किराँत याक्थुङ चुम्लुङ मोरङद्धारा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति

सनम रोक्का कानेपोखरी । किराँत याक्थुङ चुम्लुङ मोरङले दुई वटा सामुदायिक विद्यालयका तीन जना जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ। कानेपोखरी ७ मा रहेको जनकल्याण माध्यमिक विद्यालयमा बुधबार एक कार्यक्रमको आयोजना गरि सो छात्रवृत्ति प्रदान गरिएको हो । उर्लाबारी ९ मा रहेको सार्वजनिक माध्यमिक विद्यालयका कक्षा ४ मा अध्ययनरत छात्र

धिमाल जातिय विकास केन्द्र बयरबनको ११ औं बार्षिक साधारणसभा सम्पन्न

क्रेजी संवाददाता कानेपोखरी । मोरङको कानेपोखरी गाउँपलिकामा धिमाल जातिय विकास केन्द्र बयरबन गाउँ टोल समितीले समाजका विभिन्न व्यक्तीहरूलाई आज सम्मान गरेको छ । कानेपोखरी ६ स्थित भलुवा महाराज थान परिसरमा बयरबन गाउँ टोल समितीको ११ औ बार्षिक साधारण सभाको अवसरमा समाजका विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको हो । कार्यक्रममा भलुवा महाराज

राष्ट्रिय युवा संघ कानेपोखरी ६ को वडा कमिटी गठन

क्रेजी संवाददाता                                    कानेपोखरी । नेपाल कम्युनिष्ट पार्टी(एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल कानेपोखरी गाउँपालिका-६ को वडा कमिटी गठन भएको छ । नेकपा एमाले वडा कमिटीको आयोजनामा भएको भेलाले ऋषि पौडेलको अध्यक्षतामा ११३ सदस्यीय

‘नेपाल प्रेस क्लब उर्लाबारी’ गठन, अध्यक्षमा रुपेन्द्र सेर्मा

उर्लाबारी । पुर्वी मोरङका पत्रकारहरुको मंगलबार भएको एक भेलाले ‘नेपाल प्रेस क्लब उर्लाबारी’ गठन भएको छ । लामो समयदेखि पत्रकारिता गर्दै आएका अग्रज पत्रकार रुपेन्द्र सेर्माको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा मिलन के राउत, महासचिव तेजन खड्का, सचिव प्रवेश विष्ट र कोषाध्यक्ष किशोर श्रेष्ठ

पथरीमा कञ्चनजंघा सहकारीको चौथो शाखा उद्घाटन

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे–१ मा कञ्चनजंघा बहुउद्देश्यीय सहकारी संस्थाले आज आफ्नो चौथो शाखाको उद्घाटन गरेको छ । झापाको दमकमा मुख्य कार्यालय रहेको कञ्चनजंघा बहुउद्देशीय सहकारी संस्थाले पथरीमा आजबाट आफ्ना सेवाहरु सुचारु गरेको हो । प्रमुख अतिथि नगर उपप्रमख यमुना विष्ट वास्तोलाले नगरको विकासका लागि सहकारी संस्थाको भूमिका महत्वपूर्ण रहने

लर्ड बुद्ध साकोसद्वारा आजीवन भत्ता वितरण

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे–२ बुद्धचौकमा स्थापित लर्ड बुद्ध साकोसले आज आफ्ना १८ जना ज्येष्ठ सदस्यहरुलाई आजीवन भत्ता वितरण गरेको छ । ज्येष्ठ सदस्यहरुलाई जनही २ हजार २ सय ५० का दरले जम्मा रु.४० हजार ५ सय आजीवन भत्ता (पेन्सन) स्वरुप वितरण गरेको हो । पथरी शनिश्चरे नगरपालिका वडा

६४ औं राष्ट्रिय सहकारी दिवस पथरी शनिश्चरेमा मनाइने

क्रेजी संवाददाता पथरी । मर्यादित व्यसाय र प्रविधिमा सहकारी भन्ने मूल नाराका साथ ६४ औं राष्ट्रिय सहकारी दिवस मोरङको पथरीशनिश्चरेमा मनाइने भएको छ । हरेक वर्ष चैत्र २० गते देशभर मनाइँदै आएको सहकारी दिवस यो वर्ष पनि मनाइने भएको हो । मोरङ जिल्लाभरका सहकारीकर्मीहरूले ६३ औं सहकारी दिवस पनि पथरी

हरियालीमा वन उद्यम तथा पर्यापर्यटन नेटवर्किङ गोष्ठी

क्रेजी साप्ताहिक पथरी । मोरङ पथरी शनिश्चरे–२ मा अवस्थित हरियाली सामुदायिक वनमा वन उद्यम तथा पर्यापर्यटन प्रदेश स्तरीय नेटवर्किङ गोष्ठी भएको छ । वन तथा भूसंरक्षण विभागको सामुदायिक वन अध्ययन केन्द्र बबरमहल काठमाडौंले आयोजना गरेको ‘वन उद्यम तथा पर्यापर्यटन नेटवर्किङ गोष्ठी’मा पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट बास्तोलाले प्रकृतिको प्राकृतिकपनलाई

पथरीमा मेची सहकारीको ५ औं सेवा केन्द्र

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे–१ मा मेची सहकारी संस्था लिमिटेड झापाको ५ औं सेवा केन्द्रको उद््घाटन भएको छ । मंगलबार भएको उद्घाटन समारोहमा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश प्रसाद पोख्रेलले सेवा केन्द्रको औपचारिक रुपमा उद्घाटन गर्नुभएको हो । १ महिना अगाडिदेखि कारोबार सुरु गरेको सेवा केन्द्रको औपचारिक उद्घाटन

लर्ड बुद्धद्वारा स्थापना दिवसको अवसरमा सेवा केन्द्र स्थापना

क्रेजी साप्ताहिक पथरी । लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १८ औं स्थापना दिवसको अवसरमा किर्तिपुर सदस्य सेवा केन्द्रको स्थापना गरेको छ । आज पथरी शनिश्चरे–२ मा अवस्थित लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नगरपालिकाको वडा नं. ४ किर्तिपुर बजारमा सदस्य सेवा केन्द्रको समुद्घाटन गरेको हो
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.