क्रेजी साप्ताहिक
पथरी । कोराना भाईरस अहिले विश्वमा आतंक बनिहरेको बेला केही चलाखी भनाउँदाहरुले भने यही प्रतिकुल समयलाई सही अवसरको रुपमा प्रयोग गर्न खोजिरहेको राष्ट्रिय रुपमा नै हाल चर्चाको विषय बनिरहेको छ ।
कोरोना भाईरस नियन्त्रणको लागि चीनबाट स्वास्थ्य सामाग्री खरिदलाई अवसरको रुपमा लिन खोज्दा स्वास्थ मन्त्री भानुभक्त ढकालकै पद अहिले धरामपा परेको सबैमाझ सर्वविदितै छ । लकडाउन भएको ११/१२ दिन भयो । मानिस संभावित कोरोना महामारीबाट बच्न प्राय आ–आफ्नै घरभित्र छन् । कोरोनाबाट विरामी बचाउन स्वास्थ्यकर्मीलाई सबैभन्दा पहिला सुरक्षित गर्नुपर्ने हुन्छ । स्वास्थ्यकर्मी र आम जनतालाई कोरोनाबाट बचाउन पथरी शनिश्चरे नगरपालिकाले के के गर्दैछ त ? खर्च कसरी गरिरहेका छन् ? यी यावत प्रश्नहरु अहिले जो कोहीलाई बुझ्न मन लाग्छ नै । हो हामीले पनि बुझ्ने प्रयास गरेका छौं ।
कोरोना विरुद्द लड्न पथरी अस्पतालमा १० वटा आइसोलेशन बेड तयार पारिएको छ । त्यो बेडहरु नयाँ खरिद भएको हो । बेडसँगै बेड कभर २०, तन्ना २०, कमल र सिरानी १०÷१० थान खरिद भएको छ । यस बाहेक स्थानीय स्तरमा उत्पादन भएको व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई, रेनकोट जस्तो) नर्मल बुट सहित १५ सेट खरिद भएको छ । स्वास्थ्य प्रमुख मुरारी आचार्यकै सल्लाहमा नगर अस्पतालमा करिब ८ हजारको स्पिड, सर्जिकल क्याप लगायतको सामाग्री खरिद भएको स्वास्थ्यकर्मी यम खड्काले जानकरी गराए ।
पथरी नगर अस्पतालमा डा. साकारबाबू घर्ती र डा. सावन मेहता कार्यरत छन् । अस्पताल पुग्दा डा. मेहेतासँग भेट भयो र सोधियो यो महामारीको समयमा खट्ने कर्मचारीलाई नगरले केही व्यवस्था गरेको छ ? डाक्टरको उत्तर थियो –पछि खटाई हेरेर मूल्यांकन गर्ने भन्नू भएको छ ।
यसैगरी सञ्चारकर्मीहरुको समूह विहिबार अपरान्ह ३ बजे पथरी शनिश्चरे–९ नम्बर वडाको स्वास्थ्य चौकी पुगियो । त्यहाँ गेट भित्रैबाट ताला लगाइएको थियो । पत्रकारहरुको प्रश्नमा स्वास्थ्य चौकी प्रमुख प्रकाशचन्द्र कार्कीले पीपीई लगायत केही सामाग्री नआएकोले कर्मचारीहरु असुरक्षित रहेको बताए ।
दैनिक ११ को हाराहारीमा ज्वोरो नाप्ने मात्र काम हुँदै आएको उनले बताए । स्वास्थ्य चौकीको गेटमा साबुन पानी र सेनिटाइजर थिएन । कहीबाट उपलब्ध नभएरै नराखिएको स्वास्थ्य कर्मीहरुको भनाइ थियो । पथरी शनिश्चरे नगरमा ६ वटा स्वास्थ्य निकायहरुमा २० जना सरकारी र करार गरी ४० जना स्वास्थ्यकर्मीहरु रहेका छन् । स्वास्थ्यकर्मीको लागि पीपीई त होइन धेरै सार्वजनिक स्थानमा सेवाग्राहीको लागि सेनिटाइजर, साबुन पानी समेत राखिएको देखिएन । पथरी नगर अस्पतालमा आइशोलेसनको लागि बनाइएको १० वटा बेड, स्थानीय पीपीई, किटनासक औषधि लगायतको सामाग्री खरिद भएका छन ।
यी सामानहरु कुन श्रोतबाट खरिद हुँदैछ्न भनेर प्रस्न गर्दा आज (२१ चैत्र) बिहान ९ बजेसम्म नगरकी उपप्रमुख यमुना बिष्ट, प्रवक्ता समेत रहेका २ नम्नर वडा अध्यक्ष यमनाथ गुरागाई, नगर कार्यपालिकाको विपद व्यवस्थापन समितिको संयोजक समेत रहेका ९ नम्बर वडा अध्यक्ष भानुभक्त राई, ४ नम्नरको गोबिन्द भन्डारी, १० को सागर राईले जानकारी नदिएको बताए । ६ नम्नर वडा अध्यक्ष जयबहादुर तामाङको पनि उत्तर यस्तै थियो ।
