालको एस.ई.ई. परीक्षामा पथरीशनिश्चरे वडा नं. ९ मा स्थापित प्याराडाइज अंग्रेजी बोर्डिङ स्कुलमा अध्ययनरत छात्र निश्चल काफ्लेले जीपीए ३.९५ ल्याई उत्कृष्टता हासिल गरेका छन् । सँगै नगर भित्रको विद्यालयहरुमा आफ्नो विद्यालयलाई उत्कृष्ट विद्यालयमा दर्ज गर्न पनि निश्चल सफल भएका छन् । प्याराडाइज वि.सं. २०५९ मा अनुमति


