एभरेस्ट स्कुलको ३९औं वार्षिकोत्सव सम्पन्न

क्रेजी संवाददाता पथरी। मोरङको पथरीशनिश्चरे–१ स्थित एभरेस्ट अंग्रेजी स्कुलले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीका अभिभावकलाई सम्मान गर्दै भव्य सांस्कृतिक कार्यक्रमसहित ३९औं वार्षिकोत्सव मनाएको छ । विद्यालयबाट एसईई परीक्षामा जीपीए–४ ल्याउने विद्यार्थीका अभिभावक हिमालय न्यौपाने र अम्बिका न्यौपानेलाई दोसल्ला ओढाइ सम्मान पत्र प्रदान गरिएको थियो । न्यौपाने परिवारकी दिक्षा न्यौपानेले ९०.३८ प्रतिशत,

हिरकले मनायो आफ्नो ३६ औँ वार्षिकोत्सव

क्रेजी संवाददाता पथरी। पथरीशनिश्चरे १० स्थित हिरक आधारभूत विद्यालयको ३६ औँ वार्षिकोत्सव तथा स्मृति अक्षय कोष पुरस्कार वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि पथरीशनिश्चरे नगरप्रमुख मोहन प्रसाद तुम्बापोले आफ्नो सम्बोधनमा शिक्षा क्षेत्रको विकासमा सामुदायिक विद्यालयहरूको भूमिका महत्वपूर्ण रहेको बताउँदै विद्यालयलाई थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त

पथरीशनिश्चरेमा ७२ औँ कुष्ठरोग दिवस मनाइयो

ईस्वर दुलाल मोरङ – “एकताबद्ध भई कुष्ठरोग अन्त्यको कार्यमा सहभागी हौँ“ भन्ने मूल नाराका साथ मोरङको पथरीशनिश्चरे नगरपालिकाले ७२ औँ कुष्ठरोग दिवस मनाएको छ । आईतबार वडा नम्बर ३ मा आयोजित कार्यक्रममा नगर उपप्रमुख देवीमायाँ काफ्ले, वडा नम्बर ३ का वडाध्यक्ष बिजय लिम्बु, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, जनस्वास्थ्य निरीक्षक

रेडस्टारमा सन्दीपको “जीवनको लागि हाँसो” प्रेरणादायी कार्यक्रम

क्रेजी संवाददाता पथरी। नेपालका पहिलो स्ट्यान्ड–अप कमेडियन तथा चर्चित हास्य कलाकार सन्दीप क्षेत्रीले पथरी शनिश्चरे ०२ मा स्थापित रेडस्टार मावि र ऋतम्भरा बहुमुखी क्याम्पसद्वारा आयोजित “जीवनको लागि हाँसो” शीर्षक प्रेरणादायी कार्यक्रममार्फत आफ्ना उत्कृष्ट प्रस्तुति दिएका छन् । कार्यक्रममा कक्षा ११, १२ र बीबीएसका विद्यार्थीहरूलाई करियर निर्माण तथा जीवनमा सकारात्मक दृष्टिकोण

विभिन्न कार्यक्रम सहित सुनाखरीले मनायो ३२ औँ वार्षिकोत्सव

ईश्वर दुलाल पथरी। मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर १ मा अवस्थित सुनाखरी माध्यमिक विद्यालयले आफ्नो ३२ औँ वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । बिहीबार नगरप्रमुख मोहनप्रसाद तुम्वापोको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, सम्मान र पुरस्कार वितरणजस्ता गतिविधिहरू द्वारा मनाएको हो । कार्यक्रमका प्रमुख अतिथि तुम्वापोले विद्यालयले तीन दशकको

मदन प्रतिष्ठानमा मंसिर १६ र १७ गते बृहत् विज्ञान प्रदर्शनी हुने

क्रेजी संवाददाता उर्लाबारी । उर्लाबारीमा स्थापित मदन भण्डारी स्मृति प्रतिष्ठानको आयोजनामा बृहत् विज्ञान, प्रविधि तथा वास्तुकला सम्बन्धी प्रदर्शनी ‘आगमन–२.०’ हुने भएको छ । प्रतिष्ठानले गत वर्षदेखि सुरुवात गरेको प्रदर्शनीमा यस पटक ६ हजार बढीले अवलोकन गर्ने आयोजकले दाबी गरेको छ । शुक्रबार पत्रकार सम्मेलनमा प्रतिष्ठानका कार्यकारी निर्देशक विनोद अर्यालले मंसिर

दुर्गा माविको टोली सुझाव संकलन गर्न घरदैलो अभियानमा

क्रेजी समाचारदाता पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. ७ लामाटोलीमा अवस्थित दुर्गा माध्यमिक विद्यालयको टोलीले सुझाव संकलन गर्न घरदैलो अभियान सञ्चालन गरिरहेको छ । विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, विद्यालयका शिक्षक, कर्मचारी, अभिभावक र सरोकारवाला सेवा क्षेत्रको प्रत्येक घरमा सुझव संकलन गर्न घरदैलो अभियानमा छ । असोज ११ गतेबाट

एन प्याब्सनद्वारा जिल्ला स्तरीय वक्तित्वकला प्रतियोगिता

क्रेजी संवाददाता उर्लाबारी । ६० औं बाल दिवसको अवसरमा उर्लाबारीमा मोरङ जिल्ला स्तरीय वक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ । शनिबार राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन प्याब्सन) मोरङ जिल्ला समितिको आयोजनामा उर्लाबारी–५ स्थित होटल ग्राण्डको सभाहलमा सिनियर र जुनियर गरी दुई समूहमा अन्तर पालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

रेडस्टारका विद्यार्थीहरूद्वारा बाल विशेष कार्यक्रम

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे–२ शान्ति चौकमा स्थापित रेडस्टार माध्यमिक विद्यालयका विद्यार्थीहरूले विशेष कार्यक्रमको आयोजना गर्दै बाल दिवस भव्य रुपमा मनाएका छन् । शुक्रबार ६० औं बाल दिवसको अघिल्लो दिन नै विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै विद्यार्थीहरूले आ– आफ्नो कविता, गीत, नृत्य लगायतका प्रतिभाहरू प्रस्तुत गरेका हुन् । विद्यालय

क्विज र स्पेलिङ कन्टेस्टमा एभरेष्ट प्रथम

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरेमा सम्पन्न अन्तर विद्यालय क्विज प्रतियोगितामा एभरेष्ट माविले प्रथम स्थान हासिल गरेको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरी शनिश्चरेले आयोजना गरेको अन्तर विद्यालय क्विज प्रतियोगितामा पथरीको एभरेष्ट स्कुलले प्रथम स्थान हासिल गरेको हो । एभरेष्टबाट क्विज प्रतियोगितामा सुलभ तिम्सिना, सुजित
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.