बुहारीलाई जिउँदै आगो लगाउने व्यक्ति ७ वर्षपछि पक्राउ
आफ्नी बुहारीलाई जिउँदै आगो लगाएर भागेका बाँकेका हनिफ शेष ढपालीलाई प्रहरीले ७ वर्षपछि पक्राउ गरेको छ । बाँकेको नरैनापुर गाउँपलिका–२ घर भएका शेषलाई सो गाउँपालिकाको वडा नम्बर–१ स्थित सुईयाबाट प्रहरीले पक्राउ गरेको हो । दाइजोको निहुँमा ७५ वर्षीय शेषले ०७० मा बुहारीलाई मट्टितेल छर्केर आगो लगाएर भागेका थिए । ७


