पथरीशनिश्चरे वडा नं. ८ द्वारा विद्यार्थीहरूलाई छात्रवृत्ति

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे वडा नं. ८ ले आर्थिक वर्ष २०७९÷०८० को वार्षिक कार्यक्रम अन्तर्गत वडाका ३६ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । जसमध्ये पथरी बहुमुखी क्याम्पसमा अध्ययनरत २२ जनालाई ५ हजारका दरले र बुद्ध मावि कक्षा ११, १२ मा अध्ययनरत १४ जनालाई २८ सयका दरले छात्रवृत्ति प्रदान

केराबारीमा मच्छिन्द्र मेला, कृषि र पर्यटन व्यापार महोत्सव हुने

क्रेजी संवाददाता केराबारी । ‘ऐतिहासिक, धार्मिक , साँस्कृतिक मच्छिद्र मेलाको पहिचान, कृषि र आन्तरिक पर्यटन प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ मच्छिन्द्र मेला, कृषि र पर्यटन व्यापार महोत्सव हुनेभएको छ । केराबारीमा प्रवेशद्वार (डिजिटल गेट) निर्माणार्थ मोरङको केराबारीमा यही पुस १३ गतेदेखि १९ सम्म महोत्सव लाग्ने भएको हो ।

प्याव्सनले आयोजना गरेको खेलकुद कार्यक्रमको समापन

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे नगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन)ले आयोजना गरेको खेलकुद कार्यक्रम आइतबार समापन भएको छ । पथरीशनिश्चरेमा रहेका निजी विद्यालयहरुको संगठन प्याब्सनको आयोजनामा अन्डर १५ फुटबल (पुरुष) र भलिबलमा पुरुष र महिलाहरुको तीन दिनसम्म प्रतियोगिता भएको थियो । प्रतियोगिताको फुटबलतर्फको फाइनल आइतबार भएको

पथरीशनिश्चरेमा प्याब्सन नगर स्तरीय फुटबल टुर्नामेन्ट २०७९

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे नगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) अन्तरगर्तको अन्डर १५ फुटबल प्रतियोगिता सुरु भएको छ । पथरीशनिश्चरे–२ मा अवस्थित देविगञ्ज फुटबल मैदानमा सुरु भएको आजको खेलमा न्यू पेगोडा, बालजागरण, रेडस्टार, सुपब, मोरङ मेरिगोल्ड र बाल्मीकि बोर्डिङ स्कुल प्रतियोगिताको क्वाडर फाइनलमा प्रवेश गरेका छन्

सुचिकृत मेलमिलापकर्ताहरूको तीन दिने आधारभूत तालिम

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे नगरपालिका न्यायिक समितिबाट सुचिकृत मेलमिलापकर्ताहरूको तीन दिने आधारभूत तालिमको बुधबार समापन भएको छ । पथरीशनिश्चरे नगरपालिका न्यायिक समितिको आयोजना भएको तीन दिने तालिममा वडाका मेलमिलापकर्ताहरुको उल्लेख्यनीय उपस्थिति रहेको थियो । मोरङको लेटाङमा स्थापित कृषि विकास बैंक तालिम केन्द्रमा सोमबारदेखि भएको तालिममको समापन कार्यक्रमको अध्यक्षता नगरपालिका

क्यान मोरङको अध्यक्षमा कुण्डलीया चयन

क्रेजी संवाददाता विराटनगर । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) मोरङको अध्यक्षमा प्रवीण कुण्डलीया चयन हुनुभएको छ । विराटनगरमा भएको क्यान महासघ मोरङको पाचौँ साधारणसभा तथा तेस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा कुण्डलीया चयन हुनुभएको हो । यस्तैगरी उपाध्यक्षमा सौरभ गोल्छा, सचिवमा अजिप चापागाईं, सह–सचिवमा प्रकाश उप्रेती र कोषाध्यक्षमा सुजित झा चयन हुनुभएको छ

‘धार्मिक सहिष्णुता’ वक्तृत्वकला प्रतियोगितामा सरस्वती प्रथम

क्रेजी संवाददाता पथरीशनिश्चरे । सामुदायिक विकास मञ्च (सीडीएफ) नेपाल मोरङको आयोजनामा शुक्रबार भएको वक्तृत्वकला प्रतियोगितामा सरस्वती कटुवालले प्रथम स्थान हासिल गरेकी छिन् । पथरीशनिश्चरे–१० मा अवस्थित वाई.एफ.सी. डान्स सेन्टरमा भएको बक्तित्व कला प्रतियोगितामा रतुवामाई नगरपालिकाको महेन्द्र माविमा अध्ययरत छात्रा कटुवाल प्रथम भएकी हुन् । यस्तै पथरीशनिश्चरे–४ को भागिरथ माविमा अध्ययरत

नगरमा लघु उद्यम विकास सम्वन्धी अभिमुखिकरण कार्यक्रम

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे नगरपालिकामा एक दिने लघु उद्यम विकास सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम भन्ने मूल मर्म सहित आज पथरीशनिश्चरे नगरपालिका लघु उद्यम विकास शाखाको आयोजनामा कार्यक्रम भएको हो । नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा भएको सो कार्यक्रममा उप–प्रमुख

पथरीशनिश्चरेमा डेंगुको औषधि छिट्न सुरु

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. १ मा डेंगुको औषधि छिट्ने कार्य आजबाट सुरुवात गरिएको छ । पथरीशनिश्चरे नगरसँगको समन्वयमा वडा नं. १ को आयोजनामा वडाको टोल नम्बर १ बाट प्रत्येक घर, बस्ती, झाडी, नालामा डेंगूको औषधि प्राविधिकहरुद्वारा छिटिने वडाका अध्यक्ष भीमकुमार राईले जानकारी दिनुभयो । नगरमा डेंगुका

पथरीमा गठबन्धनको पक्षमा मत माग्ने कर्मचारी निष्कासित

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे–३ को जनता माविको ‘क’ मतदान केन्द्रमा रहेकी एक कर्मचारीले गठबन्धनका उम्मेदवारका पक्षमा मत मागेपछि विवाद उत्पन्न भएको छ । आज विहान विवादपछि मत माग्ने कर्मचारी विनिता दाहाललाई मतदान केन्द्रबाट निष्कासित गरिएको छ । मतदान गर्न ‘क’ केन्द्र पुगेकी कमला दाहाललाई ति कर्मचारीले गठबन्धनका उम्मेदवारलाई
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.