चौथो बेलबारी गोल्डकप : उपाधि हिमालयन शेर्पालाई
सन्तोष राई लक्ष्मीमार्ग । हिमालयन शेर्पा क्लव काठमाडौंले चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकपको उपाधि आफ्नो पोल्टामा पारेको छ । हिमालयनले बुधबार (आज) सशस्त्र प्रहरीको टिम एपीएफलाई ३–१ गोल अन्तरले स्तब्ध पार्दै गोल्डकपको उपाधि जितेको हो । विजयी हुँदै हिमालयनले ५ लाख नगद पुरस्कार प्राप्त गर्याे भने एपीएफले २ लाख ५० हजारमा


