८ घण्टाको मस्त निन्द्राले स्वास्थ्यमा कस्तो लाभ मिल्छ ? - Crazysaptahik.com

८ घण्टाको मस्त निन्द्राले स्वास्थ्यमा कस्तो लाभ मिल्छ ?

पुग्दो निद्रा आफैमा औषधि हो । यसले धेरै किसिमको रोगको जोखिमबाट मुक्त राख्छ । तर, पुग्दो निद्रा भनेको के हो ? कति अवधि हो ? उमेर अनुसार सुत्ने अवधि र त्यसका खास फाइदा छन् ।

राम्रो निद्राको फाइदाको बारेमा धेरै तिर हामीले पढ्न र त्यसलाई महसुस पनि गर्न सक्छौं । हामीले दैनिक जीवनमा पनि यसको महसुस गरेका छौं । रातमा लिइएको भरपुर निद्राले तपाईंको अघिल्लो दिनको सिर्जनशील र ऊर्जाशील जीवनको लागि फाइदा पुग्छ ।

निद्रा पूरा नहुँदा निम्न समस्याहरु हुन सक्छ ।
– सजगता कम हुने
– स्मरण शक्तिमा समस्या हुने
– सम्बन्धहरुमा समस्या सिर्जना हुन्छ
– स्वास्थ्य समस्या देखिनु
– धेरै रिस उठ्नु

जो मान्छे पर्याप्त निद्रा लिनुका अलावा, समय मिल्नको लागि केही घण्टाका अतिरिक्त निद्रा समेत लिने गर्छन् । निद्राको स्वास्थ्यसँग जोडिएको कैयौं फाइदाहरु हुन सक्छ । तर कयसको अर्थ यो पनि होइन कि तपाईं पूरै दिन सुतिरहनु हुन्छ ।

यदि तपाईं एक रातमा ८–९ घण्टा सुत्नुभयो भने पनि फुर्सद मिलेको बेलामा दिउँसो पनि केही समय सुत्न सक्नुहुनेछ ।

उमेर अनुसार सुत्नुपर्ने समय
वृद्धको लागि (६५ वर्षमाथि) – ७ देखि ८ घण्टा
वयस्कका लागि (२६–६४) – ७ देखि ९ घण्टा
युवावस्थाका लागि (१८–२५) – ७ देखि ९ घण्टा
किशोरावस्थाको लागि (१४–१७) – ८ देखि १० घण्टा
स्कुल जाने बच्चाको लागि (६–१३) – ९ देखि ११ घण्टा
प्राथमिक विद्यालयका बच्चाको लागि (३–५) – १० देखि १३ घण्टा
बच्चाको लागि (१–२ वर्ष) – ११ देखि १४ घण्टा
शिशुको लागि (४–७ महिना) – १२ देखि १५ घण्टा
नवजातको लागि (जन्मदेखि ३ महिना) – १४ देखि १७ घण्टासम्म

उमेर अनुसार निद्रा आवश्यक
नेशनल स्लीप फाउन्डेसनको रिपोर्ट अनुसार मान्छेको उमेर अनुसार उसलाई आवश्यक निद्रा पहिचान गरिएको हुन्छ । रिपोर्टमा बच्चादेखि बुढो मान्छेसम्म कसले कति घण्टा सुत्ने भनेर समय तय गरिएको छ ।

तौल नियन्त्रणमा उपयोगी
निद्राको कमीले मान्छेको तौलमा असर गर्छ । कम निद्राका कारण जुनसुकै उमेरका मानिसको तौल पनि बढ्न जान्छ ।
निद्राको कमीका कारण हाम्रो पाचन प्रणाली ढिलोगरी चल्छ । सरल भाषामा भन्दा अधुरो निद्राले हाम्रो क्यालोरी जलाउने दर घटाउँछ । यसले गर्दा हाम्रो शरीरमा कार्बोहाइड्रेट र बोसोको भण्डारण बढी हुन्छ ।

निद्राको कमीले भोक बढाउँछ । कोही मान्छे कम सुत्दा दिनभरि असहज महसुस गर्ने खालका हुन्छन् । त्यस्तो मान्छे निद्रा नपुग्दा अरुसँग बढी रिसाउने र झर्किने गर्छन् ।

यस्तो अवस्थामा चिनी युक्त खानाले भोक मेटाउँछ तर यसको कारण उनीहरुको तौल बढ्ने सम्भावना हुन्छ ।

मानसिक स्थितिमा सुधार
हाम्रो मस्तिष्कले केही देखेर, सुनेर वा स्पर्श गरेर कुनै पनि कुराको संकेत गर्ने गर्छ । यी संकेतहरु भण्डारण गर्न आवश्यक छ । मानव मस्तिष्कले निद्राको समयमा यी संकेतहरुको भण्डारणको प्रक्रिया पूरा गर्छ ।

यदि तपाईं उमेर अनुसार पर्याप्त भन्दा अधिक सुत्नुहुन्छ भने तपाईंमा याद गर्ने र बुझ्ने क्षमता बढ्छ । पर्याप्त निद्राका कारण मस्तिष्कले राम्रोसँग काम गर्न पाउँछ ।

अनुसन्धानहरुले पनि यसलाई पुष्टि गरिसकेको छ कि मानिसहरु आफ्नो रचनात्मकता देखाउनको लागि पर्याप्त निद्रा लिन्छन् । उनीहरु अरुभन्दा धेरै सक्रिय हुन सक्छन् ।

हृदय स्वास्थ्यमा सुधार
निद्रामा हुने कमीका कारण कमरको आकार र तौल बढ्न जान्छ । जो मानिसहरु औसतभन्दा कम निद्रा लिन्छन् भने यसले उच्च रक्तचापको समस्या पनि सिर्जना हुन्छ ।

अनुसन्धानमा कम निद्राका कारण उच्च रक्तचाप निम्तिन सक्ने देखाएको छ । साथै, तनाव सिर्जना गर्ने हर्मोनको अधिक र अनियमित मुटुको धड्कन पनि मुटुको समस्याको मुख्य कारण हुन सक्छ ।

प्रतिरक्षा प्रणाली बढाउँछ
निद्राको गुणस्तर र शरीरको प्रतिरक्षाका बीचमा सीधा सम्बन्ध हुन्छ । यो फ्लु वा चिसोका कारण सामान्य संक्रमणसँग लड्नका लागि उपयोगी हुन्छ ।

कम निद्रा र पातलो निद्राले एन्टिबडीलाई प्रभावित गर्छ । अर्कोतर्फ यदि तपाईं सामान्यभन्दा बढी सुत्नुहुन्छ भने प्रतिरक्षा प्रणाली पनि बलियो हुन्छ ।

सम्बन्धित खवर