कोइराला निवासमा पौडेल पक्षका नेताहरुको बैठक
काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको बैठक महाराजगञ्जस्थित डा. शशांक कोइरालाको निवासमा बसेको छ । शनिबार दिउँसो पार्टीको केन्द्रीय समिति बैठक बस्नुअघि पौडेल पक्षका नेताहरु धारणा बनाउने योजनामा छुट्टै छलफलमा जुटेका हुन् । बिहीबार शुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा महाधिवेशनको नेता कार्यतालिकाबारे छलफल भइरहेको छ ।

