भुल्के पशुपति सामुदायिक वनः हरियाली, संरक्षण र विकासको नमुना - Crazysaptahik.com

भुल्के पशुपति सामुदायिक वनः हरियाली, संरक्षण र विकासको नमुना


ईश्वर दुलाल
मोरङ
। पथरीशनिश्चरे–१० मा अवस्थित भुल्के पशुपति सामुदायिक वन प्राकृतिक सौन्दर्य, जैविक विविधता र वातावरणीय संरक्षणको उत्कृष्ट उदाहरण हो । “बिरुवा रोपौं, वातावरण स्वच्छ, सुन्दर र हराभरा बनाऔँ“ भन्ने मुल नारासहित वि.सं. २०६५ मा स्थापना भएको यस वनले उपभोक्ताको हित, सामाजिक उत्तरदायित्व तथा वातावरणीय संरक्षणलाई प्राथमिकता दिँदै आएको छ ।

वि.सं. २०८० सालको चुनावी साधारण सभाबाट कविराज लिम्बुको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन भएको थियो । नयाँ नेतृत्वले वन संरक्षण तथा व्यवस्थापनका लागि विभिन्न योजनाहरू अघि सारेको छ, जस्तैः खुला क्षेत्रमा हरियाली बढाउन वृक्षारोपण अभियान, वन्यजन्तु सुरक्षाका लागि निरन्तर गस्ती, अग्नि नियन्त्रण रेखा निर्माण, आर्थिक अवस्था कमजोर भएका परिवारका लागि सहयोग कार्यक्रम, छात्रवृद्धि प्रदन जस्ता योजनाहरुमा काम गरिरहेको छ ।

सामुदायिक वनले ८ वटा टोलका ४ सय ३१ घरपरिवारलाई उपभोक्ताको रूपमा सूचीकृत गरेको छ । कृषिलाई प्रवद्र्धन गर्दै वनले एक टोल बरावर प्रत्येक दुई घरलाई जनही २० हजारका दरले अनुदान प्रदान गरेको छ । यस अनुदानबाट उपभोक्ताहरू बंगुर, बाख्रा, गाई, भैंसी पालन तथा अन्य कृषिजन्य कार्यमा संलग्न भएका छन्, जसले उनीहरूको आम्दानी बढ्न मद्दत पुगेको छ । साथै, विपन्न परिवारका लागि आवास निर्माण कार्यक्रम सञ्चालन भइरहेको छ ।

वनको पर्यटकीय सम्भावनालाई उजागर गर्न सिमसारयुक्त क्षेत्रमा पोखरी निर्माण, चौतारो निर्माण तथा अन्य आकर्षक संरचना थप्ने काम भइरहेको छ । वनभित्र फलफूलका बिरुवा रोपेर वन्यजन्तुको आहाराको प्रवन्ध गरिएको छ । हाल वनमा ३ जना हेरालु कर्मचारी छन्, जो वन सुरक्षामा तैनाथ खटिएका छन् ।

भुल्के पशुपति सामुदायिक वनले वातावरणीय सन्तुलन, उपभोक्ताको आर्थिक उत्थान, पर्यटन विकास र वन संरक्षण मा महत्वपूण भूमिका खेल्दै आएको छ । अध्यक्ष कविराज लिम्बु नेतृत्वको सक्रिय टिमले वन क्षेत्रको दीर्घकालीन विकासका लागि प्रभावकारी कार्यहरू गरिरहेका छन् ।

 

अबको पालोमा उनै कविराज संग केहि संवादरु गर्नेछौँ । जुन यसप्रकार रहेको छ:

भुल्के पशुपति सामुदायिक वनको मुख्य उद्देश्य के हो?

– हाम्रो मुख्य उद्देश्य वातावरण संरक्षण, जैविक विविधताको प्रवद्र्धन, उपभोक्ताको आर्थिक उत्थान र पर्यटन विकास हो ।

हाल वन संरक्षणका लागि के–कस्ता योजना अघि सारिएका छ ?
– वृक्षारोपण, वनडढेलो नियन्त्रण, चोरी शिकारी रोकथाम, वन्यजन्तुको संरक्षण तथा उपभोक्ता सहभागिता वृद्धिको योजना अघि सारिएको छ ।

कृषिमा अनुदान वितरण गर्दा उपभोक्ताले कस्तो फाइदा लिएका छन् ?
– कृषिमा अनुदान पाएपछि धेरै उपभोक्ताले पशुपालन तथा अन्य कृषिगत व्यवसाय सुरु गरेका छन्, जसका कारण आम्दानीमा सुधार आएको छ ।

पर्यटन प्रवद्र्धनका लागि वनले के–कस्ता पहल गरिरहेको छ ?
– पोखरी निर्माण, चौतारो निर्माण, हरियाली क्षेत्र विस्तार तथा पर्यटकलाई आकर्षित गर्ने अन्य संरचनाहरूको निर्माण भइरहेको छ ।

भविष्यमा भुल्के पशुपति सामुदायिक वनलाई कस्तो रूप दिन चाहनुहुन्छ ?
– हराभरा, स्वच्छ, पर्यटकीय र उपभोक्ता–मैत्री वन बनाउन चाहन्छौं, जसले समुदाय पनि आर्थिक रूपमा पनि सबल बनाओस् ।

सामुदायिक वन कार्यक्रम नेपालमा वन संरक्षण तथा स्थानीय आर्थिक विकासको प्रभावकारी मोडल बनेको छ । स्थानीय समुदायको प्रत्यक्ष संलग्नताले वातावरणीय सन्तुलन, जैविक विविधता संरक्षण, तथा आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पु¥याएको छ । यद्यपि, यसको सफल कार्यान्वयनका लागि सरकार, नागरिक समाज, तथा स्थानीय समुदायको सहकार्य अपरिहार्य छ । सही नीतिगत व्यवस्था, पारदर्शिता, तथा वैज्ञानिक व्यवस्थापन अपनाइयो भने सामुदायिक वन नेपाली जनताको समृद्धि र दिगो विकासको बलियो आधार बन्न सक्छ ।

सम्बन्धित खवर