
अनलाइन कोङकोङमा (विनायो) वादन खुल्ला प्रतियोगिता
किराँत राई साँस्कृतिक कलाकार संघ केन्द्रीय समितिले विश्वव्यापी रुपमा आयोजना गरेको अनलाइन कोङकोङमा (विनायो) वादन खुल्ला प्रतियोगिता शुक्रवार सम्पन्न भएको छ । प्रथम पटक विश्वव्यपी अनलाइनको माध्यमबाट आयोजना गरिएको प्रतियोगितामा झापाका बल बहादुर राई प्रथम भएका छन् भने खोटाङकी पम्फा खालिङग राई दोसो र ओखलढुंगाकी जितुमाया राई तृतीय भएकी छन्