लर्ड बुद्ध साकोसद्वारा वक्तृत्वकला प्रतियोगिता

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे –२ बुद्ध चौकमा स्थापित लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्था लि.ले तेस्रो अन्तर विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । विहिबार गरिवी न्यूनीकरणमा सहकारीको भूमिका विषयमा भएको वक्तृत्वकला प्रतियोगितामा नगरभरिका १० वटा विद्यालयका छात्र छात्राले सहभागिता जनाएका थिए । हरियाली सामूदायिक

पथरी शनिश्चरे– ७ विकास निर्माणको कार्यमा अग्रगतिमा

ईश्वर दुलाल तीन वटा वडा मिलेर बनेको वडा हो मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ७ । यस वडाले शनिश्चरे गाविस खण्डको ६, पथरी खण्डको ३ र ४ वडा मिलेर वडा ७ नं. वडा बनेको हो । पथरी शनिश्चरे नगरपालिका भित्रको वडाहरुमा जस्तै यस वडामा तिव्र गतिमा विकास निर्माणका कार्यहरु भइरहेका

पथरी जेसीजको ९ औं पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम

क्रेजी साप्ताहिक पथरी । पथरी जेसीजको ९ औं पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सोमबार सम्पन्न भएको छ । समारोहमा वर्ष २०२० का अध्यक्ष सन्तोष ढुंगेलले वर्ष २०२१ लागि नव निर्वाचित अध्यक्ष प्रदिप फुयललाई चेन सहित जिम्मेवारी हस्तान्तरण गर्नुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पथरीशनिश्चरे नगर प्रमुख दिलिप कुमार राई

पसल र उद्योग वन्द गर्न वाणिज्य संघ पथरीको आग्रह

पथरी कोरोना भाईरस संक्रमणको जोखिम कम गर्न पथरी उद्योग बाणिज्य संघले अत्यावश्यक बाहेकका सम्पूर्ण पसल व्यवसाय बन्द गर्न आह्वान गरेको छ । पथरी उद्योग वाणिज्य सङ्घ पथरीले सोमवार एक सूचना प्रकाशित गर्दै व्यापार व्यवसाय बन्द गर्न उद्योगी व्यापारीमा आग्रह गरेको छ । कोरोनाको जोखिम कम गर्न व्यापार व्यवसाय बन्द गरेर

कोरोनाको जोखिम रोकथामका लागि तरुण दलले राख्यो चौकचौकमा बाल्टिन र हेन्डवास

प्रेमप्रसाद भट्टराई (के.डि) पथरी । विश्वभरनै त्रास फैलाइरहेको कोरोना भाइरसको जोखिम रोकथामका लागि नेपाल तरुण दल पथरीशनिश्चरे नगरसमितिले सचेतना अभियानको रुपमा बाल्टीन हेण्डवास तथा साबुन साबुनपानि राखेको छ ।  आज (सोमबार) नेपाल तरुणदल पथरीशनिश्चरेका भुपेन रानापहेलीको संयोजकत्वमा सो अभियान राखिएको हो । पथरीशनिश्चरे बजार र सो आसपासका मुख्य चोकहरु, ट्राफिक

घर भाडामा विद्यार्थीलाइ ५० प्रतिशत छुटको व्यवस्था मिलाउन नेविसंघको माग

क्रेजी साप्ताहिक काठमाडौं । उपत्यकामा भाडामा बस्ने विद्याथी{लाई कोरोना भाइरसले निम्त्याएको संकटको अवधिभर ५० प्रतिशत छुटको व्यवस्था मिलाउन नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्याथी{ संघ (नेविसंघ)ले सरकारको ध्यानाकष{ण गराएको छ । नेविसंघका अध्यक्ष राजीव ढुंगानाले आइतबार एक विज्ञप्ति जारी गदै{ यस विषयमा सरकार र सरोकारवालाहरुको ध्यानाकष{ण गराएका हुन् । यस्तै

कोरोनाबाट जोगिन सार्वजनिक स्थलमा सावुन पानी राख्न युवा संघको अनुरोध

क्रेजी साप्ताहिक पथरी । विश्वभर फैलिएको प्राण घातक कारोना भाइरसबाट जोगिन राष्ट्रिय युवा संघ, नेपालको पथरीशनिश्चरे नगर समितिले अनुरोध गरेका छन् ।  समितिले आज (बिहिबार) पथरीको प्रहरी कार्यालयहरु, नगरपालिका, खोरखा डिपार्टमेन्ट स्टोर, बस स्टेनहरु लगायतका सार्वजनिक स्थालहरुमा पुगेर हात धुन साबुन पानी राख्न अनुरोध गरेका हुन् । संघको नगर संयोजक

चलचित्र पत्रकार संघमा दिनेश सिटौला

क्रेजी साप्ताहिक काठमाडौं । चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा दिनेश सिटौला निर्वाचित भएका छन् । सोमबार सम्पन्न संघको ८ औं महाधिबेशनले तीन वर्षे नयाँ कार्यकालका लागि सिटौलाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । सिटौला नेतृत्व चयनका लागि भएको निर्वाचनमा ७० मत ल्याएर अध्यक्ष पदमा निर्वाचित बनेका हुन् । उनीसँगै

पथरी क्याम्पसमा राई विद्यार्थीको थिलेन

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरे नगरमा रहेको पथरी बहुमुखी क्याम्पसमा भएको किरात राई विद्यार्थी संघको दोस्रो इकाई सम्मेलनले थिलेन राईको अध्यक्षतामा २१ सदस्यीय समिति गठन भएको छ । बुधबार (२८ फागुन) भएको सम्मेलनले उपाध्यक्षमा अनिता राई, सचिवमा रिना राई, सहसचिवमा लक्ष्मण राई र कोषाध्यक्षमा बिना राई चयन भएका छन्

कालोबजारी रोक्न तरुण दलको माग

क्रेजी साप्ताहिक काठमाडौँ । कारोना भाइरसको सम्भावित संक्रमणलाई लिएर बजारमा दैनिक उपभोग्य बस्तु, खाद्यान्न, ग्यास, माक्स, औषधिलगायत अत्यावश्यक साम्रगीको अभाव र कालोबजारी देखिन थालेको जनाउँदै नियन्त्रणका लागि नेपाल तरुण दलले सरकारको ध्यानाकर्षण गराएको छ । अध्यक्ष जितजंग बस्नेतले एक विज्ञप्तिमार्फत कालोबजारी र कृत्रिम अभावको निगरानी गर्न तरुण दल केन्द्रिय समिति
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.