विकासको गतिमा पथरी शनिश्चरे - Crazysaptahik.com

विकासको गतिमा पथरी शनिश्चरे

ईस्वर दुलाल
पथरी। पूर्बमा उर्लाबारी नगरपालिका, पश्चिममा कानेपोखरी गाउँपालिका, उत्तरमा लेटाङ नगरपालिका र दक्षिणमा सुनवर्षी नगरपालिकाको बिचमा रहेको सुन्दर नगरी हो पथरीशनिश्चरे नगरपालिका । यस नगरले ५३.७ वर्ग किमी क्षेत्रफल ओगटेको छ भने, पूर्व पक्षिम राजमार्ग अन्तगत लगभग २ किलोमिटर छोएको छ । साबिक पथरी र शनिश्चरे गा.वि.स. लाई मिलाएर बि.सं. २०७१ सालमा पथरी शनिश्चरे नगरपालिकाको निर्माण भयो । नेपाल सरकारबाट स्थानीय तहको पुनःसंरचना गर्ने क्रममा साविक हसन्दह गा.वि.स.लाई समेत समेटेर मिति २०७३ फाल्गुन २७ गते हालको पथरीशनिश्चरे नगरपालिका स्थापना भएको हो

नगर क्षेत्रमा वि.सं १९७० बाट मानिसहरुको वसोवास शुरु भएको पाइन्छ । हालको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार यस नगरपालिकाको जनसंख्या ७२ हजार ६ सय ८९ रहेको छ ।

यस नगरले २०७४ असार १४ गते भएको प्रथम स्थानीय तहको निर्वाचनबाट प्रमुखमा दिलिपकुमार राई र उपप्रमुखमा यमुना विष्ट (बास्तोला) अभिभावकको रुपमा पाएको थियो । सोहि क्रम अनुसार वडा अध्यक्षहरु (क्रमशः १ देखि १० सम्म) बाबुराम एङदेन लिम्बू, यामप्रसाद गुरागाईं, डम्बरबहादुर चेम्जोङ, गोविन्दबहादुर भण्डारी, जोगबहादुर धिमाल, जयबहादुर तामाङ, कपिलमणि ढकाल, बाबुराम दाहाल, भानुभक्त राई र सागर राई कार्यरत थिए । यो वीचमा कुमारप्रसाद कोइराला, पुरुषोत्तम घिमिरे, सूर्यप्रसाद गौतम, अम्बिकाप्रसाद धमलापछि २०७८ जेठ देखि हाल सम्म लक्ष्मीप्रसाद खरेल प्रमुख प्रशासकीय अधिकृतको रुपमा नेतृत्व गरिरहेका छन् ।

२०७९ वैशाख ३० गते भएको दोस्रो स्थानिय तहको निर्वाचनमा नगरप्रमुख मोहन तुम्बापो र उपप्रमुखमा देबीमायाँ काफ्ले निवाचित भए । सोहि अनुरुप वडा अध्यक्षहरु (क्रमशः १ देखि १० सम्म) भिम राई, नैना राई, बिजय लिम्बु, लोककिरण न्यौपाने, चेतन खड्का, कुष्ण बस्नेत, उद्धवराज बस्नेत, नबिन कार्की, बिरबहादुर राई, जिबन खतिवडा निवार्चित भई जनताको सेवामा समरपित छन् ।

बिकास भन्ने बित्तिक्कै छट्ट बुझ्दा बाटोघाटो, पूलपुलेसा निमार्ण गर्ने अथवा निमार्ण भएकोलाई मात्र बुझ्ने गरिन्छ । नगरको समग्र विकासको लागि कृषि, पर्यटन र ब्यापारीक केन्द्रहरु रहेका छन् । कृषि, पर्यटन र ब्यापारमा भने अथाहा संभावना देखिन्छ । भौतिक निर्माणको साथै कृषि, पर्यटन लगायतका क्षेत्रहरुमा के–के प्रयासहरु भइरहेका छन् ।

