सुटिङका क्रममा घाइते भए अक्षय

अक्षय कुमार स्कटल्याण्डमा टाइगर श्रौफसँग फिल्म ‘बडे मियाँ छोटे मियाँ’ को सुटिङ गरिरहेका छन् । अक्षय र टाइगर पहिलो पटक स्क्रिन सेयर गर्दैछन् । मिडिया रिपोर्टका अनुसार अक्षय कुमार फिल्मको सेटमा सुटिङको क्रममा घाइते भएका थिए । तर, अक्षयलाई धेरै चोट लागेन र केही समय ब्रेक लिएर सेटमा फर्किएका छन्

होटल रुवान्डाका ‘हिरो’ रिहा हुने

हलिउड फिल्म ‘होटल रुवान्डा’मा नायकको भूमिकामा देखिएका पूर्व होटल म्यानेजर पल रुसेसबागिना किगालीको जेलबाट रिहा हुने भएका छन् । दुई वर्षअघि रुवाण्डाको एक अदालतले उनलाई आतंकवादको अभियोगमा २५ वर्षको जेल सजाय सुनाएको थियो जसलाई समर्थकहरूले झुटो मुद्दा भनेका थिए। एक सरकारी प्रवक्ताले रुसेसबागिनाको सजाय ‘राष्ट्रपतिको आदेशबाट घटाइएको’ बताए । ६८

‘भस्मे डन’ को गेटअफमा फर्किए विपिन

अभिनेता विपिन कार्की ‘भस्मे डन’ को गेटअफमा फर्किएका छन् । उनी शुक्रबारबाट छायाङ्कन सुरु भएको फिल्म ‘पशुपति प्रसाद २ : भस्मे डन’ मार्फत यो गेटअपमा फर्किएका हुन् । विपिनले २०७३ सालमा निर्माण भएको सफल फिल्म ‘पशुपति प्रसाद’मा पहिलो पटक ‘भस्मे डन’ को भूमिका निर्वाह गरेका थिए । उक्त भूमिकाबाट सर्वत्र

अभिनेत्री बेनिशा हमाल निर्देशित फिल्म ‘मिसिङ ब्राइड’ सार्वजनिक

अभिनेत्री बेनिशा हमालको निर्देशनमा ‘डेब्यू’ सर्ट फिल्म ‘मिसिङ ब्राइड’ सार्वजनिक भएको छ । वर्षा राउत र विवेक सिंह ठकुरीको मुख्य भूमिका रहेको फिल्म उनकै होम प्रोडक्सन मौरी पिक्चर्सको व्यानरमा निर्माण भएका हो । अभिनयको लामो अनुभव ‘मिसिङ ब्राइड’ निर्माणमा खन्याएको बेनिशाले बताइन् । ‘यो मेरो पहिलो भएपनि आफू सफल भएकी

हलिउड फिल्म गर्न रणवीरद्वारा अस्वीकार

बलिउड अभिनेता रणवीर कपूरको हालै रिलिज भएको फिल्म ‘तू झुठी मैं मक्कार’ राम्रो व्यवसाय गरिरहेको छ । रणवीरले यो फिल्म मार्फत पहिलो पटक अभिनेत्री श्रद्धा कपूरसँग स्क्रिन शेयर गरेका छन् । फिल्मका निर्देशक लभ रञ्जन हुन् । रणवीर बलिउडका प्रतिभाशाली कलाकार मध्येका एक हुन् । अभिनय बलमा दर्शकको दिलमा राज

टीकाको गीति सङ्ग्रह ‘अनुभूतिका स्वरहरू’ लोकार्पण

गीतकार टीका भट्टराई नेपालको गीति सङ्ग्रह ‘अनुभूतिका स्वरहरू’ लोकार्पण भएको छ । शुक्रबार काठमाडौँमा आयोजित एक विशेष समारोहकाबीच सङ्ग्रह लोकार्पण गरिएको हो । समारोहका वरिष्ठ गीतकार एवं साहित्यकार डाक्टर कृष्णहरि बराल, गायिका ज्ञानु राणा, गीतकार सङ्घका अध्यक्ष वसन्त बित्यासी थापा, सङ्घका पूर्व अध्यक्ष चूडामणि देवकोटा, कलाकार लय सङ्ग्रौला, किरण केसी,

चलचित्र निर्देशनमा कवि उपेन्द्र सुब्बा

नेपाली चलचित्रको इतिहासमा घरेलु ‘बक्सअफिस’मा राम्रो कमाई गर्ने ‘कबड्डी’ शृङ्खलाका लेखक उपेन्द्र सुब्बा निर्देशक बनेका छन् । यहाँ आयोजित पत्रकार सम्मेलनमा कविसमेत रहेका सुब्बाले आफू निर्देशित चलचित्र ‘जारी’ को ‘ट्रेलर’ सार्वजनिक गर्दै योजनागत रूपमा निर्देशक नबनेको बताए । “म राम्रो निर्देशक बन्छु भन्ने सोचले आएको होइन । राम्रो र फरक

करिनाले गरिन् ‘थ्री इडियट्स’को सिक्वेल बन्न लागेको संकेत

आमिर खान स्टारर हिट फिल्म ‘थ्री इडियट्स’को सिक्वेल बन्ने कुराले यतिबेला बलिउड गर्माएको छ । यो चर्चा यतिबेला सुरु भयो जतिबेला आमिरसहित आर माधवन अर्का कलाकार सरमन जोशीको गुजराती फिल्म ‘कङ्ग्राच्युएसन’लाई प्रवद्र्धन गर्न इन्स्टाग्राम लाइभ भिडियोमा उपस्थित भए । ‘थ्री इडियट्स’का यी तीनै कलाकार एकसाथ भेला भएपछि फ्यानले सिक्वेल बन्ने

चलचित्र निर्देशक समाजको अध्यक्षमा जनकदीप र सुचित्राको उम्मेदवारी

नेपाली फिल्म निर्देशकको छाता संस्था चलचित्र निर्देशक समाजको १५ औं महाधिवेशन शनिबार काठमाडौंमा हुँदैछ । १५ सदस्यीय कार्यसमितिको लागि हुने निर्वाचनमा वर्तमान महासचिव जनकदीप पराजुली र पूर्वअध्यक्ष सुचित्रा श्रेष्ठले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । महासचिवमा अहिलेसम्म अरुणकुमार प्रधान र कोषाध्यक्षमा समुन्द्र भट्टले उम्मेदवारी घोषणा गरेका छन् । उपाध्यक्षमा

फिल्म ‘बुलाकी’को गीत ‘दुनियाँलाई सम्झाइदेउन’ रिलिज

अभिनेता नरेन खड्का र अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म ‘बुलाकी’को दोस्रो गीत ‘दुनियाँलाई सम्झाइदेउन’ रिलिज भएको छ । गीतमा नरेन, सुरक्षा र डेब्यु अभिनेता विराज बिष्टबीचको त्रिकोणात्मक प्रेमलाई प्रस्तुत गरिएको छ । सविन सेञ्चुरी र बादल थापाको शब्द रचना तथा संगीत रहेको गीतमा बादल थापाको स्वर सुन्न सकिन्छ
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.