‘मेरो मनमा तिमी…’ फिमेल भर्सन सार्वजानिक
आधुनिक गीत ‘मेरो मनमा तिमी...’ बोल गीतको फिमेल भर्सन युट्युवमा सार्वजानिक भएको छ । गीतमा सविना योङहाङ लिम्बुको सुमधुर स्वर सजिएको छ भने गीतको रचना/ संगीत नन्दु गुरुङले भरेका छन् । दार्जिलिङको तराई भागका विभिन्न स्थानमा खिचिएको सो गीतमा पप्पु राई, रन्जना क्षेत्री र निशान तामाङको अभिनय रहेको छ ।