मकै, धान, गहँु, तोरी, फापर, आलु लगायत यस नगरको नगदेबाली अन्तरगत पर्दछन् ।
नगरपालिकाले बितरण गर्ने अनुदान मार्फत कृषकहरुलाई राहत पुगेको कृषहरु बताउँछन् । त्यस्तै नगरपालिका भित्र दर्ता भई संचालनमा आएका फमहरु पनि उत्तिक्कै मात्रमा रहेको छ । जस अन्तरगत कृषकहरुले गाई, बंगुर, कुखुरा, बाख्रा, माछा लगायका फमहरु संचालन गरेका छन् । कृषकहरुले बार्षीक रुपमा लगभग २ लाख देखी २५ लाख सम्म आम्दानी गरिहेका छन् ।

पथरीशनिश्चरे नगरपालिका मासु र अण्डामा आत्मनिर्भर बनेको छ । बंगुर, कुखुरा र खसी आवश्यक पर्ने यही उत्पादन हुने गरेको छ । बंगुर भने काठमाडांै लगायतको क्षेत्रमा निर्यात हुने गरेको छ ।

कृषि क्षेत्रको कुरा गर्दा यहाँको ८५ प्रतिशत अर्थात ९ हजार ५ सय ९८ हेक्टर कृषि योग्य जमिन रहेको तथ्याङ्क छ । नगरपालिकाको जम्मा ७९.८१ वर्ग किलो मिटर क्षेत्रफल हो ।

नगरपालिकाले खाद्य बालि उत्पादन, माछा, मौरी तथा पशुपालन, फलफुल, तरकारीदेखि फुल खेति लगायतमा जोड दिदै आएको छ ।

खाद्य बाली उत्पादनमा वृद्धि गर्ने उदेश्यले सहुलियत दरमा मल, विऊ वितरण गर्दै आएको छ । अर्गानिक नगर बनाउने प्रयास स्वरुप वर्षेनी १० लाख रुपैयाँमा जैविक मल खरिद गरेर कृषकलाई सहुलियत दरमा वितरण गर्दै आएको छ । नगरमा बाली विकास, बाली संरक्षण, भकारो सुधार, घाँस उत्पादन, कृषि प्रसार तथा यान्त्रिकरण कार्यक्रम सञ्चालन हुँदै आएको छ । हालै मात्र नगरपालिकाले बेसार खेतीलाई पनि मुख्य प्राथमिकताका साथ राखेको छ ।

नगरपालिकामा पशु उपचार कार्यक्रमहरु पनि धमाधम संचालनमा छ । पशुपंक्षी शाखा अन्तरगत २ सय १२ वटा सामुदायिक कुकुर बन्ध्याकरण गर्यो । प्रत्येक वडामा २५० देखी ३०० सम्म कृषकहरुलाई औषधि वितरण गर्यो । पशुपालन सम्बधि कृषकहरुलाई तालिमहरुको ब्यवस्थाापन गरि आत्मानिर्भरमा प्रोत्साहन गर्दै आइरहेको छ । विद्यार्थीहरुलाई पशु संबन्धि तालिमहरुको व्यवस्थापन गर्यो ।

कृषिलाई थप ब्यबस्थित गर्ने उदेश्यले ४ नम्बरमा रहेको भागिरथ माविको कक्षा ११ र १२ मा बाली विज्ञान विषय अध्यापन संचालनमा छ ।

प्रयटन बिकाश बोर्डमा दर्ता भई प्रर्यटकिय स्थलको रुपमा बिकाश नभए पनि नगरपालिका भित्रका नगर स्तरिय प्रर्यटकिय स्थलहरुको रुपमा परिचित रहेका प्रयटन स्थलहरु थुप्रै रहेका छन् । उसो त ‘वन तथा सिमसारयुक्त पर्यटकीय नगरी’ भन्ने नगरपालिकाको नारा पर्यटन प्रवद्र्धनसँग जोडिएको छ । त्यस्तै नगरको २ नम्बर वडामा हरियाली सामुदायिक वन छ । हरियाली वन ब्यबस्थापनमा नेपालकै उत्कृष्ठ बनेपछि पर्यटनको सम्भावना थप उच्चाईमा पुग्यो । साथै वन अवलोकन तथा भ्रमण गर्न देशभर बाट मान्छेहरुको घुईचो समेत बढ्न थाल्यो । तर, बिडम्बना मुलुकमा कोरोना भाइरस फैलिए पछि त्यो दर घट्र शून्य अवस्थामा आयो । र हालको अवस्थामा भने शून्य रहेको दर वृद्धि हुदै जादै छ ।


