बेन्जामाको दुई गोल, रियल दोस्रो स्थानमा उक्लियो

  करिम बेन्जामाले दुई गोल गरेपछि सेल्टाभिगोलाई पराजित गर्दै साविक विजेता रियल मड्रिड स्पानिस ला लिगाको दोस्रो स्थानमा उक्लेको छ । शनिबार राति भएको खेलमा रियलले सेल्टा भिगोलाई ३–१ ले पराजित गरेको हो । रियलको जितमा करिम बेन्जामाले दुई र मार्को एसेन्सियोले एक गोल गरे । बेन्जामाले २०औं र ३०औं

लेवान्डोस्कीको ह्याट्रिकमा बार्यनको सहज जित

  रोवर्ट लेवान्डोस्कीको ह्याट्रिक मद्दतमा साविक विजेता बार्यन म्युनिखले जर्मन बुन्डेसलिगा फुटबलमा सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा १० खेलाडीमा समेटिए पनि बार्यनले स्टुटगार्डलाई ४–० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा बार्यनलाई जित दिलाउन लेवान्डोस्कीले ह्याट्रिक गर्दा सर्जी नाब्रीले एक गोल गरे । खेलको १२औं

वैशाखमा ट्राई सिरिज गर्ने योजना बनाउँदै क्यान

    नेपाल क्रिकेट संघ (क्यान) आगामी नयाँ वर्षको शुरुवातमा ट्राई सिरिज आयोजना गर्ने तयारी गरिरहेको छ । यही चैतमा ओमानमा तय भएको आइसीसी विश्वकप लिग २ अन्तर्गत नेपाल ओमान र अमेरिका सम्मिलित अनिश्चित कालका लागि स्थगित भएपछि नेपालको अहिले कुनै अन्तर्राष्ट्रिय खेल छैन । त्यसैले क्यानले काठमाडौं महानगरपालिकाको आर्थिक

हेटौंडा गोल्डकपको उपाधि त्रिभुवन आर्मीलाई

हेटौंडा । साविकको विजेता मकवानपुर–११ हराउँदै त्रिभुवन आर्मी क्लबले शहीद स्मृति हेटौंडा गोल्डकपको उपाधि जितेको छ । शनिबार हेटौंडास्थित वन बिज्ञान खेल मैदानमा भएको फाइनलमा आर्मीले मकवानपुर–११ लाई १–० ले हरायो । आर्मीका लागि कप्तान टेकबहादुर बुढाथोकीले पहिलो हाफको ३८ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । उपाधिसँगै आर्मीले १०

उद्घाटन खेलमा पथरी शनिश्चरे वडा नं. १ विजयी

क्रेजी संवाददाता पथरी । प्रथम नगर स्तरीय मैत्रीपूर्ण फुटबल टुर्नामेन्ट २०२१ मा बी.वाई.सी. ‘बी’ लाई विशाल गोल अन्तरले हराउँदै पथरी शनिश्चरे–१ विजयी भएको छ । पथरी शनिश्चरे– १० मा अवस्थित पथरी रंगशालामा आज भएको उद्घाटन खेलमा पथरी शनिश्चरे १ ले बी.वाई.सी. ‘बी’ लाई ११ गोल गर्दै बिजयी भएको हो ।

शरणार्थी शिविरमा आजदेखि नगर स्तरीय फुटबल प्रतियोगिता

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे–१० मा अवस्थित भुटानी शरणार्थी शिविरमा आजदेखि नगर स्तरीय मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुँदैछ । प्रतियोगितामा नगरपालिकाको १० वडाबाट एक–एक गरी १०, भुटानी शरणार्थी शिविर शनिश्चरे र झापाको बेलडागीबाट दुई–दुई गरी १४ टिम सहभागी हुने आयोजक कुमारकृष्ण राईले जानकारी दिए । भुटानी शरणार्थी र स्थानीयवीचको मैत्री

दोस्रो लिगमा हारे पनि आर्सनल क्वाटरफाइनलमा, अग्रता जोगाउन नसक्दा टोटनहम बाहिरियो

इंग्लिस क्लब आर्सनल युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । इंग्ल्याण्डकै अर्को क्लब टोटमहम हट्सपर भने अन्तिम १६ बाटै बाहिरिएको छ । बिहीबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा ग्रीसको ओलम्पियाकोससँग १–० ले पराजित भए पनि आर्सनल समग्रमा ३–२ को नतिजासहित क्वाटरफाईनल पुगेको हो । पहिलो लेगमा आर्सनल

युरोपा लिग : पोग्बाको निर्णायक गोलमा म्यानचेष्टर युनाइटेड क्वाटरफाइनलमा

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको अन्तिम १६ को दोस्रो लिगमा इटालियन क्लब एसी मिलानलाई १–० गोल अन्तरले पराजित गर्दै समग्रमा २–१ को जपतसहित युनाइटेड क्वाटरफाइनल पुगेको हो । पहिलो लिगमा युनाइटेड र मिलानले १–१ गोलको बराबरी खेलेका थिए । मिलानको

एन्फा प्रेसिडेन्ट लिग : धम्बोझी र त्रिवेणी विजयी

नेपालगन्ज । लुम्बिनी प्रदेशको धम्बोझी क्लब र गण्डकी प्रदेशको त्रिवेणी युवा क्लबले एन्फा प्रेसिडेन्ट लिग–२०७७ मा बिहिबार जित हासिल गरेका छन् । बिहीबार भएको खेलमा धम्बोझी क्लबले प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहटलाई ३–० ले पराजित गरेको हो । धम्बोझीको जितमा निसान लिम्बुले ह्याट्रिक गरे । उनले खेलको

वडा कार्यालय द्धारा खेलकुद साम्रगी वितरण

पथरी शनिश्चरे, ५ चैत- मोरङको पथरी शनिश्चरे नगरपालिका २ नम्बर वडा कार्यालयले वडाको खेलकुद विकासका लागि खेलकुदका सामग्री वितरण गरेको छ । वडाको खेलकुद शिर्षकको कार्यक्रम अन्तर्गत १ लाख रुपैयाँको बजेटमा फुटबल, फुटबल नेट, भलिबल, भलिबल नेट, क्रिकेट ब्याट, जर्सी सहित १८ प्रकारका सामग्री वितरण गरिएको हो । वडाध्यक्ष यामप्रसाद
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.