शन्ति सामुदायिक वन संरक्षण संगै प्रर्यटनको केन्द्र - Crazysaptahik.com

शन्ति सामुदायिक वन संरक्षण संगै प्रर्यटनको केन्द्र


ईश्वर दुलाल
मोरङ।
‘दस कुवा बराबर एउटा पोखरी हुन्छ, दस पोखरी बराबर एउटा पुत्र हुन्छ, दस पुत्रहरू बराबर एउटा रुख हुन्छ ।” यो भनाइ मत्स्य पुराणमा छ । निश्चय पनि ‘हरियो वन नेपालको धन’ हो । नेपाल गरिब मुलुक हो तर वनमा धनी छ । नेपालमा ठूला–ठूला जंगलहरु छन् । जंगलहरु भएकै कारणले नेपाल प्राकृतिक रूपले सुन्दर देखिएको छ । यसै विचको एक सुन्दर वन हो श्री शान्ती समुदायिक वन उपभोक्ता समूह ।

मोरङको पथरीशनिश्चरे १ मा २०६५ सालमा स्थापना भएको वनले निक्कै फड्को मारिसक्यो । १९८ हेक्टर क्षेत्रफलमा फौलिएको वनलाई पूर्वमा हरियाली सामुदायिक वन, पक्षिममा मनकामना सामुदायिक वन, उत्तरमा पथरी शनिश्चरे साझेदारी वन र दक्षिणमा पूर्व पक्षिम राजमार्गलाई छोएको छ । वनको १५ औँ चुनावी साधारण सभाबाट कुलमणि गुरुङको अध्यक्षतामा दरिलो कार्यसमिति निर्माण भयो । वनलाई नयाँ र आधुनिक गतिमा लान यो सकृय टिमले महत्वपूर्ण भूमिका खेलेको छ ।

प्रयटकिय स्थलमा तस्बिर कैद गर्दै आगन्तुक

वनले वन व्यवस्थापन कार्य अन्तगत २५ प्रतिशत, गरिवि न्यूनिकरणमा ३५ प्रतिशत, र सामाजिक विकासमा ४० प्रतिशत लगानी गर्दै आएको छ । त्यस्तै भईपरिआएको विपतमा संस्थाको बौठकमा निर्णय गरी आवश्यक अनुसारको सहयोग गर्ने गरेको छ । वनमा उपाभोक्ताहरुलाई वर्गिकरण अनुसार क, ख र ग वर्ग गरि तिन वटा वर्गमा राखेको छ । क वर्गमा साबिकको पथरी गाविसका उपभोक्तालाई राखेको छ भने ख मा साविकको ५ र ६ नम्बर वडाका उपभोक्ताहरु पर्दछन् र ग मा भने तत्कालीन अमरदह गाविसको ८ र ९ वडाका उपभोक्तहरु पर्दछन् । वनमा जम्मा १२ सय १२ जना भन्दा वढि उपभोक्ताहरु रहेका छन् । वनले २०७२ सालमा मोरङ जिल्ला वन व्यवस्थापनमा प्रथम पुरस्कार हासिल गर्न सफल भएको थियो । वनले हाल पनि अन्य पुरस्कारहरु थाप्नका लागि आम उपभोक्ता र कार्य समितिका पदाधिकारीहरु कम्मर कसेर लागि परेका छन् ।

शान्ती सामुदायिक वनले समुदायलाई एकीकृत मात्र हैन, उनीहरूमा सामूहिक भावना पनि विकास गराएको छ । सामुदायिक वनले वनमा सहभागी उपभोक्ताहरूलाई प्रजातान्त्रिक प्रक्रियामा आवद्धगराई वनको संरक्षण, विकास र व्यवस्थापनका लागि आवश्यक निर्णय प्रक्रियाको सहभागी हुने अवसर त प्रदान गरेको छ नै, आफ्नो क्षेत्रको सामाजिक, आर्थिक तथा शैक्षिक विकासका भौतिक पूर्वाधार र वातावरणीय पुँजी निर्माण गर्न उपभोक्ताहरूलाई स्वतःस्फूर्त सहभागी पनि बनाउँदै आइरहेको छ । यसले पनि शान्तिले प्रगतिको फड्को मारिरहेको भान हुन्छ ।