हरियालि वन मात्र नभएर सो वन पब्लिक कम्पनि दर्ता गरि बृहत पर्यटकीय क्षेत्र विकासको डीपीआर तयार भएर निर्माण कार्य संचालनमा छ । २० करोड बढीको योजनामा तयार हुदैगरेको पर्यटकीय स्थलमा अथाहा संभावना देखीन्छ ।

वातावरणीय असरको लागि वातावरणीय प्रभाव मूल्याङ्कन÷प्रारम्भिक वातावरणीय परीक्षण गरेर ‘सिमसार तथा पर्यापर्यटन प्रबद्र्धन’ कार्ययोजना डिभिजन वन कार्यालय मोरङबाट स्वीकृतिको साथै निर्माण अनुमति समेत दिइसकेको छ । पर्यापर्यटन सम्बन्धीको बृहत गुरु योजना अनुसार १२.२८ हेक्टर क्षेत्रमा नेपालको नक्साको बोटिङसहितको पोखरी, पूर्बमा भारतको सिलुगुडी, पश्चिममा सप्तरी सिराहासम्मको वन जंगल र उत्तरको चुरे क्षेत्रको दृश्य हेर्न सकिने भ्यु टावर, ट्रि हाउस, पानीको फोहोरा, सांस्कृतिक संग्राहलय, धिमाल जातिको संस्कृति, नेपालको संस्थापक यलम्बरको मूर्ति, बाल उद्ययान, खुल्ला व्यायम शाला, पिक्नीक स्पट, बगैचासहितको आकर्षक फुटपाथ, बैठक हल तथा पाहुना घरहरुको निर्माण हुनेछ ।

हरियालीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट मोरङ क्षेत्रनम्बर ३ का माननिय पूर्वमन्त्री भानुभक्त ढकालले पर्यटन प्रवद्र्धनका लागि दुई करोड ७० लाख बजेट बिनियोजन गरिदिए । साथै स्थानीय तहले एक करोड ४६ लाख गरी चार करोड १६ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । संघीय मन्त्रालयबाट आएको बजेटकले नगरपालिका र हरियालीको योजनामा सहयोग पुगेको छ ।

त्यस्तै, वडा नम्बर १० मा रहेको सिरीजंगा धार्मिक वन पर्यटकीय स्थलको रुपमा विकाश भैइ रहेको छ ।

वडा नम्बर १ मा रहेको शान्ति भूल्के सिमसार अर्को पर्यटकीय गन्तब्य हो । यहाँ निर्माण भएको पोखरीमा केही बर्ष अघिदेखि बोटिङ चलिरहेको छ । बनभोजस्थल र वालबालिका उद्ययन चलिरहेको छ । जसमा पिकनिक स्पट, लोपन्मुख वन्यजनतु, बोर्टिङ, कोलम्बर्स, लगायतमा बालबालिका तथा अभिभावकहरु रमाउने थुप्रै खेलहरु संचालमा छन् ।

त्यस्तै वडा नम्बर १ मा नै मनकामना सामुदायिक वन भित्र ट्रि हाउस, दुई वटा पोखरीले पर्यटकलाई तान्ने क्रम जारी छ । त्यहाँ वन भित्र संचालमा आएको कटुसे रेस्टुरेन्टले पनि प्रर्यटकहरु तान्ने गरेको छ । २ नम्बरमा चौतारी र सुन्दर सामुदायिक वन क्षेत्रभित्र पनि पोखरी निर्माण भएका छन् । १० नम्बरमा पशुपति सामुदायिक वन क्षेत्रमा पूर्वपश्चिम सडकसँग जोडिएको बाघे सिमसारहरु रहेका छन् । नगरमा हालसम्म १ दर्जनको संख्यामा सिमसारयुक्त पोखरी निर्माण भएका र थप निर्माण हुने अवस्था छ । एउटा वन क्षेत्रबाट अर्काे वन क्षेत्रसम्म पैदलमार्ग बनाउने नगरको योजनाले मूर्त रुप लिँदा नगरमा वन तथा सिमसारयुक्त पर्यटनमा नेपालकै नवितम कार्य हुने देखिन्छ । नगर क्षेत्रका वनमा नेपालमै दुर्लभ पुड्के बँदेल पाइन्छ ।

