कानेपोखरी गाउँपालिकाको आठौं गाउँसभाका निर्णयहरु सार्वजानिक (भिडियो सहित)

क्रेजी संवाददाता कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले आर्थिक वर्ष ०७७÷०७८ मा हालसम्म ५८ प्रतिशत काम सम्पन्न गरेको जानकारी गराएको छ । फागुन २४ गते सम्पन्न भएको गाउँसभाले चालु आर्थिक वर्षमा ५८ प्रतिशत काम सम्पन्न भएको समीक्षा गरेको हो । ८ औं गाउँसभाका विषयहरु सार्वजनिक गर्न आइतबार गरिएको पत्रकार सम्मेलनमा सभामा

मोरङमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु, तीन घाइते

मोरङ ।  मोरङको रतुवामाई घर भएका दुई जनाको झापाको दमकमा शनिबारसाँझ ५ः३० बजेतिर टिपरले ठक्कर दिँदा ज्यान गएको छ । तीन जना सवार रहेको मोटरसाइकललाई पूर्व–पश्चिम लोकमार्गअन्तर्गत झापाको दमक नगरपालिका–४ चिया बगानमा टिपरले ठक्कर दिएको थियो । प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क १०८२ नम्बरको टिपरले विपरीत

उद्घाटन खेलमा पथरी शनिश्चरे वडा नं. १ विजयी

क्रेजी संवाददाता पथरी । प्रथम नगर स्तरीय मैत्रीपूर्ण फुटबल टुर्नामेन्ट २०२१ मा बी.वाई.सी. ‘बी’ लाई विशाल गोल अन्तरले हराउँदै पथरी शनिश्चरे–१ विजयी भएको छ । पथरी शनिश्चरे– १० मा अवस्थित पथरी रंगशालामा आज भएको उद्घाटन खेलमा पथरी शनिश्चरे १ ले बी.वाई.सी. ‘बी’ लाई ११ गोल गर्दै बिजयी भएको हो ।

शरणार्थी शिविरमा आजदेखि नगर स्तरीय फुटबल प्रतियोगिता

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे–१० मा अवस्थित भुटानी शरणार्थी शिविरमा आजदेखि नगर स्तरीय मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुँदैछ । प्रतियोगितामा नगरपालिकाको १० वडाबाट एक–एक गरी १०, भुटानी शरणार्थी शिविर शनिश्चरे र झापाको बेलडागीबाट दुई–दुई गरी १४ टिम सहभागी हुने आयोजक कुमारकृष्ण राईले जानकारी दिए । भुटानी शरणार्थी र स्थानीयवीचको मैत्री

शनिश्चरे शिविरमा आँप धाराको उद्घाटन

क्रेजी संवाददाता पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे–१० अवस्थित शनिश्चरे शरणार्थी शिविरमा आज आँप धारा उद्घाटन भएको छ । शिविरको सेक्टर ए वानमा एक औपचारिक कार्यक्रमको आयोजना गरी आँप धारा उद्घाटन भएको हो । धारालाई क्याम्प सचिव चम्पासिंङ राई र एलडब्लुएफका प्रोजेक्ट अफिसर लिलबहादुर कार्कीको हस्त बाहुलीबाट औपचारिक उद्घाटन भएको

दाइजोका कारण ७० बर्षे बृद्धसंग बिबाह गर्न बाʼध्य २० बर्षे युवती

मोरङ ।  जिल्ला बेलबारी छ बाउनी निबासी काजीलाल चौधरी नाम गरेका एक चौधरी वृद्धले बीस बर्षिया युवती रबिना चौधरीसंग बिबाह गरेका छन । निकै अचम्म लाग्ने उनिहरुको बैबाहिक सम्बन्ध गासिएको लगभग चार बर्ष भैसकेको छ । अझै अरु अचम्मै लाग्ने जोडीको भित्री कथा भने अर्कै छ । गरिबी अनि दुखै

एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा कान्तिपथबाट एक जना पक्राउ

  काठमाडौँको कान्तिपथबाट एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत गोरखपुर घर भएका काठमाडौं ठमेल बस्ने २२ वर्षीय दिलसाद आलम रहेका छन् । शुक्रबार बिहान साढे २ बजे काठमाडौं महानगरपालिका–२६ कान्तिपथस्थित ग्लोबल आइएमई बैंकको एटिएम मेसिन फुटाएको अभियोगमा उनी पक्राउ परेका महानगरीय प्रहरी

कावासोतीमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु

कावासोती । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा बिहीबार राति स्कुटर दुर्घटना हुँदा एकजनाको मत्यु भएको छ । खरकट्टा जङ्गलमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कावासोती नगरपालिका–२ का ३५ वर्षीय जीवन राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए ।

उद्यमशिलता विकास तालिम सुरु

पथरी शनिश्चरे, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत मोरङको पथरी शनिश्चरे नगरपालिकाका वडा नम्बर १ मा उद्यमशिलता विकास तालिम सुरु भएको छ । नगरपालिकाको उद्यम विकास शाखाको आयोजनामा लघु उद्यमी बन्न चाहने आर्थिक विपन्नहरुको छनौट गरेपछि मंगलबार देखी ८ दिने तालिमको सुरु गरिएको

१५ हजार बाख्रालाई पीपीआर खोप

पथरी शनिश्चरे, मोरङको पथरी शनिश्चरे नगरमा यस पटक १५ हजार बाख्रालाई पीपीआर र ७ हजार गाईं भैंसीलाई खोरेत विरुद्धको खोप लगाइएको छ । ‘पशुपन्छीहरुलाई खोप लगाऔं, महामारी रोगबाट बचाऔं’, भन्ने नाराका साथ हिजो बुधबार पथरीशनिश्चरे नगरपालिका कार्यालयको आयोजना तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र विराटनगरको सहयोगमा संघीय सरकार
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.