नगरको प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमलासँग फोन कुराकानी भयो । धमाला लकडाउनमा बिराटनगर घरमा रहेछन । उनले कोरोनाको लागि १० लाख निकासा गरेर आफू विराटनगर गएको नजाकारी दिए । त्यसपछि नगरको स्वास्थ्य निरिक्षक मुरारी आचार्यसँग करिव आघा घण्टा कुरा भयो । सोधियो १० लाख कस्को हातबाट अनि खरिद प्रक्रिया कसरी हुदैछ । आचार्यले १० लाख आफूसंगै भएको र आवस्यकता अनुसार सामान खरिद हुँदै गएको जानकारी दिए ।
खरिद प्रक्रिया अपनाइएन
जे जति रकमको खरिद होस ऐन कानुन पालना हर्नुपर्ने हुन्छ । तर सार्वजनिक खरिद ऐन पालना भएको छैन । नगरपालिकाको अघिकांश जनप्रतिनिधिहरुलाई समेत जानकारी नदिइ स्वास्थ्य निरिक्षकको इच्छा र उनले चाहेको ब्यापारीबाट स्वास्थ्य सामाग्री खरिद गरेको पाइयो ।
नगरबाट निकासा भएको १० लाख आफूसँगै भएको बताएका स्वास्थ्य निरिक्षक आचार्यलाई सोधियो के कसरी सामान खरिद हुँदैछ ? हालसम्म कति रकम खर्च भयो ? उनले भने –‘अहिलेसम्म यति भयो भन्ने छैन, बिलहरु म सँगै छ ।’
आइसोलेशनको लागि खरिद भएको प्रतिबेड हाल ५० हजार (नर्मल मुल्य १८(२० हजार), स्थानीय पीपीई ३५ सय र नगरमा स्प्रे हुँदै आएको ब्लिचिङ पाउडर ३ हजारसम्म पर्ने विवरण सुनाए । स्वास्थ्य निरीक्षक मुरारी आचार्यले सस्तो र महंगो बजार मूल्य सुनाउदै आफूले सस्तोमा खरिद गरेको बताए । यी सबै खरिद बारे अधिकांश जनप्रतिनिधिलाई भने औपचारिक जानकारी छैन ।
यसबाहेक वाडा अध्यक्षहरुलाई प्रती वडा १२० रुपैया पर्ने १५ देखि २० वटासम्म सेनिटाइजर र केही माक्सहरु वितरण भएका छन । नगरमा ९५ वटा फ्लेक्स पृन्ट, तीन वटा एफएम रेडियोमा सूचना प्रशारण र वडा तथा स्वास्थ्य निकाएमा साबुन पानी राखेको आचार्यले बताए । आज (चैत्र २१) गते बिहानसम्म खरिदको लागि रकम निकासा भएको बारेसम्म अधिकांश कार्यपालिका सदस्यहरूलाई जानकारी दिइएको थिएन ।
नगरबाट निकासा भएको १० लाख रकम स्वास्थ्य प्रमुख मुरारी आचार्यले आफ्नो साथमा भएको बताइरहदा नगर प्रमुख दिलिपकुमार राईले भने त्यो रकम लेखासँग भएको फर्जी जानकारी दिए । नगरपालिकामा प्रक्रिया नपुगेकै बहानामा सेवाग्रहिले पटक पटक दुस्ख पाउने गर्छन । तर, कोरोना संकटको नाममा १० लाख रकम निकालेर ब्यक्तिगत सपिङ झै खरिद भइरहेको छ ।
यो बिषयमा प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमलाले अहिले खरिद गरेर पछि प्रकृया र्पुयाउने सहजै बताए । नगरप्रमुख दिलिपकुमार राईको पनि भनाइ उस्तै छ । सरकारी प्रक्रिया अनुसार टेण्डर वा कोटेशन मागको लागि सार्वजनिक सूचना प्रकाशन गर्नुपर्ने, तीन भन्दा बढिको निबेदन आएपछि कम मूल्यलाई सदर गरेर खरिद प्रक्रिया गर्नुपर्ने हुन्छ ।
संकटले खरिद प्रक्रिया पूरा गर्न नसकेपनि कार्यपालिकामा रकम निकासा र खर्चको बारे आजसम्म जानकारी नभएको बुझिन्छ । स्वास्थ्य निरीक्षक आचार्यलाई सोधियो खरिद गर्दा कुन समितिमा निर्णय गराउनु हुन्छ ? को को को संग सल्लाह हुन्छ ? उनले भने नगरप्रमुख दिलिपकुमार राईसँग समन्वय गर्छु ।
स्वाथ्य चौकी र नगर अस्पतालको भिडियो हेर्नुहोस् :–