पथरी बजारको यलम्बर चौकमा नेपालको संस्थापक राजा हाङ यलम्बरको प्रतिमा निर्माणको लागि संघीय पर्यटन मन्त्रालबाट माननिय पूर्व मन्त्री भानुभक्त ढकालले ३० लाख रुपैयाँ विनियोजन गरेपछि निर्माण अवस्थामा रहेको छ । संघको बजेटबाट १५ लाखको बजेटमा सब बेस देखी माथी उठ्ने सम्मको काम भएको छ । भने, समय अवधि पूरा भए पछि ३० लाख बजेटबाट १५ लाखको काम सम्पन्न भई १५ लाख भने पूःन राज्यको ढुकुटिमा फिर्ता भयो । हाल सो काम सम्पन्न गर्न नगरपालिका लागिपरेको छ । नगरपालिकाले १५ लाखा रुपैयाँ बजेट बिनियोजन गरि सो काम ठेक्का प्रकृया मार्फत अघि सारेको छ ।

पथरीशनिश्चरे र उर्लाबारी नगरपालिकाको सिमानामा पर्ने सुनझोडा पुल छेउमा रहेको सेल्फीरोड नगरको २ नम्बर वडामा पर्दछ । मुख्य सडकसँग जोडिएको त्यो रोड लकडाउनको अवस्थामा परिचय प्राप्त गर्यो । जहाँ हालको अवस्थामा पनि हजारौँको संख्यामा टिकटकर र सयौँको संख्यामा म्युजिक भिडियोहरु निमार्ण हुने गरेको छ ।

शिक्षा नै सबैभन्दा ठूलो धन हो । त्यसैले हरेक स्थानीय तहको सरकारले नागरिकलाई शिक्षित बनाउनु पालिकाहरुको कर्तब्य हो । नगरमा ७० प्रतिश भन्दा माथी नगरमा एउटा संस्कृतसहित २८ वटा सामुदायिक र ३७ वटा संस्थागत (निजी) विद्यालयहरु रहेका छन् ।

सडक, पुल, खानेपानी, विद्युत विस्तार जस्ता भौतिक संरचना निर्माणलाई नै विकास भएको भन्ने चलन छ । विकासको परिभाषा ब्यापक भएपनि विकासोन्मुख मुलुकहरुमा यातायातको साधन सहज हिसावले पुग्ने गरी सडक निर्माण, बिजुली वत्ति पुग्नुलाई नै विकास मान्ने चलन छ ।

यतिलाई नै विकास मान्ने हो भने, नगरको हरेक वडा मात्र होइन, टोल, टोलमा सडक बाटो र बिजुली बत्ति पुगिसकेको छ । यद्यपि सडकको स्तर वृद्धिको काम भइरहेको छ । गणतन्त्र स्थापनापछि स्थानीय सरकार गठन भएको ६ वर्षमा नगरपालिका भित्रका धेरै कालोपत्रे भएको छ । रत्न कुमार बान्तवा मार्ग कालोपत्रे, दोहलु शुक्रबारे सडक कालोपत्रे, पुल्चोक बाट दक्षिण सिरिसे डाँडा हुँदै भातेगौडा जाने बाटो स्तरोन्नती, तराइ मधेश संमृद्ध कार्यक्रम अन्तर्गत हस्पिटल मार्ग कालोपत्रे, बुद्धमार्ग कालोपत्रे, वडा नं. १० त्रिवेणि चोक हुँदै वडा नं. ढ तर्फ जानेबाटो स्तरोन्नती, राम न्यौपानेको घर दक्षिणबाट गुराँस चोकदेखि वडा नं.८र ९को सिमना बाटो स्तरोन्नती, हंसराजको घरहुँदै बनतर्फ जानेबाटो स्तरोन्नती, शहिद रत्न मार्ग कृषि डाँस सडक, कृषि बजार निर्माण, शशर्थ अनुदान मार्फत डाँस खोला तटबन्धन (मगरबस्ति पश्चिम) र श्री सिंह बाहिनी माध्यमिक विद्यालय निर्माण सम्पन्न तथा क्रमागत रुपमा रहेका छन् ।

पथरीशनिश्चरे नगरपालिकाले ३ करोड ५० लाख राजस्व उठाउने लक्ष राखेकोमा ३ करोड ७४ लाख ३९ हजार ३ सय ९३.०६ रुपौयाँ राजस्व संककलन गर्यो ।

 

सम्बन्धित खवर