गायिका आस्था राउतले आत्मसमर्पण गरिन
क्रेजी साप्ताहिक । प्रहरीसमक्ष गायिका आस्था राउत उपस्थित भएकी छन् । एक महिला प्रहरी जवानमाथि अभद्र व्यवहार गरेको आरोप लागेकी उनी सोमबार बिहान नातेदारसहित टेकुस्थित महानगरीय प्रहरी परिसरको कार्यालयमा उपस्थित भएकी हुन् । राउतविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको थियो । उनलाई सोमबार परिवारको समन्वयमा प्रहरीसमक्ष आत्मसमर्पण गराइएको