शन्ति सामुदायिक वनको मातहतमा रहेको श्री शान्ति भूल्के सिमसारमा प्रयर्टकको आकर्षण बढाउन थप संरचना तथा आकर्षण बिन्दुहरुको निर्माण गरिरहेको छ । सिमसारले हालै मात्र पोखरी खाजा घर निर्माणका लागि सिलान्यास समेत गरेको छ । पथरी शनिश्चरे नगरपालिका उपप्रमुख देविमाया काफ्लेको हस्तवाहुलीबाट खाजाघर निर्माण स्थलको सिलान्यास गर्नुभएको थियो । त्यस्तै पोखरी संरक्षणका लागि वनले वाल लगाउने कार्य सम्पन्न गरेको छ । त्यस्तै वनले प्रटकिय स्थलमा क्यनन्टिन निर्माणको कार्य ९५ प्रतिशत खुल्ला व्ययमसालामा थप सामाग्री खरिद तथा व्यवस्थापनको कार्य, सिसि क्यामेरा जडान, कार्यलको सफ्टवर निर्माण जस्ता क्रियाकलापहरु गरिरेहको छ ।

वनले वन डडेलो नियन्त्र, चोरी सिकारी नियन्त्रण तथा वन संरक्ष अन्तर्गत चौत्र ११ गते फेकोफन नगरकमिटि महासंघ, सब डिविजन वन कार्यलय पथरी संग समन्वय गरि विभिन्न जनचेतना मुलक अभियान समेत संचालन गर्यो । वनले वनका उपाध्यक्ष नबराज मिश्रको संयोजकत्वमा मिलन राई, सुमन कार्की, नगरपालिकाको तर्फबाट नाईकुमार धिमाल र भिष्म न्यौपाने सदस्यतामा वन डडेलो तथा विपद् उद्धार समिति निर्माण गरेको छ ।

श्री शान्ति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कुलमणि गुरुङसँग को केहि भला कुसारी जस्तको त्यस्तैः

शान्ति सामुदायिक वनको मुख्य उद्देश्य के हो ?
-हाम्रो मुख्य उद्देश्य वन संरक्षण, जैविक विविधताको रक्षा, दिगो वन व्यवस्थापन, पर्यटन प्रवद्र्धन, र स्थानीय समुदायको समग्र विकास गर्नु हो ।

वन व्यवस्थापनका प्रमुख चुनौतीहरू के–के छन् ?
-वन डढेलो, चोरी सिकारी, चरन दबाब, अवैध रूपमा दाउरा तथा वन स्रोतहरूको दोहन, र जलवायु परिवर्तनका प्रभावहरू हाम्रो प्रमुख चुनौतीहरू हुन् ।

पर्यटन प्रवद्र्धनका लागि तपाईहरूको हालका मुख्य परियोजनाहरू के के छन् ?
– हालै, श्री शान्ति भूल्के सिमसारमा पोखरी तथा खाजाघर निर्माण, पर्यटक आकर्षणका लागि नयाँ संरचना निर्माण, क्यान्टिन व्यवस्थापन, र खुला व्यायामशाला व्यवस्थापन तथा विस्तारका काम गरिरहेका छौं ।

वनले स्थानीय समुदायलाई कसरी फाइदा पु¥याएको छ ?
– स्थानीय गरिबी न्यूनीकरणका लागि ३५% बजेट विनियोजन, उपभोक्ताहरूलाई रोजगारी सिर्जना, शैक्षिक तथा भौतिक पूर्वाधार विकास, र विपद् राहतमा योगदान गर्दै आइरहेका छौं ।

भविष्यमा वनको दीगो विकासका लागि के योजना छन् ?
-डिजिटल व्यवस्थापन (सफ्टवेयर प्रणाली), निगरानीका लागि थप सीसी क्यामेरा, पर्यटन पूर्वाधार विस्तार, वन क्षेत्रको अझ राम्रो संरक्षण, र स्थानीय समुदायसँग सहकार्य गर्दै आर्थिक तथा वातावरणीय समृद्धि हासिल गर्ने हाम्रो योजना रहेको छ ।

सम्बन्धित खवर